Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नेकपा (एमाले) उम्मेदवार दमनबहादुर भण्डारीको बुवाको दाहसंस्कार गरिएको छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । बुधबार भ्यागुते खेलाको सेती दोभानमा उनको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा,पोलिट ब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झण्डा ओढएर श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए । २०७९ मंसिरको निर्वाचनमा बझाङ–१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर…

Read More

धनगढी : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाएर मतदानस्थलतर्फ खटाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको हो। आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकाले…

Read More

धनगढीः कैलालीको धनगढीमा जबरजस्ती करणीमा दोषी ठहर एक जना पक्राउ परेका छन्। जबरजस्ती करणीमा जिल्ला अदालतबाट दोषी ठहर तर फरार रहेका युवकलाई पक्राउ गरिएको हो। आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले जबरजस्ती करणीमा दोषी ठहर तर फरार भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३८ वर्षीय रामबहादुर चौधरीलाई धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पठाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुर प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ। भन्सार छलीदेखि फरार प्रतिवादी समाउने कार्यमा प्रहरी सक्रिय बनेको हो। कञ्चनपुर प्रहरीले हिजो र आज गरेर मात्रै दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अवैध सामान नियन्त्रणमा लिएको छ। १५ लाख ९७ हजार ९३० को अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ। त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अवैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज…

Read More

धनगढीः कैलालीबाट डडेल्धुरा जाँदै गर्दा डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको छ। बुधबार भएको दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन्। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो। यस्तै उनकी श्रीमती लक्ष्मी विक घाइते छिन्। बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको हो। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र सञ्चालित क्यासिनोले भारतबाट मदिरा तस्करी नगराएको प्रष्ट पारेको छ। क्यासिनोका प्रतिनिधि सुर्यकमल श्रेष्ठ (हिमाल) ले मदिरा तस्करी नगराएको दाबी गरेका हुन्। उनले मदिरा तस्करीमा आफ्नो कम्पनीमा कार्यरत कुनै पनि कामदारको कुनै पनि प्रकारको संलग्नता नरहेको जनाएका छन्। सो विषयमा महेन्द्रनगरपोष्टद्वारा प्रेसित समाचारलाई समेत उनले आधारविहीन भनेका छन्। तर महेन्द्रनगरपोष्टले सो विषयमा भारतीय प्रहरीको भनाई र तस्करीको मदिरासहित पक्राउ परेकाहरुको बयानसमेत समेटेर समाचार प्रकाशन गरेको थियो। जसमा भारतीय प्रहरीले भारतको खटिमाबाट महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा मदिराको तस्करी गरेर बेचविखन हुने गरेको खुलासा गरेको थियो। तत्कालीन समयमा प्रहरीले नरेन्द्र शाह र सुर्यकमल…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख बिच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो । प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए । हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो…

Read More

धनगढी : नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजनालाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ। मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ। दुवैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन्। विक्की नेपाली भनिने…

Read More

काठमाडौँ : नेपाल र कतारबिच द्विपक्षीय सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि आठ विषयमा सम्झौता भएको हो । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।

Read More

काठमाडौँ : लगातार दुई दिन तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको हो । मंगलबार छापावाला सुन प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा…

Read More