Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी बलको बारा,बरेनियास्थित बोर्डर आउटपोस्टमा आगलागी हुँदा हतियार नष्ट भएको छ । भारतीय सीमाना नजिकै भाडाको घरमा भएको आगलागीमा मानवीय क्षति भने हुन पाएन । सशस्त्र स्रोतका अनुसार आगलागीमा ६ थान एसएलआर जलेको छ । टिनको छानो भएको उक्त घरमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हिजो साँझको आगलागीमा त्यहाँ तैनाथ कर्मचारीका सबै कपडा, खाद्यान्न पनि जलेको छ।

Read More

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा/रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो । यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिए । कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका…

Read More

कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन्।  जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ। प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ। माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ।

Read More

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका ६ “ङ” गाउँ मनकामना टोलस्थित सडक खण्डबाट १९० मिलिग्राम खैरो हेरोइनसहित कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्टलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र शसस्त्र प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडाैं : रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ। रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ। मंसिरमा भारत हुँदै रुसी सेनामा भर्ना भएका उनको मृत्यु भएको उनीसँगै रहेका साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो। मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए। घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए। परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ। योसँगै रुसी…

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकास्थित शैलेश्वरी खोलामा निर्माण भएको ट्रस पुल उद्धाटन गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ मा रहेको सल्लागाउँस्थित शैलेश्वरी खोलामा निर्माण भएको पुलको उद्धाटन गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले पुलको सयुक्त रुपमा रिवन काटेर पुलको उद्धाटन गरेका छन। पुलको उद्धाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने पुलले आवतजावतमा निकै सहजता हुने अपेक्षा गरे। अमरगढी नगरपालिकाका मेयर जोशीले पुल निर्माण भएपछि अमरगढी नगरपालिका वडा नम्बर ७ संगै नवदुर्गा गाउँपालिकाका बासिन्दालाई पनि आउजाग गर्न सहज हुने बताए। ३७ लाखमा पुल निर्माणको कार्य सम्पन्न भएको अमरगढी…

Read More

काठमाडौं- आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। खेलम नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।  आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

Read More

काठमाडौं : कोरियामा बस्दै आएका एक युवकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ परेका छन्। वीरगन्ज, पोखरिया शाखामा कार्यरत ३१ वर्षीय ओझा बैंकका कनिष्ट सहायक हुन्। ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकअनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी होबीन्द्र बोगटीले बताए ।  लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाएका थिए । त्यसका लागि उनले कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन्। उनले नागरिकताको फोटोकपीलगायत कागज बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाएका थिए।  सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर…

Read More

धनगढी : भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ। धनगढीबाट पलिया जाने क्रममा दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर धनगढी उपमहानगरपालिका – १९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका – १९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते भएका छन्। चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको पलियामा उपचार भइरहेको छ। हिजो धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो। भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले…

Read More

कञ्चनपुर : कञ्चनपुरमा विभिन्न प्रकारका लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ खुल्ला मञ्च कम्पाउण्ड भित्रबाट प्रतिबन्धित लागूऔषध बुपरनेशन इन्जेक्सन आइपी २ एमएल एम्पुल–१० थान, फेनारगन एम्पुल–१० थान, लाइफलाइन सिरिन्ज ३ एमएल ५ थान, ५ एमएल १८ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय रमेश दमाईलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More