Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो…

Read More

काठमाडाैं :   निर्वाचन आयोगले शनिबार सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम चैनपुरमासम्म ल्याउन लागिएको जनाएको छ । निर्वाचन आयोगले आवश्यक सबै साधनबाट आज बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाएको जनाएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।

Read More

कैलाली : सत्ता गठबन्धनभित्र किचलो र विवादकाबीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएको छ । सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढेको हो । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल नै सरकार विस्तार गरेर विश्वासको मत लिने प्रक्रियामा जाने योजना बनाएका थिए । तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि मुख्यमन्त्री सोडारीलाई पहिलो गाँसमै ढुङ्गा लागेको हो । एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।…

Read More

काठमाडौँ : मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज  तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन्…

Read More

काठमाडौं : उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । “बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ,” उनले भने । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Read More

दार्चुलाः दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा चट्याङ पर्दा ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाईते भएका हुन्। घाईते दुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। चट्याङबाट दुई घरको वाइरिङ र मिटर बक्स जलेको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट १ गाईसमेत मरेको र चट्याङले घरको छतमा समेत प्वाल परेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ए विरुद्धको टी २० सिरिजमा विजयी सुरुवात गरेको छ। शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इण्डजलाई ४ विकेटले हराएको हो। जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल भोलि आइतबार हुनेछ। वेस्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान रोहितले सर्वाधिक १ सय १२ रनको योगदान दिए। रोहितले ५४ बलमा १० चौका र ६ छक्का हाने। उनले रोहितले ४७ बलमा १० चौका र ५ छक्का मद्धतमा शतक पूरा गरे। यसअघि उनले ११ औँ…

Read More

काठमाडौं : इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ । टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पुर्‍याउने तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मतगणनाका लागि सिटी हल तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणना स्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ । उनका अनुसार आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका…

Read More

धनगढी : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् । अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही मतदान केन्द्रबाट विवरण नआएकाले यकिन संख्या पत्ता लागेको छैन । यद्यपि प्रारम्भिक विवरणमा ४९.१२ प्रतिशतले मतदान गरेको विवरण आएको कार्यालय स्रोतको भनाइ छ । यहाँ आइतबार मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याइनेछ । तयसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

धनगढी: बझाङमा उपनिर्वाचनका लागि गरिएको मतदान सकिएको छ। आज (शनिबार) बिहानदेखि सुरु भएको मतदान अहिले सकिएको हो। बझाङ प्रदेश सभा १ काे उपनिर्वाचनकाे मतदान शान्तिपूर्व भएको सुरक्षा निकायको दाबी छ। बझाङ प्रदेश सभा १ अन्तर्गत ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेकोमा सबैमा शान्तिपूर्ण मतदान भएको हो। मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ६१ हजार ७ सय ६८ मतदाता रहेकाे बझाङमा ३० हजार ३ सय २८ मत खसेको र साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीयतहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ ल्याउने काम थालिएको छ। साइपालबाट भने हेलिकप्टरमा मतपेटिका ल्याइने छ त्यसपछि मतगणना सुरु हुने…

Read More