Author: महेन्द्रनगर पोष्ट

बुटवल : कपिलवस्तुमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो । बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको र दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। 

Read More

धनगढी : कैलाली जिल्लामा आज बिहान परेको चट्याङले दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जोशीपुर गाउँपालिका–३ भितरियामा बिहान करिब ७ बजे ३१ वर्षीय जयराम डगौरालाई चट्याङ लागेर घाइते भएका थिए। आफन्तले उनलाई महापार्वती क्लिनिकमा उपचारको लागि लगे पनि उपचारको क्रममा उनको मृत्यु भयो। त्यसैगरी, बिहान करिब ८ बजे धनगढी उपमहानगरपालिका–१८ निवासी २७ वर्षीय शालिम चौधरीलाई आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लाग्यो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो उपचारको क्रममा १० बजे उनको मृत्यु भयो। घाइते हुनेहरूमा जानकी गाउँपालिका–४ बेलपुर निवासी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ निवासी ५५ वर्षीय…

Read More

धनगढी : धनगढीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर धनगढी उपमहानगरपालिका –१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिह बोहोराले चौधरीलाई आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको बताए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बोहोराले बताए । अहिले चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

Read More

काठमाडौं : एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । खेल श्रीलंकामा आउँदो जुलाईमा हुदैछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दैछन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि सन् २०१२…

Read More

काठमाडौं : लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार नेपालमा पनि मनाइँदै छ। यो वर्ष ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवस मनाइन्छ। गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५।०६ प्रतिशतले वृद्धि भइरहेको छ । लागुऔषध प्रयोगकर्ता शहरी क्षेत्र हुदै ग्रामिण भेगमा पनि फैलिएका छन्। पछिल्लो समय नेपाल लागुऔषध ओसारपारको ‘ट्रान्जिट प्वइन्ट’ बनिरहेको छ । खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनेको छ। प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी…

Read More

काठमाडौं : सर्लाहीको लालबन्दीमा रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भएको भ्रष्टाचारमा पाँच जना दोषी ठहर भएका छ्न । यो कार्यक्रममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मधेस प्रदेशका तत्कालिन आर्थिक मामिलामन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवती पन्तसहित पाँच जनालाई दोषी ठहर गरेको हो । तत्कालीन आर्थिक मामिला मन्त्री यादव र प्रतिष्ठानका अध्यक्ष पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । दुई जनाले सफाइ पाएका छन् । सफाइ…

Read More

धनगढी : नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गणेश बहादुर बोहरालाई राष्ट्रिय निर्देशन समितिको सदस्यमा मनोनित गरेको छ। बझाङको केदारस्युँ गाउपालिकाका अध्यक्षसमेत रहेका बोहरा सुदूरपश्चिम प्रदेशबाट मनोनित भएका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको अध्यक्षतामा रहेको राष्ट्रिय निर्देशन समिति प्रदेश तथा स्थानीय शासन प्रणाली एवं अन्तरसरकारी सम्बन्ध सुदृढ गर्न तथा सहकारी सङ्घीयताका लाभहरू अभिवृद्धि गर्ने उद्देश्यले गठित गरिएको हो। यो समिति प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाह र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यरत छ। यस मनोनयनले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। समिति प्रदेश तथा…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाईका साथै  गितार उपहार दिएका हुन् । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।

Read More

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको भनाई छ ।  कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

Read More

धनगढी : कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको जानकारी दिए । उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो । गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

Read More