-आभुषण तिम्सिना/
होइन प्रधानमनत्रीज्यू ?
यो के कस्तो खेल खेलिबक्सेको ? या कस्तो खेल को आयोजना गरिबक्सेको ? हजुर संबिधान मान्ने कि नमान्ने ? मान्ने भए किन यस्तो झेल गरिबक्सेको ?
पुलिसको कुरा के गरौं। हिजो हजुरकै नेतृत्वको सरकारको पुलिसको सिआइबिले सुन काण्डको मुद्दा अनुसन्धान गर्दा चोख्याएका दिपेश पुन अनि महरालाई आज त्यहि पुलिसले पक्राउ गरेर सुन काण्डको अनुसन्धान सुरु भन्दै गर्दा हिजो हजुरले नेतृत्व गरेको सरकारले गरेको कामको आधिकारिकतालाई कसरि पुष्टि गर्नुहुन्छ ?
पुलिस हिजो सहि थियो कि आज सहि कार्य गर्दै छ कसरि जनताको सामु स्पष्ट पार्नुहुन्छ ? आज महरा र दिपेश पुनलाई पक्राउ गर्नु सँग सँगै हिजो नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने बसन्त कुँवर र सिआइबिको नेतृत्व सम्हाल्ने किरण बज्राचार्यलाई मुलुकि अपराध संहिता २०७४ को परिच्छेद ४ दफा ९९ बमोजिम बदनियतपुर्वक अनुसन्धान वा अभियोजन गर्न नहुनेू ब्यबस्था अन्तर्गत कानुनी कारवाहि गर्ने कि नगर्ने ? अनि आफ्नै नेतृत्वको सरकारको मातहतमा रहेको संस्थाले गरेको बदनियत पुर्वक गरिएको कामकारवाहिको लागि प्रधानमन्त्रीज्यू जबाफदेहि हुने कि नहुने ?
कृष्ण बहादुर महरा र दिपेश पुनलाई हिजो किन कारवाहि गरिएन ? हिजो कानुन बमोजिम कारवाहि नगरेकोमा हजुरको सरकार जुन नेपालको प्रचलित संबिधान बमोजिम जनउत्तरदायी सरकार हो त्यसले जिम्मेवारि लिने कि नलिने ?
आज नेपाल पुलिसको नेतृत्व जो सिआइबिको मुल नेतृत्व पनि हो त्यसले हिजो किन दिपेश पुन र महरा लाई जोगायो अनि सिआइबिको नेतृत्व जसले कानुन बमिजिम कारबाहि गर्नुपर्ने कारवाहिका भागिदारलाई किन कारवाहि गरेन यो प्रश्नको उत्तर खोजि गर्नको लागि सिआइबिको तत्कालिन नेतृत्व, नेपाल प्रहरीको तत्कालिन नेतृत्व, गृह मन्त्रालयको राजनितिक र प्रशासनिक नेतृत्व अनि सरकारको नेतृत्व माथी उठेका बग्रेल्ति प्रश्नहरुको जबाफ कसले दिने ?
नेपाल प्रहरी र नेपाल प्रहरीका अधिकृतहरुको ब्याबसायिकता माथि खडा भएको यो प्रश्न चिन्ह माथि कसले जबाफदेहिताको जबाफ दिने ? लोकतान्त्रिक भनिएको सरकारको नियतमाथी कसरि जनबिश्वास जगाउने ? अहिलेको सरकार निभ्ने बेलाको दियो ?
(लेखक नेपाल प्रहरीका पूर्व अधिकारी हुन्)