Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सहआयोजक अमेरिकाले आईसीसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनायो। अमेरिका आरोन जोन्सले अविजित रहँदै सर्वाधिक ९४ रन बनाए। ४० बल खेलेका उनले ४ चौका र १० छक्का प्रहार गरे। एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए। कप्तान मोनाक पटेल १६ रनमा आउट हुँदा कोरी एनडर्सन ३ रनमा अविजित रहे। क्यानडाका कलीम सना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिए। त्यसअघि ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित…

Read More

काठमाडौं : काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेको जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए । काठमाडौँ विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ ।

Read More

कैलाली : सेती लोकमार्गमा पहिलो चरणमा १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमीटर कालोपत्रका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ ।  कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ ।सडक कालोपत्रका लागि रु ३१ करोड प्राप्त भएको सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रले बताए ।   दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर  ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ ।  कैलालीको…

Read More

मुगु : मुगुमा लेक लागेर दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको छ भने एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।  शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही…

Read More

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका-१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नाम/थर नखुलेको भारतीय मुलको जस्तो देखिने अन्दाजी ४०/४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ : आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्ने र यस प्रस्ताव माथि सामान्य छलफल शुरु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ: भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जादै छन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ । यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले सो याचिका अस्वीकार गरेको थियो । केजरीवाल यस अघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ परेका थिए ।

Read More

काठमाडौं : सुनसरीबाट सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख )रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक…

Read More

काठमाडौं : अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिए । बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिए ।

Read More

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका-१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नाम/थर नखुलेको भारतीय मुलको जस्तो देखिने अन्दाजी ४०/४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Read More