Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीमा अवैध काठसहित मिनी ट्रक फेला परेको छ। धनगढी उपमहानगरपालिका-११ बेला भन्ने ठाउँमा १०७ वटा सालको कडीसहित से१ ख १६२० नम्बरको मिनीट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। उनका अनुसार अहिले उक्त ट्रकबारे अनुसन्धान जारी छ। यस्तै स्रोतका अनुसार सो गाडी डोटीको बडिकेदार गाउँपालिका २ स्थित संगालो कृषि सहकारीको भएको बताइएको छ। उक्त गाडी प्रधानमन्त्री स्वरोजगार एवं कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत अनुदानमा आएको थियो। सो गाडी डोटीका पदमसिंह बोहराले पनि चलाउने गर्दथे। त्यसपछि बिनोद मौनी र चन्द्र बोहराले सो गाडी चलाउथे। सो गाडी डोटीबाट काठ तस्करी गर्दै धनगढी पुगेको खुलेको छ।

Read More

धनगढी: अछामको वैद्यनाथ धाममा आगलागी भएको छ। आज (शनिबार) वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञको हवनकुण्डमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर कुण्डमा आगलागी भई जलेर खरानी भएको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार अन्य क्षती भएको छैन। अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ। १ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो। फागुन १० गतेदेखि सुरु भएको कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ। सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।

Read More

धनगढी: बाजुरामा पालिकाभित्रै कर्मचारीको लफडा भएको छ। हिजो (शुक्रवार) जिल्लाको बडिमालिका नगरपालिकामा लफडा भएको हो। स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ। कुटाकुटपछि दुबैलाई चोट लागेको छ। सुर्यबंसी भने अस्पतालमा उपचाररत छन्। यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिममा काजमा खटिएका चिकित्सक क्रमशः खेदिने क्रम जारी छ। केही महिना अगाडि बझाङ अस्पताल र अछाम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिरहेका २ चिकित्सकको काज फिर्ता भएर खेदिएका थिए। सो समयमा राजनीति र मेडिकल एवं निजी अस्पतालका माफियाको सक्रियतामा उनीहरुको काज फिर्ता गराइएको बताइएको थियो। जबकी उनीहरूले पहाडी दुर्गममा बसेर विशेषज्ञ सेवा प्रदान गर्दै आएका थिए। अहिले ती संघ अन्तरगत दरबन्दी भएका चिकित्सक काज फिर्ता भएर स्वास्थ्य मन्त्रालय गैसकेका छन्। यसै क्रममा अहिले पुनः एकपटक अर्का चिकित्सकको काज फिर्ता प्रकरण सतहमा आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल कार्यरत डा. सुरेन्द्र बस्नेतको काज फिर्ता गराइएको बुझिएको छ। बस्नेतले माघ १८…

Read More

महेन्द्रनगर: नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनका लागि आज शनिबार सबै वडामा प्रतिनिधि छनोट हुँदैछन् । जिल्ला कमिटी बैठकले तय गरेको मापदण्डअनुसार ९२ वटै वडाबाट खुला, महिला, युवा र आदिवासी जनजाति तथा पालिकास्तरबाट दलित प्रतिनिधि छनोट गरिने जिल्ला सचिव तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक पल्लबराज भट्टले जानकारी दिए । शनिबार भूगोलबाट प्रतिनिधि छनोट भएपछि जनसंगठनबाट प्रतिनिधि छनोट गरिने छन् । जिल्ला अधिवेशनमा झण्डै ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । अधिवेशनबाट जिल्ला पार्टीको नयाँ नेतृत्व चयन हुनेछ । नेकपा एमाले कञ्चनपुरले चैत १ र २ गते महेन्द्रनगरमा जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनको उद्घाटनका लागि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री…

Read More

धनगढी : सत्ता गठबन्धन धर्मराउने चर्चा चलिरहेका बेला सुदूरपश्चिममा पनि गठबन्धन खटपट देखिएको छ। सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले नै सरकारको प्रतिनिधित्व गरिरहेको दल नेपाली काँग्रेसविरुद्ध मोर्चाबन्दी सुरु भएको छ। जसअनुरुप गठबन्धन दलहरु नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तयारी थालेका हुन्। तयारीमात्र होइन, भोलि धनगढीमा काँग्रेसबाहेकका गठबन्धन दलको गोप्य बैठक बसेर अब सरकार र सरकार प्रमुखसँग निर्णायक वार्ता गर्ने बताइएको छ। स्रोतका अनुसार भोलि अनौपचारिक बैठक बसेर सो निर्णय हुने छ। यसैक्रममा आजै सत्तारुढ दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सांसद ओमविक्रम भाट (सरलले) सरकारले सरकारको समिक्षा गर्ने बेला आएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा…

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा फरार प्रतिवादीहरु पक्राउ क्रमलाई तिव्रता दिईएको छ । दुवै जिल्लामा नयाँ एसपीहरु आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । न्युन सजाय भएका तथा लामो समयदेखी फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थप ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यस अघि विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको थियो । यस्तै कञ्चनपुरमा प्रहरीलेपनि शुक्रबार मात्रै १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ । कैलालीमा पक्राउ परेका फरार प्रतिवादीहरु १.…

Read More

काठमाडौं : नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् । प्रहरीका अनुसार तामाङसहित अर्का एक युवाले दरबारमार्गस्थित एक क्लबमा काम गर्ने युवतीलाई माघ २० गते काठमाडौंको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको हो । पीडित युवतीको उजुरीको आधारमा तामाङ पक्राउ परेका हुन् । अर्का एक युवा फरार छन् । तामाङ क्बलकै युवतीहरूलाई राति घर पुर्‍याउने ट्याक्सी चालक हुन् । आफ्नै ट्याक्सीमा लिएका तामाङले मदिराले लठ्ठिएकी युवतीलाई होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ । उनीमाथि बलात्कार मुद्दामा प्रहरी वृत्त बानेश्वरले अनुसन्धान…

Read More

काठमाडौं : देशका ठूला राजनीतिक दलका प्रमुखहरू चितवन आउने भएपछि त्यहाँका सहकारी पीडितहरू बिहानैदेखि दौडधुपमा थिए। उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भरतपुरको एक होटलमा पुगेर आफ्ना समस्याहरू सुनाए। समस्याहरू लेखिएको ध्यानाकर्षणपत्र बुझाए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसामु पनि समस्याहरू राखे। शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमार्फत चितवन आउने कार्यक्रम तय थियो। उनीहरू ओलीलाई भेट्न केही घण्टा विमानस्थलम कुरे। हेलिकप्टरबाट ओर्लिए लगत्तै ओलीलाई पत्र बुझाउँदै साहारा चितवन पीडित संघर्ष समितिका अध्यक्ष शालिग्राम दुवाडीले समस्या सुनाउन थाले। ‘हामीलाई जिबी राईले बर्बादै बनायो। हामी धेरैको पैसा डुबाएर भागेको छ।’ ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संकेत…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रदेश सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कागजस्तो भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पतिक्रिया व्यक्त गर्दै सरकारले जनताको पक्षमा काम नसकेको भन्दै सरकारबारे गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताएका हुन। सरलले गठबन्धन भित्र छलफल गरेर उपयुक्त र सहि समाधान निकाल्न नसके र सरकार तयार नभए सरकारबारे गम्भीरतापूर्वक सोच्न बाध्य हुने समेत लेखेका छन् । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ । यो एक बर्ष सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कगजस्तो भौतारिरहेको छर्लङ्ग छ । त्यसकारण सरकारबारे गम्भीर समिक्षा आजको आवस्यकता हो…

Read More