Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन् । मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन् । उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको बताउँदै आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको टिप्पणी गरे । उनले सो अन्तर्वार्तामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना पनि गरेका छन् । अहिले आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरिएको उनको आरोप छ ।

Read More

काठमाडौ : निर्वाचन सम्पन्न भएको दुई वर्षपछि तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना हुने भएको छ । उच्च अदालत पोखराले पुनः मतगणनाको आदेश दिएको हो । उक्त निर्वाचनमा जोशी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेसँग पराजित भएका थिए । त्यसपछि उनले अदालतमा रिट दायर गरेका थिए । अदालतले निवेदकको दाबी पुग्ने भन्दै पक्षमा अन्तिम फैसला गरेको छ । मतगणनामा धाँधली भएको दाबीसहित जोशीले २०७९ साल १२ जेठमा हालेको रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ, निर्वाचन आयोग र निर्वाचित नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई विपक्षी बनाएका थिए ।  निवेदक जोशीले कतिपय मतदान केन्द्रमा घोषणा गरिएको भन्दा बढी मतगणना भएको र…

Read More

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मोटरसाईकलले पैदलयात्री कैलालीको गौरीगंगा नगरपालिका १ का लालबहादुर बोहराको छोरा अन्दाजी ९ वर्षीय युबराज बोहरालाई ठक्कर दिँदा मृत्यु भएको हो। गौरीगंगा नगरपालिका १ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो उनलाइ ठक्कर दिएको हो । गम्भिर घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा  जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो। जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।

Read More

दाङ : पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

Read More

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका सईलाई बरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ । बढुवा सुचिको पहिलो नम्बरमा डम्बर बहादुर थापा छन् । cn_695Download

Read More

काठमाडौं : काठमाडौं र ललितपुरबाट सोमबार जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। काठमाडौंबाट आठ र ललितपुरबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौंको बत्तीसपुतलीमा जुवातास खेलिरहेको अवस्थामा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ४० वर्षीय उमेश सुनुवारसहित आठजना पक्राउ परेका हुन्। सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एक महिलासहित ८ जनालाई नगद दुई लाख ५२ हजार ५७५ रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरिएको गौशाला प्रहरी वृतले जनाएको छ। वृतका अनुसार पक्राउ पर्नेमा सुनुवारसहित, वङ्शराज नदाप, भुवन खड्का, मनोज कुमार शाह, अनिल भारती, रामचन्द्र केसी र लक्ष्मी पुन मगर रहेका छन्।…

Read More

धनगढी : अमेरिकाको टेक्ससको युनिभर्सिटी अफ नर्थ टेक्ससद्धारा सुदूर पश्चिमका दुईजना पिएचडी उपाधीबाट सम्मानित भएका छन् । युनिभर्सिटी अफ नर्थ टेक्ससद्वारा आईतबार आयोजना गरिएको दिक्षान्त समारोहमा डोटीको शिखर नगरपालिकाका भोजबहादुर बलायर र आदर्श गाउँ पालिकाका पृथ्बीदेब अवस्थीलाई पिएचडी उपाधीद्धारा सम्मानित गरिएको हो । बलायरले शिक्षा मनोबिज्ञान विषयमा र अवस्थीले निमार्ण विज्ञान विषयमा बिद्या बारिधी तहको अध्ययन अनुसन्धान सम्पन्न गरेका थिए । । शिक्षा मनोबिज्ञानमा बिद्या बारिधी सम्पन्न गरेका भोजबहादुर बलायरले बिगतमा नेपाल सरकारका शिक्षा उप सचिब भई सेवा गरेका थिए । सन २००९ देखि अमेरिका बस्दै आएका बलायरले यहाँ नेपाली भाषा,सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानमा उल्लेखनीय योगदान पुर्याउदै आएका छन् ।…

Read More

बझाङः बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको तल्कोट गाउँपालिका–१ चौरमा आज (मंगलवार) बेलुका जिप दुर्घटना भएको हो। जिप नम्बर खुलेको छैन। जिप तपोवनबाट चैनपुर तर्फ आइरहेको र अहिले प्रहरी टोलि घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन् । मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १८ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन् । गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ । मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो…

Read More