Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–७ को ठुलीखाली जंगलमा बुङ्गल नगरपालिका–१० डौडकी ४५ वर्षीय प्रमा बागको रुखबाट लडेर मृत्यु भएको हो। उनको बिहिवार दिउँसो घटना स्थलमा नै मृत्यु भएको बझाङ प्रहरीका सूचना अधिकारी व्यापक चन्द्र शाहले बताए। स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी देउलेखबाट प्रहरी हल्दार बासुदेव तेलीसहितका तीन जनाको टोली घटना स्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय, बझाङबाट प्रहरी निरीक्षक व्यापक चन्द शाहसहितको टोलीसमेत घटनास्थल तिर गएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी : कैलालीको अत्तरियाबाट यौन धन्दामा संलग्न होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरियाको बदनाम गल्लीस्थित डोटी दिपायल होटलबाट प्रहरीले यौन धन्दामा संलग्न दुई युवक र एक युवतीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई यौन धन्दामा सक्रिय रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा रहेको एक मदिरा फ्याक्ट्रीमा आगलागी भएको छ।  जिल्लाको बेलौरी नगरपालिका–१० मा रहेको अमृत डिस्लरी मदिरा फ्याक्ट्रीमा बुधवार राति विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै कञ्चनपुरमा गएराती एक कपास उद्योेगमा पनि आगलागी भएको थियो।

Read More

धनगढी : सेती प्रादेशिक अस्पतालले सार्वजनिक बिदाको दिनपनी सेवा प्रवाह गर्ने भएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेका सबै सार्वजनिक बिदाका दिनमा अबदेखि स्वास्थ्य सेवा दिने भएको हो । आज जेठ ९ गते बुद्ध जयन्तीको बिदाको दिनबाट सेवा दिन सुरु गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले जानकारी दिए । उनले अब नियमित रुपमा सार्वजनिक बिदाहरुमा पनि अस्पतालले सेवा दिने बताए । आज बिहीबार झण्डै दुई हजार बढी बिरामीले सेवा लिएका छन् ।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीले बताए । ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने ‘अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा ?’, बिहीबार झापामा एक सडक…

Read More

धनगढी: सुदूरपश्चिमस्थित डडेल्धुरा घर भएका नेपाली सेनाका मेजर गजेन्द्र देउवाले सगरमाथा आरोहण गरेका छन्। नेपाली सेनाको मुस्ताङस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा दरबन्दी भएका देउवाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्। उनले एकल रुपमा सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्न सफल भएको बताए। उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका- २ घर भएका देउवाले जेठ ८ गते बिहान ९ः२५ मा सगरमाथाको चुचुरोमा टेकेका थिए। उनले बैशाख २७ गतेदेखि आरोहणको तयारी थालेकोमा जेठ ५ गते आरोहण सुरु गरी जेठ ८ मा आरोहण भ्याएका थिए। आफू हिजोमात्रै बेसक्याम्पमा फर्केको र अहिले पनि सगरमाथा क्षेत्रमै रहेको उनको भनाई छ।

Read More

काठमाडौं : नेपाली सेनाका डेढ दर्जन प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) तितरबितर भएका छन्। १८ जना प्रमुख सेनानीसहित १८२ जना सैनिक अधिकृतको सरुवा तथा काज नियुक्ति गरिएको छ। सैनिक सचिव सहायक रथी ज्योतिन्द्र महतद्धारा जारी पत्रमा गत जेठ ८ गतेबाट लागू हुनेगरी सैनिक अधिकृतको सरुवा तथा काज नियुक्ति गरिएको उल्लेख छ। प्रमुख सेनानी रितबहादुर रानाभाटलाई काजमा सैनिक सचिव विभागमा खटाइएको छ। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका प्रमुख सेनानी सुवेश कायस्थलाई पूर्वी पृतना हेडक्वार्टर, नम्बर २१ बाहिनी अड्डाका जयराम थापालाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगिएको छ। त्यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाका पारसविक्रम शाह नम्बर ६ बाहिनी अड्डा, मध्यपश्चिम पृतना हेडक्वार्टरका…

Read More

काठमाडौं : नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ। जाजरकोटका शाहीसँग अस्ट्रेलियाको स्थायी बसोवास अनुमति अथवा परमानेन्ट रेसिडेन्सी (पीआर) रहेकोभन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो। पीआर भएको मात्रै नभएर अन्य योग्य प्रतिस्पर्धीलाई छोडेर उनलाई शक्तिकै आडमा नियुक्त गरेको आरोपसमेत लागेको छ। उनीविरुद्ध ८ गतेका दिन अख्तियारमा उजुरी परेको बताइएको छ। गत फागुन १४ मा कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै आवेदन माग गरेको थियो। सीईओ पदकालागि लिखित परिक्षामा ६ जना सहभागी भएको बताइएको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि शाहीलाई नियुक्त गरिएको थियो। शाहीलाई केही दिनअघि वैशाख ३१ गते मात्रै सीईओमा नियुक्त…

Read More

धनगढी : बझाङमा हेलिकोप्टर मार्फत एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको साईपाल गाउँपालिका–४ धुलीकी २६ वर्षीया सुपारी कुमारी बोहराको आज (बिहीवार) हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार ३४ हप्ताको बच्चा पेटमा रहेकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । उनलाई सुत्केरी हुनु अगावै अत्यधिक रक्तस्राव भएको छ। जिल्ला अस्पताल बझाङमा यस्ता समस्याले जिल्लामा ३र४ जना महिलाको ज्यान गएकाले सिधै सुर्खेत पठाइएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत गर्भवतीको उद्धार गरिएको हो ।

Read More

काठमाडौं : हालै बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) भीमप्रसाद ढकाल हाल प्रहरी प्रधान कार्यालय मातहतको मानवस्रोत विभागको प्रमुखको जिम्मेवारीमा छन्। एआइजी ढकालको २८ वैशाखमा बढुवा भएकोमा ३ जेठमा उनले विभागको जिम्मेवारी सम्हालेका थिए। प्रहरीको महत्त्वपूर्ण मानिने उक्त विभागको जिम्मेवारी कुशलतापूर्वक निभाउने ढकालको दाबी छ। एआइजी ढकाल प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन्। त्यसका साथै उनी कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिन्छन्। रोचक कुरा त के छ भने उनका भाइ पनि प्रहरी सेवामै छन्। तीन भाईमध्येका जेठा ढकाल हुन् भने सबैभन्दा कान्छा प्रभु ढकाल हाल नेपाल प्रहरीको एसपी छन्। उनी अहिले इलाम जिल्ला प्रहरी कार्यालयको प्रमुखको…

Read More