Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस…

Read More

धनगढी : पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका बुधबार बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ। यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ। साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको छ। बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मुद्दा शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरको बढुवा भएको छ । गृह मन्त्रालय सचिव स्तरको निर्णयबाट उनी प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएका हुन् । बढुवापछि डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले उनलाई आज दर्जानी चिह्न प्रदान गरेका छन् । केही समयअघि जिल्ला प्रहरी कार्यालय बझाङबाट सरुवा भएर आएका ऐर मुद्दा शाखामा अनुभवी कर्मचारीका रुपमा चिनिन्छन् । बझाङ सरुवा हुनुअघि पनि उनी डडेल्धुरा प्रहरीकै मुद्दा शाखा हेर्थे । उनी चाडैं रिटार्यड हुने लाईनमा छन्।

Read More

काठमाडौं: चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो।  गएराति ११:२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए’ प्रहरी निरीक्षक कुशवाहाले भने। उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला…

Read More

धनगढी: भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसल चर्चित छ। सोही पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पुगेकी छिन्। बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारि फेसबुक पेजमार्फत भोल्क उक्त पसलमा गएर खिर खाएको जानकारी दिइएको छ। ‘बाजेको खिर पसलमा खिरको मजा लिइयो’ तीन वटा फोटो राखिएको उक्त फेसबुक पोष्टमा भनिएको छ। उक्त खिर पस स्वर्गीय शेरबहादुर देउवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो। अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’ पसलकै नाममा सञ्चालन गरिरहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिममा ५ जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सूचना अनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा कृषितर्फका २ जना र स्वास्थ्यका ३ जना गरि ५ जनाको बढुवा भएको छ। ती ५ जनामा कृषितर्फका टीकाराम थापा र खगेन्द्र प्रसाद शर्मा रहेका छन् भने स्वास्थ्यतर्फका नरेन्द्रसिंह कार्की, डा. शेरबहादुर कमर र खगेन्द्रराज भट्ट रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्। हेर्नुहोस् सूचना

Read More

धनगढी: पछिल्लो समय धनगढीमा जुवा बढेको पाइएको छ। प्रहरीको तथ्यांक र पक्राउ विवरण अनुसार जुवा बढेको पाइएको हो। कैलाली प्रहरीका अनुसार चैत ३ गतेमात्रै धनगढी उपमहानगरपालिका–७ मोती चोकमा रहेको कैलाली होटलका सञ्चालकसहित सात जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परे। धनगढी उपमहानगरपालिका–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउदसहित ७ जुवाडेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ परेका थिए। त्यहाँ जुवाडेहरुबाट प्रहरीले नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक तास समेत नियन्त्रणमा लिएको हो। त्यसको केही दिनअघि धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पनि प्रहरीले ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार धनगढीमा मात्र नभएर अत्तरिया, टीकापुरसहित कञ्चनपुरको महेन्द्रनगर लगायतका क्षेत्रमा होटल,…

Read More

धनगढी : कञ्चनपुरमा कुटपिटबाट एक जनाको हत्या गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको हो। प्रहरीका अनुसार उनीमाथि गत आइतवार कुटपिट भएको थियो। कुटपिटपछि उपचारका लागि उनलाई धनगढी ल्याइएकोमा मगरको सोमबार निर्सग अस्पतालमा मृत्यु भएको हो। उनको हत्या गरेको अभियोगमा स्थानीय टेकबहादुर चन्द र कृष्ण चन्दविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

Read More

धनगढी: धनगढीमा ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियुले होली मिलन कार्यक्रम मनाउने भएको छ। सुदूरपश्चिमको मौलिक कला, साहित्यको जगेर्ना गर्न भन्दै कार्यक्रम मनाउन लागिएको हो। स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्यका सभापति कुबेर खड्काले होलीको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार पर्सि ९ गते बिहान ७ बजेबाट कार्यक्रम सुरु हुने छ। जसमा विभिन्न सास्कृतिक पहिचान झल्काउने प्रस्तुति रहनेछन्।

Read More

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको हो। राखेप मातहत रहेको दशरथ रंगशालाको खेलमैदान विगत लामो समयदेखि एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकाले अब उप्रान्त राखेप आफैंले संरक्षण गर्ने भएको हो। पछिल्लो समय एन्फाले नै मैदानको संरक्षण गर्न नसक्दा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा बहराइनसँगको ‘होम म्याच’ खेल्ने अवसर गुमाउनुपरेको थियो। त्यससँगै एन्फाको तीव्र आलोचनासमेत भइरहेको छ। संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको राखेपले जनाएको छ। राष्ट्रिय खेलकुद विकास…

Read More