Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–१ मा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्त पक्राउ परेका हुन्। उनलाई अवैध काठसहित शुक्रबार पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए। पन्तले अवैध रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत कडेलले बताए। अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

Read More

धनगढी: धनगढीमा झण्डै साढे ६ लाख बराबरकाे अवैध कण्डमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए। उनकाअनुसार चन्द सुत्ने काेठामा लुकाइछिपाइ राखेकाे अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको थियो। बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको छ। चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेकाे प्रहरीकाे भनाइ छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एकै दिन दुई घर र एक गोठमा आगलागी भएको छ। दोधारा चाँदनी नगरपालिका–१ पशुपती टोलका हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आइतवार बिहान आगलागी भएको हो। आगलागीबाट उक्त भान्सा कोठा र गोठभित्र रहेका भाडावर्तन, लत्ताकपडा अन्नपात लगायतका सामान जलि अन्दाजी पाँच लाख बराबरको क्षती भएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हो। यस्तै, कृष्णपुर नगरपालिका–४ किचाहीमा भागरथी बिष्टको काठले बनेको गाई गोठमा आज दिउँसो आगलागी भएको छ। आगलागीबाट गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको छ भने अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको…

Read More

धनगढीः धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का २४ वर्षीय भगतराज राना रहेका छन्। रानालाई धनगढी–२ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको संयुक्त टोलीले पक्राउ गरेको हो। रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण चैत २९ गतेदेखि सुरु गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गर्ने बताए । अभियान आगामी जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने उनले जानकारी दिए । देउजाका अनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरिनेछ । अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ…

Read More

धनगढी : नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् । महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा १ बाट निर्वाचित हुन् । बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन् ।

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाइएको छ । नाउपा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरालगायतले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ । टीकापुर-५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालन पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ । टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी…

Read More

धनगढी : बैतडीमा श्रीमतीको हत्या गर्ने ६३ वर्षीय कृष्ण धामी कारागार चलान भएका छन्। धामीले चैत्र ८ गते कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका थिए। जिल्ला अदालतले उनलाई आज (आइतवार) पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। चैत्र ८ गते बिहान धामीले कोदालोले हिर्काएर आफ्नै श्रीमती ५६ वर्षीया पार्वती धामी,उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए। उनकी श्रीमतीको उपचारको क्रममा सोहि दिन मृत्यु भएको थियो। आक्रमणबाट घाइते भएका कलौनी उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।…

Read More

काठमाडौं : नेपाल प्रहरीका दुई जना प्राविधिक तर्फ प्रहरी नायब उपरीक्षक (डीआइजी) को दरबन्दी थप भएको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो । यसअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा रहने गरी डीआईजीको दरबन्दी थप भएको छ ।

Read More

काठमाडौं : पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए । मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर…

Read More