काठमाडौं : नेपाल प्रहरीका दुई जना प्राविधिक तर्फ प्रहरी नायब उपरीक्षक (डीआइजी) को दरबन्दी थप भएको छ ।
गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो ।
यसअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा रहने गरी डीआईजीको दरबन्दी थप भएको छ ।
Facebook Comments Box