Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रहरीको साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। साइबर ब्यूरोमा कार्यरत हुँदा सुवेदीले मुद्दा मिलाइदिन्छु भन्दै ९९ हजार घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। सुवेदीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।

Read More

काठमाडौं: उपत्यका ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले ट्राफिक प्रभागहरुको निरीक्षण तथा अनुगमन गरेका छन्। बोहराले बिहीबार ट्राफिक प्रहरी प्रभाग गौशाला तथा ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा निरीक्षण गरेका हुन्। सो क्रममा उनले मातहत कर्मचारीलाई निर्देशन पनि दिएका थिए। निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गरे।

Read More

काठमाडौं: नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी जाने भएका छन्। धनगढीमा शुक्रबार र शनिवार आयोजना हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी जान लागेका हुन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले भदौ २८ गते बिहान साढे ११ बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। उनले धनगढीस्थित ओम पार्टी प्यालेसमा प्रतिक्षण कार्यक्रम हुने बताएका छन्।

Read More

काठमाडाैं: टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन्। हिजो(बुधबार) झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै हिजो नै जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँमा एक किशोरीको शव फेला परेको छ। महाकाली नदी किनारमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाई छ।

Read More

काठमाडौं: काठमाडौंमा प्रहरी कार्यालयभित्रै बर्दीधारी प्रहरीले जुवा खेलेको विषय बाहिरिएको छ। काठमाडौं महानरपालिका ३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित ३ जना प्रहरीले जुवा खेलिरहेको विषय सार्वजनिक भएको हो। सो विषय सार्वजनिक भएपछि अहिले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वर तानिएको छ। अहिले उनीहरुलाई तानेर उनीहरूको स्थानमा नयाँ टोली पठाइएको डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। स्रोतका अनुसार थापासहितको टोली आफ्नो डिउटी समयलाई छलेर कार्यालयमै जुवातास खेलिरहेको अवस्थामा गत शनिबार फेला परेका थिए।

Read More

काठमाडौं: नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायालयप्रति आभारी रहेको बताएका हुन्। उनले आफूविरुद्ध कपोकल्पित घटना बनाएर परिचालित पात्रले मुद्दा दायर गरेकोमा न्यायालयले न्यायिक निर्णय गरेको जनाए। यस्तै उनले आफ्नो राजनैनिक तथा सामाजिक जीवन सकाउने खोज्नेहरुलाई अदालतको निर्णयले पराजित गराइदिएको पनि बताएका छन्। आजमात्रै उनीविरुद्धको मुद्दा अदालतले खारेज गरिदिएको थियो। बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो। न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले सो मुद्दा खारेज गर्ने निर्णय गरेको हो। एमाले नेता बस्नेतविरुद्ध पाठकले बलात्कार, भ्रुण…

Read More

काठमाडौं: नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतविरुद्धको मुद्दा खारेज गरिदिएको छ। बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो। यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दा पनि खारेज भएपछि ती महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए। एमाले नेता बस्नेतविरुद्ध ति महिलाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन्। ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दु:ख दिएको…

Read More

काठमाडौं: घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरिएको छ।  उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगको बुटवलबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा रुपन्देहीको भगवानपुर नाका हुँदै भारतबाट भन्सार छलीका घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी उनले सेवाग्राहीसँग घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ।  अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दायर…

Read More

काठमाडौं: ६० किलो सुन तस्करी प्रकरणमा ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले छायाँ सेन्टरमा रहेको क्यासिनोका सञ्चालकलाई मंगलबार पक्राउ गरेको हो। फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो। मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो।

Read More

धनगढी: नेपाल प्रहरीका ३ डीआईजीको सरुवा भएको छ। आज (बुधबार) गृह मन्त्रालयले प्रहरीका ३ डीआईजीको सरुवा गरेको हो। डीआईजीत्रयको सरुवा भएको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। जसमा डीआईजी लालमणी आचार्यलाई मधेस प्रदेश पठाइएको छ। आचार्य, भरतपुर तालिम केन्द्रमा कार्यरत थिए। यस्तै डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुरस्थित प्रहरीको शिक्षालय र मधेशका डीआईजी यज्ञविनोद पोखरेललाई हेडक्वार्टर तानिएको छ।  पोखरेललाई अहिले प्रदेश समन्वय विभागमा सरुवा गरिएको हो। यस अगाडि उनीमाथि तराईका तस्कर र बिचौलियाबाट अनुचित लाभ लिएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो। उनले खटाएका घुमुवालाई समेत झिकाएर प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरेको थियो। अब…

Read More