Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले आजैको क्याबिनेट बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउनै लागेको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । पुष्करलाई गत असोज ४ गतेदेखि अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । बीचमा केही समय उक्त जिम्मेवारीमा नरहेका उनलाई अघिल्लो सरकारले सोही अर्थ सचिवमा सरुवा गरेर ल्याएको हो । यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । सचिवमा गृहतिर एकनारायण अर्याललाई ल्याइएपछि पुष्करलाई हटाइएको ब्युरोक्रेसीतर्फको यो दोश्रो ठूलो हेरफेर हो ।

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो…

Read More

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली पठाइएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो। यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएर सरुवा गरिएको छ। सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनको सरुवा गरिएको हो। आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ। यस्तै अहिले जिम्मेवारी पाउने ज्ञवाली पनि विवादित एआइजी नै हुन्। जबकी उनलाई पनी सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले…

Read More

काठमाडौँ : सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले प्रहरीका एआइजी श्याम ज्ञवालीले आईजिपी बन्न एक करोड मागेको खुलाएका छन्। उनले आज पत्रकारलाई अन्तरवार्ता दिँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सञ्जयसिंह थापाको घर बनाउन डीएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको पनि बताएका छन्। ६० लाख नभए अहिले ३० लाख भने पनि दिन आग्रह गरेका पनि उनले बताए। उक्त प्रकरणका प्रतिवादी रहेका चलाउनेले पैसा नदिएकै कारण आफूलाई फसाउने चाल रचेको पनि दावी गरेका छन्। उनी आफू आएर प्रतिवाद गर्ने र अदालतमा पुगेर आत्मसमर्पण गर्नेसमेत बताएका छन्। उनले आफू दिल्लीमा रहेको पनि खुलाएका छन्।

Read More

धनगढी: धनगढीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध (खैरो हेरोईन) सहित एकजनालाई पक्राउ गरेको छ। आज (शुक्रबार) धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी तुलसिबारी चोकबाट उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत लखिमपुर पलियाकला खिरी बस्ने २० वर्षीय करन राना रहेका छन्। रानालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १७ ग्राम २४० मिलीग्राम हेरोईनजस्तो देखिने धुलो पदार्थ फेला पारी बरारामद गरिएको बताइएको छ। उनलाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको वरिष्ठ सई केशब जोशी नेतृत्वको टिम र स्थानीय प्रहरीको टोलीले पक्राउ गरेको हो। यस सम्बन्धना प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: अछामका सुरज कडायतले २६ फागुनमा आफ्नी श्रीमती डल्लीसँग अन्तिमपटक फोन सम्पर्क गरे। उनले त्यसबेला उनीसहित परिवारसँग कुरा गर्दै ‘स्वास्थ्य राम्रै छ। छोराछोरीको ख्याल गर्नू। बुवाले मेरो चिन्ता नगर्नू’ भनेका थिए। तर उनले त्यस्तो भनेको एक महिना नबित्दै उनी उतै बिलाएका छन्। डल्ली कडायत अस्ति बुधबार बिहान घाँस ल्याउन जङ्गलतिर गएकी थिइन्। सोही दिन उनको जीवनमा अप्रत्याशित घटना घट्यो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ की डल्लीलाई बिहानै फोन आउँछ। काठमाडौंबाट आएको उक्त फोनले उनलाइ एकाएक एकाएक छाँगाबाट खसेजस्तै बनायो। सो फोन मेनपावर कम्पनीको थियो र त्यो कलको सन्देश थियो, कुवेतमा २७ वर्षीय सुरज बहादुर कडायतको निधनको। सुरज डल्लीका श्रीमान् हुन्। सुरजको…

Read More

काठमाडौँ: सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको हो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा सो सिफारिस गरेको हो। ६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ। 

Read More

धनगढीः हुलाकी राजमार्ग, धनगढीको कार्यालयमा तालाबन्दी गरिएको छ। कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाइएको हो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनगढीमा क्रान्तिकारी युवा संगठनले शुक्रवार बिहान ताला लगाएको हो। कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा र बाबा हंस सिद्धिकी शाहीलाई कर्मचारीले संरक्षण गरेको आरोप संगठनको छ। हुलाकी राजमार्ग निर्माणको काम अलपत्र गर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाएको संगठनले बताएको छ।

Read More

डोटी : कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरूप ओखरमा ‘टप ओर्किङ’ गरेको छ। हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ। हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन्। दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरुआत गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। परीक्षण स्वरूप ५० टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताए। सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको…

Read More

बैतडीः बैतडी स्याउला काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको बिहिबार स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो । घनजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् ।बोहराको घरमा श्रीमान र तीन छोरा छन् ।

Read More