Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको स्रोतले बतायो । आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर…

Read More

-आभुषण तिम्सिना/ होइन प्रधानमनत्रीज्यू ?यो के कस्तो खेल खेलिबक्सेको ? या कस्तो खेल को आयोजना गरिबक्सेको ? हजुर संबिधान मान्ने कि नमान्ने ? मान्ने भए किन यस्तो झेल गरिबक्सेको ? पुलिसको कुरा के गरौं। हिजो हजुरकै नेतृत्वको सरकारको पुलिसको सिआइबिले सुन काण्डको मुद्दा अनुसन्धान गर्दा चोख्याएका दिपेश पुन अनि महरालाई आज त्यहि पुलिसले पक्राउ गरेर सुन काण्डको अनुसन्धान सुरु भन्दै गर्दा हिजो हजुरले नेतृत्व गरेको सरकारले गरेको कामको आधिकारिकतालाई कसरि पुष्टि गर्नुहुन्छ ? पुलिस हिजो सहि थियो कि आज सहि कार्य गर्दै छ कसरि जनताको सामु स्पष्ट पार्नुहुन्छ ? आज महरा र दिपेश पुनलाई पक्राउ गर्नु सँग सँगै हिजो नेपाल…

Read More

काठमाडौँ : कालीकोटको खाडाचक्र ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ। स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो। छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो। आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु…

Read More

धनगढी : नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो । सरुवामा जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा कैलाली आउने भएका छन् । सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा भएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो । सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…

Read More

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश कार्य सम्पादन समितिको बैठक सकिएको छ । बुधबार धनगढीमा सम्पन्न भएको बैठकले केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अमलम्बन गर्दै अघि बढ्ने निर्णय गरेको छ । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारकाबारेमा समेत छलफल भएको थियो तर कुनै निर्णय नभएको कार्य सम्पादन समितिका सचिव छत्रबहादुर शाहीले जानकारी दिए । ‘बैठकमा प्रदेश सरकारका बारेमा छलफल भएको थियो । सरकारलाई समर्थन गर्नुपर्छ र समर्थन गर्नुहुदैन् भन्ने दुवै मत आएका छन्,’ शाहीले भने, ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निर्णय हुन सकेन ।’ शाहीले केन्द्रीय कार्य सम्पादन समितिको बैठकले फेरी एकपटक…

Read More

धनगढी : कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ फेला परेको छ । बुधबार बिहान गोदावरी नगरपालिका–४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको जानकारी दिए । उनकाअनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त टोलीले बमलाई डिस्पोज गरेर फर्किएको प्रहरीले जनाएको छ । हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुनसक्ने अनुमान गरिएको छ ।

Read More

काठमाडौं : नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । बैठकले प्रदेश अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णयसमेत गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेश गर्न निर्देशन दिइएको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने निर्णय छ । बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्याक्ष रमेश विष्ट र महासचिव रोसन पुरीको नेतृत्वमा स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश र…

Read More

धनगढी : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी नगरपालिकामा स्वास्थ्य सेवा इन्स्पेक्सन समुह अधिकृत स्तर छैठौं तहमा कार्यरत नरेश कुँवरलाई दिएको छ । गत असोजमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाईको मकवानपुर सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीलाई दिएको थियो । उनको कार्याअवधि मंसिर २४ गते सकिएपछि फेरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रशासन…

Read More