Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको एक सहकारीमा ठगीको आरोपमा एक महिलासहित २ जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष चन्द्र प्रकाश सापकोटा र क्यासियर देवकी कुमारी जोशी पक्राउ परेका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय, मालाखेतीसहितको टोलीले पक्राउ गरेको हो। राधाकृषण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष सापकोटा, व्यवस्थापक जितनारायण आर्चाय, क्यासियर जोशी लगाएतकाको मिलोमतामा सात लाख ८० हजार गोलमाल भएको आरोप छ। आर्चायले सात लाखको चेक, ७५ हजार ऋणीले फोन पे मार्फत तिरेको रकम र पाँच हजार एक ऋणीलाई व्याजमा छुट दिएर फरार भएका थिए। सात लाखको चेक सहकारीका क्यासियर जोशीको नाममा काटिएकाले…

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा दिएको स्रोतले जानकारी दियो। विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले राजीनामा बुझाएको बताइएको छ। प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएकोमा बैठक अझै सुरू भएको छैन। अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन थियो। तर, उनले विश्वासको मत नलिएर राजीनामाको बाटो…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत नदिने भएका छन् । ‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन । अहिले म काठमाडौंमै छु’, डा.जोशीले भने । बहुमत नपाउने निश्चित भइसकेका मुख्यमन्त्रीलाई आफूले विश्वासको मत दिन आवश्यक नरहेको उनले बताए । विश्वासको मत पाउने भए अर्को कुरा हुन्थ्यो, तर मलाई पनि सजिलै भयो’, उनले भने । नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा मुख्यमन्त्री शाहको पद जोगाउन जोशीको मत निर्णायक हुन्थ्यो । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १९ र नाउपासँग ७ सिट छ । नाउपाका सबै सांसदले मत दिएमा एक सांसद…

Read More

धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनका निम्ति अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले आज मतदाता नामावली सार्वजनिक गरेको हो । जसअनुसार बझाङ प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता छन् ।  आयोगका अनुसार यसअघि यी बझाङमा ६१ हजार ११० जना मतदाता थिए । यसपटक बझाङ-१ मा ६३८ जना मतदाता थपिएका हुन् ।  त्यस्तै, आयोगको स्वीकृत मतदाता नामावलीबमोजिम देशभर आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेमध्ये महिला ८८ लाख ८६ हजार २२६, पुरुष ९२ लाख २ हजार ५६९ र अन्य १८८ गरी कूल एक करोड ८० लाख ८८ हजार ९८३ मतदाताको…

Read More

धनगढी : नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

Read More

धनगढी : धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। बिहीवार धनगढी १२ जुगेडामा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको छ भने बाँकी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य ओमबिक्रम भाटले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

Read More

धनगढी : नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नाउपाका कैलाश चौधरी र स्वतन्त्र सांसद तारा जोशीबीच छलफलले विश्वास मत नदिने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताए । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । नाउपाकै टीका थापा पनि विश्वासको मतको विपक्षमा उभिने भएको स्रोतको भनाइ छ । नाउपकै दुई सांसद नआउने भएपछि स्वतन्त्र सांसदले पनि उपस्थित नहुने अडान लिएका हुन् । कांग्रेसका मुख्यमन्त्री शाहले नाउपा, स्वतन्त्र, राप्रपा र आफ्नो पार्टीका सबैको मत पाउँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका २ र स्वतन्त्र १ सांसद उपस्थित नहुने भएपछि शाहको सत्ता धरमरमा परेको छ । विश्वासको मत नपाउने देखेपछि कांग्रेसका सांसदले मुख्यमन्त्रीलाई राजीनामा…

Read More

धनगढी : नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ। कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् । बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका हुन् । भेटमा देउवाले मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताउँदै बैठक सार्नुपर्ने अवस्थामा खबर गर्ने समेत सभामुखलाई आग्रह गरेका छन् । देउवा केहीबेर अघि सभामुख भण्डारीलाई भेटेर प्रदेश सभा सचिवालयबाट बाहिरिएका छन् । पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक…

Read More