Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीबाट बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई २ वर्ष जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला मंगलबार सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर गरेको हो। उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको ठहर विशेष अदालतले गरेको हो। अदालतले उक्त ऐनको दफा ३ को उपदफा ९१० बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला…

Read More

काठमाडौं : नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो । बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा…

Read More

धनगढी : बैतडीबाट एक विवाहित महिला बेपत्ता भएकी छन्। जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट बेपत्ता भएकी हुन्। सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी बेपत्ता भएकी उनका आफन्त जयराज भट्टले बताए। घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी घरबाट ३ सय मिटर पर फेला परेको भए पनि उनी कहाँ गइन् भन्ने कुरा खुलेको छैन्। सोमबारदेखि नै माधवीको खोजीकार्य जारी छ। उनको माइती दार्चुलाको काँडापारीमा पनि खबर गरिएको तर उनी त्यहाँ पनि नगएको पाइएको छ। घरबाट जाने बेला उनले रातो सुरुवाल र खैरो रंगको स्वीटर लगाएकी थिइन्। बेपत्ता माधवीलाई कसैले फेला पारेमा…

Read More

धनगढी: कञ्चनपुरमा लागु औषध (चरेस) सहित २ जना पक्राउ परेका छन्। आज (मंगलबार) जिल्लाको भीमदत्त नगरपालिकास्थित वडा नम्बर ४ को होटल शिव शक्तिबाट उनीहरू समातिएका हुन्। वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बझाङ जिल्लाको केदारस्यु गाउँपालिका ६ बस्ने वर्ष ३४ को गोविन्द धामी र रुकुम सानीभेरी गाउँपालिका ३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १.५४ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्रोतका अनुसार रुकुमबाट आयात भएर उक्त चरेस भारत जाने गर्दथ्यो।

Read More

धनगढी: धनगढीस्थित एसपीए कलेजमा नेकपा एमाले निकट विद्यार्थी संगठनको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट आज भुपेश पुजाराको नेतृत्वमा नयाँ कमिटी चयन गरिएको हो। सम्मेलनले पुजाराको नेतृत्वमा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको बताइएको छ। यस अगाडि त्यहाँ ज्ञानु जेठारा अध्यक्ष थिए।

Read More

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन्। जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मानवहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका छन्। दुबै जनाको हात र खुट्टमा चोट लागेको छ। उनिहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। चन्द नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली काङ्ग्रेसका मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका हुन्। तत्कालीन गठबन्धनमा नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए। आज बसेको प्रदेश सभा सचिवालयले सोही अनुसार प्रदेश सभा बैठक आह्वान गरेको छ। प्रदेश सभा सचिव देवराज बोगटीले प्रदेश सभा सदस्यहरुलाई बैठकबारे म्यासेज पठाइसकेका छन्। ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ प्रदेश सभा सदस्य रहेका छन्। यस प्रदेशमा बहुमत ल्याउन २७ मत आवश्यक रहे पनि कुनै दलसँग बहुमत छैन। सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ र…

Read More

काठमाडौं : भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए । ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा…

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद झन बल्झिदै गएको छ। रेशमलाल पत्नी रञ्जिता श्रेष्ठ चौधरी पार्टी अध्यक्ष रहेको नाउपा पार्टीभित्रको विवाद विचार मतभेददेखि कुटाकुट र हत्याको धम्की हुँदै कारबाहीसम्मै पुगेको हो। यसैक्रममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन्। पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै…

Read More

धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने समय साँघुरिँदै गएको छ। केन्द्रमा बनेको नयाँ गठबन्धनपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। फागुन २२ गते माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि २३ गते माओवादीले समर्थन फिर्ता लिएको थियो। संविधानत: मुख्यमन्त्री शाहले २२ गते भित्र विश्वासको मत लिइसक्नुपर्नेछ। विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको उक्त धारामा ‘प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था उल्लेख गरिएको छ। मुख्यमन्त्री शाहसँग २२ गते…

Read More