Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो।  गएराति ११:२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए’ प्रहरी निरीक्षक कुशवाहाले भने। उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला…

Read More

धनगढी: भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसल चर्चित छ। सोही पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पुगेकी छिन्। बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारि फेसबुक पेजमार्फत भोल्क उक्त पसलमा गएर खिर खाएको जानकारी दिइएको छ। ‘बाजेको खिर पसलमा खिरको मजा लिइयो’ तीन वटा फोटो राखिएको उक्त फेसबुक पोष्टमा भनिएको छ। उक्त खिर पस स्वर्गीय शेरबहादुर देउवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो। अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’ पसलकै नाममा सञ्चालन गरिरहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिममा ५ जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सूचना अनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा कृषितर्फका २ जना र स्वास्थ्यका ३ जना गरि ५ जनाको बढुवा भएको छ। ती ५ जनामा कृषितर्फका टीकाराम थापा र खगेन्द्र प्रसाद शर्मा रहेका छन् भने स्वास्थ्यतर्फका नरेन्द्रसिंह कार्की, डा. शेरबहादुर कमर र खगेन्द्रराज भट्ट रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्। हेर्नुहोस् सूचना

Read More

धनगढी: पछिल्लो समय धनगढीमा जुवा बढेको पाइएको छ। प्रहरीको तथ्यांक र पक्राउ विवरण अनुसार जुवा बढेको पाइएको हो। कैलाली प्रहरीका अनुसार चैत ३ गतेमात्रै धनगढी उपमहानगरपालिका–७ मोती चोकमा रहेको कैलाली होटलका सञ्चालकसहित सात जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परे। धनगढी उपमहानगरपालिका–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउदसहित ७ जुवाडेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ परेका थिए। त्यहाँ जुवाडेहरुबाट प्रहरीले नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक तास समेत नियन्त्रणमा लिएको हो। त्यसको केही दिनअघि धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पनि प्रहरीले ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार धनगढीमा मात्र नभएर अत्तरिया, टीकापुरसहित कञ्चनपुरको महेन्द्रनगर लगायतका क्षेत्रमा होटल,…

Read More

धनगढी : कञ्चनपुरमा कुटपिटबाट एक जनाको हत्या गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको हो। प्रहरीका अनुसार उनीमाथि गत आइतवार कुटपिट भएको थियो। कुटपिटपछि उपचारका लागि उनलाई धनगढी ल्याइएकोमा मगरको सोमबार निर्सग अस्पतालमा मृत्यु भएको हो। उनको हत्या गरेको अभियोगमा स्थानीय टेकबहादुर चन्द र कृष्ण चन्दविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

Read More

धनगढी: धनगढीमा ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियुले होली मिलन कार्यक्रम मनाउने भएको छ। सुदूरपश्चिमको मौलिक कला, साहित्यको जगेर्ना गर्न भन्दै कार्यक्रम मनाउन लागिएको हो। स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्यका सभापति कुबेर खड्काले होलीको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार पर्सि ९ गते बिहान ७ बजेबाट कार्यक्रम सुरु हुने छ। जसमा विभिन्न सास्कृतिक पहिचान झल्काउने प्रस्तुति रहनेछन्।

Read More

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको हो। राखेप मातहत रहेको दशरथ रंगशालाको खेलमैदान विगत लामो समयदेखि एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकाले अब उप्रान्त राखेप आफैंले संरक्षण गर्ने भएको हो। पछिल्लो समय एन्फाले नै मैदानको संरक्षण गर्न नसक्दा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा बहराइनसँगको ‘होम म्याच’ खेल्ने अवसर गुमाउनुपरेको थियो। त्यससँगै एन्फाको तीव्र आलोचनासमेत भइरहेको छ। संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको राखेपले जनाएको छ। राष्ट्रिय खेलकुद विकास…

Read More

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। एमाले डडेल्धुराको ९ औं अधिवेशनबाट अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्। तर, निर्वाचन कमिटीले भने आधिकारिक घोषणा गर्न बाँकी छ। स्रोतका अनुसार शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको भएपनि अन्य पदमा सहमति जुटाउन नेताहरू छलफलमा जुटिरहेका छन्। शाही गन्यापधुरा गाउँपालिका ३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्। उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए। युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा…

Read More

बझाङः बझाङमा सडक कालोपत्र गर्दा आगलागी भएको छ। जिल्लाको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडका कालोपत्र गर्ने क्रममा आगलागी भएको हो। सडकमा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी भएको प्रहरीले बताएको छ। आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ। साथै आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ।

Read More

धनगढी : गत फागुन २४ गते राति दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि ढुङ्गामुढा र निवासमा आगजनी भएको घटना सार्वजनिक भयो । मध्यराति सुतिरहेको अवस्थामा अज्ञात समूहले आफुमाथि ढुङ्गामुढा र निवासमा आगजनी गरेको भन्दै प्रशासकिय अधिकृत अधिकारीले प्रहरीमा निवेदन दिए । घटनाको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटियो र घटनाको अनुसन्धान अगाडी बढाइयो । आफुलाई असुरक्षा भएको भन्दै घटनाको भोलिपल्ट फागुन २५ गतेदेखि सदरमुकाम खलंगा झरेका अधिकारी जिल्ला प्रशासनको कर्मचारी आवाश भवनको पाहुना कोठामा बस्दैआएका थिए । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरुले उनलाई कर्मचारी आवाशमा बसाल्दैआएका थिए । १० दिनदेखि सिडिओकै भान्साबाट खाना खाइरहेका…

Read More