Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन…

Read More

धनगढी : वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनका लागि बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ। बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले त्यहाँ उपनिर्वाचन हुन लागेको हो। गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताए। नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापति समेत रहेका उनै स्वर्गीय सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। अभिषेकले दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय…

Read More

धनगढी : बझाङमा हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । अभिषेक स्वर्गीय सिंहका जेठा छोरा हुन् । अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बुवाको बार्षीकीमा रहेका अभिषेकले सेतो कपडामै उमेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै अभिषेकले आफु गलत काम नगर्ने र झुटा नबोल्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने-‘बझाङी जनताको दुखमा साथ दिनुपर्छ…

Read More

धनगढी : बैतडीका एक युवक मृत फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका-५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् । बोहरा आफ्नै घर भित्र झुण्डीएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका-५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए । मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका छन् । झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पुस महिनामा मात्रै नेपाल फर्किएका थिए । बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

काठमाडौं : चौलानी ग्रुपले धनगढीमा सवा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । ग्रुपको क्लब चौलानी प्रालिले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको छ । कम्पनीले चेन होटल लेमन ट्री होटल लिमिटेडसँग सम्झौता गरेर उक्त ब्राण्ड नेपाल भित्र्याएको हो । कम्पनीले होटलमा ८० वटा सुविधासम्पन्न होटल हुने जनाएको छ। डा.राजेन्द्र केसी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९५ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड १० लाख रुपैयाँको रेटिङ गराएको…

Read More

धनगढी : इलाम र बझाङमा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भइरहेको छ। इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्यका लागि आज उम्मेदवारी दर्ता जारी रहेको हो। इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता आज साँझ ५ बजेसम्म उम्मेदवार दर्ता गर्न समय तोकिएको छ। आयोगले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने जनाएको छ। इलाम क्षेत्र २ मा…

Read More

धनगढी: नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन्। उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत चैत्र २० गतेका दिन जबर्जस्ती करणीको जाहेरी दिएकी हुन्। जाहेरीपछि रविलाई समात्न अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अहिले जापानमा रहेका रविलाई नेपाल आउने बित्तिकै पक्राउ गरिने छ। जिल्लाकै कृष्णपुर नगरपालिका, गुलरिया घर भएका रवि नेपाल आइडलका बिजेता हुनुपूर्व नै कञ्चनपुरकै ती युवतीसँग प्रेम सम्बन्धमा थिए। लामो प्रेम सम्बन्धपछि गत मंसिरमा उनले प्रेमिकासँग बिहे गरेका थिए। बिहेपछि आफ्नो वास्ता नगर्ने तथा बाहिरै बढी बस्ने भएकाले श्रीमती उनीसँग बिच्किएकी थिइन्। तर, हालसालै केही समय अगाडि अचानक…

Read More

काठमाडौं: बारामा एक प्रहरी जवानको मृत्यु भएको छ।जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ। काठमाडौंबाट काँकरभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो। प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिइएको छ।

Read More

धनगढीः कैलालीमा १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो। जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला भएको जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले बताए। पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए। 

Read More

धनगढी: कैलालीको धनगढीमा हिजो (शुक्रवार) सशस्त्र प्रहरीले आधा करोड बढीका अवैध कपडा बरामद गर्‍यो। सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डे आफैं खटिएर ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेका थिए। धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित उत्तरखेहडी ईलाकाबाट ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरिएको थियो। धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको सशस्त्रले जनाएको थियो। बरामद उक्त लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको प्रहरीले जनाएको छ। तर, सशस्त्रले सो अवैध सामान कसको हो ? कसरी नेपाल भित्रियो भन्नेबारे…

Read More