Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् । उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ । कांग्रेसले मुद्दा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी उपमहानगरपालिका–१४ को बी गाउँबाट सुपप्र०१००१०प१९३५ नम्बरको चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भजनी नगरपालिका–२ बस्ने २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी रहेका छन् । उनीहरुले प्रयोग गर्दै आएको सुपप्र ०१००९ प ९९३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सत्ता समीकरण एवं गठबन्धनबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बाहिरिने चर्चा सुरु भएको छ। चर्चामात्र होइन, नेकपा एसकै केन्द्रीय नेताहरूले गठबन्धन छोड्ने तयारी भैसकेको बताएका छन्। नेकपा एसका एक केन्द्रीय सदस्यले आफूहरु सत्ता गठबन्धनबाट बाहिरिने मुडमा रहेको बताए। उनका अनुसार सोही अनुरुप पार्टीभित्र थप छलफल चलिरहेको छ। उसो त उपेन्द्र यादवको तत्कालीन जसपा नेपाल फुटेपछि नेकपा एस बाहिर रहँदा पनि प्रचण्ड सरकारलाई बहुमत पुग्छ। पार्टी फुटसँगै उपेन्द्र यादवले भने सरकार छाडिसकेका छन्। उनीसँगै माधव नेपालले पनि सरकार छोड्ने तयारी गरेका हुन्। केन्द्रमा एमाले, माओवादी, रास्वपा, फुटेको जसपा र नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ। यसैक्रममा सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक जेठ ३ गते बिहान सवा १० बजेका लागि आह्वान गरिएको हो । यस बैठकबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरिएको छ । विश्वासको मतको लागि बोलाइएको यो तेस्रो पटक हो । यसअघि बैशाख २१ र २२ गते पनि प्रदेश सभा बैठक बोलाइएको भएपनि बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यस अघिका बैठक स्थगित गरिएको थियो । सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०स् १५ बजे…

Read More

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गर्ने बताएका छन्। नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए। ‘पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।’ सूचना प्रविधिको…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रो पटक विश्वासको मत लिने तयारी थालेका छन् । अहिले सम्म प्रदेश सभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन। तर, मुख्यमन्त्री सोडारी भने पहिलो र दोस्रो प्रयासमा विश्वासको मत नपाउने देखेपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए । विश्वासको मत लिनकै लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल र परामर्श नगरी विश्वासको मत नदिने बताएपछि…

Read More

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिएसँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि उक्त पार्टीलाई सरकार छाड्न दबाब परेको थियो । विभाजन पछि बनेको नयाँ दल जसपाले भने सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसबारे आज बस्ने केन्द्रीय कार्यकारीणी समितिको बैठकले थप निर्णय लिने बताइएको छ । उता एमाले र माओवादी केन्द्रले मधेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट चरेश र खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश, २१ वर्षीय दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन र २७ वर्षीय कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईनसहित तिनै जनालाई आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

Read More

धनगढी : कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनखेत स्थित शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडमा जुवातास खेलिरहेको अबस्थामा सञ्चालक भट्टसहित ६ जना पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फास्ट फुडमा चेकजाँच गर्दा नगद ६१ हजार २ सय र १ गड्डी ताससहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै  दलका सांसदले विश्वासको मत दिने देखिएको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।  यसैबिच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ । औपचारिक निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको…

Read More