Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका १ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रबार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो । विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेको छ ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको कार्यालय भित्र विष सेवन गरेका गणेश राना डिस्चार्ज भएका छन्। धनगढी उपमहानगरपालिका–६ का जग्गा कारोबारी राना १५ दिनपछि सेती प्रादेशिक अस्पतालबाट घर फर्किएका हुन्। धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेर चैत ६ गते रानाले विष सेवन गरेका थिए। विष सेवन गरेर बेहोस भएका राना मंगलबार घर फर्किएका अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएपछि सेती प्रादेशिक अस्पतालले घर पठाएको हो। कैलाली जग्गा तथा आवास विकास संघको तदर्थ समिति सदस्य रहेका रानाले चैत ६ गते मङ्गलवार विष सेवन गरेका थिए। धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्दै गर्दा उनले किरा मार्न प्रयोग गरिने विषदी सेवन गरेका थिए। रानाले नगर प्रमुख…

Read More

कञ्चनपुरः कञ्चनपुरका ३ जना फरार दोषी २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको दोधारा चाँदनी नगारपालिका–३ जमुनाघारीका बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याल रहेका छन्। मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट तीनै जनालाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको मिति २०५९ माघ ८ गतेको फैसलाले जमिन सम्बन्धी मुद्दामा जनही १ हजार जरिवाना ठहर भएपछि तीनै जना फरार रहेका थिए। फैसला कार्यान्वयनको लागि तीनै जनालाई प्रहरीले जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको छ।

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।  पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ। परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ टोली बीचको तीन खेलको ओडीआई सिरिज आज (बुधबार) देखि सुरु हुँदैछ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। घरेलु मैदानमा नै टी–२० सिरिज गुमाएको नेपाली टोली ओडीआईमा सुखद सुरुवात गर्न चाहन्छ। उता आयरल्याण्ड भने पहिलो खेलको लयलाई नै कायम राख्ने योजनामा हुनेछ। सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै विनोद भण्डारीको कप्तानीमा टोली घोषणा गरिसकेको छ। टी–२० खेलेको टोलीबाट ओडीआई खेल्ने टोलीमा कमल सिंह ऐरि, आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले निरन्तरता पाएका छन्। नेपाल ‘ए’ टोलीले यसअघि आयरल्याण्डसँग नै…

Read More

 काठमाडौँ : आज बुधबार, २१ चैत २०८० (३ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल- मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ८०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझावअनुसार अघि बढ्दा अधिक सफलता मिल्नेछ। अखाद्य…

Read More

धनगढी : कञ्चनपुरबाट साढे तीन ग्राम खैरोहेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ का गौरव विक्रम थापा र बेदकोट नगरपालिका–७ का लोकेन्द्र भण्डारी लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले तीन दशमलव ५९ ग्राम खैरोहेरोइन बरामद गरेको छ। उनीहरूलाई जिल्ला अदालत, कञ्चनपुरबाट सात दिनको म्याद थपेर थुनामा राखिएको छ। जिल्ला प्रहरी, कञ्चनपुर र लागुऔषध ब्युरो शाखा महेन्द्रनगरबाट वरिष्ठ सई केशव जोशी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Read More

धनगढी : आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा १ का लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ। मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो। खास गरी सभापति देउवा र नेता डा.शेखर कोइरालाबीच बझाङ १ का लागि उम्मेदवार छनोटमा विवाद भएको हो। बैठकमा नेता शेखरले बझाङ प्रदेशसभा निर्वाचनमा पनि स्थानीय चुनावमा तेस्रो मत ल्याएकालाई टिकट दिन लागेको भन्दै आपत्ति जनाएका थिए। ‘यसअघिका निर्वाचनमा हारेकालाई टिकट नदिने कुरा भएको थियो। तर बझाङमा स्थानीय तह निर्वाचनमा वडामा तेस्रो मत ल्याएकोलाई टिकट…

Read More

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफू रहेको दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै संरक्षक चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गर्दै रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्षमात्र रहेको बताए । लाखौँ जनताबाट चुनिएर आएको अध्यक्ष आफू रहेको रेशमको भनाइ थियो । निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने टिप्पणीसमेत गरे । निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि स्वीकार गरेको थिएन तर उनीहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसकेको भन्दै रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे । उनले आफ्नो तर्फबाट…

Read More

काठमाडौं : नेकपा (माओवादी)का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। मंगलबार खामलाई काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले बताएको छ। रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो। सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी र गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। त्यही मुद्दामा गोविन्दबहादुर बटाला पनि अभियुक्त थिए। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। खामको नाम…

Read More