Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा यस बर्षको होली (फागु पूर्णिमा)लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ। जिल्ला प्रशासन कैलालीले एक सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा अवाञ्छित क्रियाकलापहरु नगर्न र मर्यादित रुपमा होली खेल्न अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन्। होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगरी साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनुपर्ने प्रशासनले आग्रह गरेको छ। प्रशासनले कसैको इच्छाविपरीत रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट सकम असुल्ने, लोला हान्ने, मादक तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् । सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । उनी चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । यी सबै सकेर चैत ८ मा फर्किनेछन् । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स…

Read More

धनगढी: नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन्। कैलालीको गोदावरीमा शनिबार सम्पन्न महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध ११ सदस्यीय कार्यसमिति गठन भएको हो। महासंघको प्रदेश उपसभापतिमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा शकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सहकोषाध्यक्षमा दिप पौडेल तथा सदस्यहरुमा टीकाराम विश्वकर्मा, सुरेश सुनार, पदम दयाल र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन्। प्रदेश अधिवेशनको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए। अध्यक्ष बनेका सन्तोष उनै मान्छे हुन्, जो गत वर्षको साउन १८, बुधबार मुम्बई जाने क्रममा त्रिभुवन…

Read More

धनगढी: सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीका नगरप्रमुख (मेयर) गोपाल हमाल (गोपी) लाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई ह्वाट्सएपमा म्यासेज र कल गर्दै एकजनाले धम्की दिएको बताइव्को छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले स्थानीय राना थरका एक व्यक्तिले आफूलाई खबरदार भन्दै ज्यान मार्ने धम्की दिएपछि मेयर हमालले प्रशासनमा निवेदन दिएको बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन जिल्ला प्रहरी कार्यालयमा पुगेको छ। मेयर हमालले आफूलाई राति ज्यान मार्ने धम्की दिएको जनाएका छन् तर उनले धम्की दिनेको नाम भने निवेदनमा नखुलाएको बुझिएको छ। यस्तै डीएसपी चन्दले धम्की दिने राना अहिले कैलालीकै बौनिया एरियामा रहेको र चाडै…

Read More

धनगढी : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो। जस अन्र्तगत धनगढीको धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको एक बर्ष पुरा भएको छ । सोही अवसरमा ऐश्वर्या क्याम्पसको स्ववियुले आफ्नो एक बर्षको उपलब्धी सार्वजनिक गरेको छ । स्ववियु सभापति कुवेर खड्काले सार्वजनिक रहेको एक बर्षको प्रगतिमा २२ ओटा कामहरु यी रहेका छन् ।१. स्ववियुको कार्यालय व्यवस्थापन ।२. स्ववियुका छुट्टै बैंक खाता सञ्चालन ।३. क्याम्पस प्रशासन र शैक्षिक विभाग र स्ववियुका वार्षीक कार्यक्रमहरु समाबेश गर्दै स्ववियु क्यालेन्डर प्रशासन गरि सबै विद्यार्थीहरुलाई…

Read More

पोखरा : आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । उच्च स्रोतका अनुसार मनाङेलाई आजै शपथको तयारी छ । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् । अहिले गण्डकीको राजनीतिमा ट्वीस्ट भएको छ । नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ । कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छोडेको छैन । स्रोतका अनुसार…

Read More

काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ । महरालाई भैरहवा पक्राउ गरेर विमानस्थल हुँदै लाजिम्पाटस्थित सीआईवी कार्यालय लगिएको हो । स्वेटर, ग्रे कलरको ज्याकेटको पहिरनमा रहेका महरा मलिन अनुहारमा देखिन्थे । पक्राउ गरेर प्रहरीले महरालाई सिधै भैरहवा विमानस्थल लगेको थियो। महरालाई विमानस्थलमा पुर्याइँदा नेकपाका महासचिव विप्लव पनि विमानस्थलमै थिए । सो क्रममा विप्लवसँग महराको जम्काभेट भएको बताइएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेको र सोही क्रममा प्रहरी नियन्त्रणमा रहेका महराको विप्लवसँग जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए । सुन तस्करी…

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा रुपन्देहीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानबाट काठमाडौं ल्याइएको छ। महरा आज बिहान रुपन्देहीबाट पक्राउ परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिए। आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए। २०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाइ मुद्दा चलाउन सोफारिस  गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

Read More

काठमाडौँ : मोरङको विराटनगर – ४ मा रहेको नोबल टिचिङ अस्पतालको अर्थो विभागमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न भएको आशंका गरिएका युवक पनि मृत भेटिएका छन्। सिराहाको लहान घर भएका करिब २३ वर्षीय शिवशंकर दासको शव गएराति विराटनगरको एक होटलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए। ‘दासले आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो,’ डीएसपी दाहालले सोमबार बिहान भने, ‘नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’ इस्टाफ नर्स चन्द्रिकाको गएको शुक्रबार आफ्नै डेराको शौचालयमा धारीलो हतियार प्रयोग गरी हत्या…

Read More