Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल पुलिस स्कुल धनगढीले कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै स्कुलले कर्मचारी माग गरेको हो। प्रहरी कल्याणकरी कोषद्धारा सञ्चालित उक्त स्कुलले रिक्त पदमा करार शिक्षकका लागि दरखास्त आह्वान गरेको जनाएको छ। हेर्नुस् सूचना

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अहिले धनगढीमा छन्। भर्खरै उनको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ। नाउपा एक मन्त्रीको सरकारी निवासमा रेशमसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नाउपा, रेशमलाल र उनकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच विवाद रहेको थियो। रेशम सुदूरपश्चिममा काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता नयाँ सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्नेमा तयार थिइन्। यसैबीचमा पार्टीभित्रको विवाद छताछुल्ल पनि भएको थियो। पार्टीमा कुटाकुटदेखि कारबाहीसम्मै विवादको सिलसिला पुगेकोमा सुदूरपश्चिम प्रदेशमा नाउपाकी एक सांसद इन्दिरा गिरी पदमुक्त नै भएकी थिइन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको छ। विवाद चर्किरहेका…

Read More

धनगढी : साहित्यकार दीपिका विवशको निधन भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा)को मङ्गलवार निधन भएको हो। एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन्। उनको पेटमा समस्या देखिएको थियो। विवश शिक्षिका पनि थिइन्।

Read More

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन्। आज (मंगलबार) सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका- ४ का भाट घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए। सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए। हालै भारतबाट फर्किएका उनी आज मृत फेला परेका हुन्। स्रोतका अनुसार उनी पारिवारिक समस्याले समेत ग्रसित थिए। अहिले प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

Read More

काठमाडौं : आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ । इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए…

Read More

काठ्माडौं : संघीयतापछि पहिलो पटक कर्णाली प्रदेश सरकारको नेतृत्वमा एमाले पुगेको छ । केन्द्रमा नयाँ गठबन्धन बने संगै प्रदेशमा पनि सरकारहरु फेरिएका छन् । सोही अनुसार कर्णालीमा एमालेका यामलाल कँडेलको मुख्यमन्त्री बनेका हुन । गठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गरेका छन् । २०७४ सालको निर्वाचनमा २० सीटसहित नेकपा एमाले पहिलो पार्टी बनेको थियो । त्यसबेला एमालेबाट यामलाल कँडेल मुख्यमन्त्री बन्छन् भन्ने धेरैको अनुमान थियो । तर, उक्त अनुमान फेल खायो । नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादीका महेन्द्रबहादुर शाही २०७४…

Read More

धनगढी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) संग धनगढीमा अनेरास्ववियुका नेताहरुले भेटघाट गरेका छन् । मंगलबार धनगढीको इमेज होटलमा अनेरास्ववियुका नेताहरुले विप्लवसंग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका हुन । छलफलमा वैज्ञानिक समाजवाद, युवा नेतृत्व लगायतका विषयमा छलफल भएको थियो । उक्त छलफलमा एमाले कैलाली जिल्ला कमिटीका सदस्य भरत शाह, राष्ट्रिय युवा संघ नेपालका धनगढी उपमहानगरपालिकाका अध्यक्ष अभिसेक लोकनाथ, अनेरास्ववियुका केन्द्रिय सदस्यहरु किशोर शाह, कृष्ण वश्याल लगायत प्रदेश अध्यक्ष मनोज राई र कैलाली जिल्ला उपाध्यक्ष कुबेर खड्का लगायतका सहभागी रहेको थियो । विप्लव पार्टीका विभिन्न अभियानहरुमा धनगढी आएका थिए ।

Read More

काठमाडौं : डोल्पाको जंगलमा लागेको डढेलो निधाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ । सोमबार ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो । प्युठ विजय कोइरालाको भने उपचार भइरहेको छ ।…

Read More

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा राप्रपा कञ्चपुर जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्द घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा अध्यक्ष चन्दसहित अन्य १८ प्रदर्शनकारी घाइते घाइते भएका छन् । चन्दको खुट्टा टुटेको र अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ । काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । त्यसैगरी सादा पोशाकका प्रहरीदेखि सशस्त्र…

Read More

धनगढी : बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका ४ दलले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो । तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले बताए । ‘गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनौँ । अब आफ्नै ढंगले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छौं’, उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन । नेपाली कांग्रेसले अभिषेक…

Read More