Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको गोदावरीमा शव फेला परेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटीया नदीमा बिहीबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ५५ वर्षीय रामबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठीक नभएका नेपाली बुधबारदेखि हराएका थिए । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । नेपालीको मृत्युको कारण भने खुलेको छैन ।

Read More

धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा नयाँ सचिव आएका छन्। तत्कालीन सचिव ज्ञानप्रसाद ढकालको सरुवा भएपछि नयाँ सचिवको रुपमा चक्र पाणि पाण्डे आएका छन्। यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि नयाँ सचिवको रुपमा कमान सिंह खत्री आएका छन् भने लोकसेवा आयोगको सचिवमा पुष्कर न्यौपाने आएका छन्।

Read More

धनगढी: नेपाल र भारतसँग सीमानाका जोडिएको भारतीय बजारमा एकजनाको दिनदहाडै गोली हानेर हत्या गरिएको छ। नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा एकजनाको गोली हानी हत्या भएको हो। आज (बिहीबार) नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरिएको छ। बाबा तरसेम सिंहलाई दुईजनाले गोली हानेर हत्या गरेका थिए। अहिले मृतकको शव डेरामै ल्याइएको छ भने डेरामा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि पुगेका छन्। यस्तै हत्याराको पहिचान भैसकेको वरिष्ठ भाजपा नेता भवानीसिंह भण्डारीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार हत्यारा पन्जाव र विलाशपुरका भएको…

Read More

धनगढी: कैलालीको कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव भेटिएको छ। चैत्र १२ गते चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लम्की चिसापानीका ३२ वर्षीय लोकेन्द्र शाहीको शव भेटिएको हो। उनको आज (बिहीवार) टीकापुर नगरपालिकास्थित वडा नम्बर २ को नदी क्षेत्रमा शव फेला परेको कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले बताए। उनका अनुसार मृतकको शव सन्कट्टी घाटमा फेला परेको हो। मृतकले होली पर्वको दिन नदीमा हाम फालेका थिए। उनीसंगै अन्य १६ जनाले पनि कर्णाली पुल माथिबाट हाम फालेका थिए। तर उनीहरू सकुशल बाहिर निस्किएका थिए। बेपत्ता भएकालाई खाेज्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे गाेताखाेर खटिएको थियाे।

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई आत्महत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन्। डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई गोप्य अंग देखाउन लगाएको तथा सोही क्रममा स्क्रीन सटगरी सामाजिक सञ्जालको ग्रुपमा शेयर गरी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ। सोबारे प्रहरीलाई सबै जानकारी दिइसकिएको आफन्त समेत रहेका निवर्तमान वडा अध्यक्ष दलबहादुर महराले बताए। सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन्। उक्त तस्बिर सहितका विवरणहरु समेत प्रहरीलाई बुझाइएको छ। किशोरीको कोठामा ‘सूसाइड नोट’ पनि फेला परेको छ। उक्त नोटमा आत्महत्याको बाटो रोज्नुको कारण खुलाएकी छैनन्।  सूसाइड नोटमा परिवार र…

Read More

काठमाडौं: एमाले नेता तथा पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुको चालमा समस्या देखिएको छ। मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएराति भर्ना गरिएको छ। चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको बताइएको छ। रायमाझीलाई रिँगटासँगै मुटुको चाल कम भएपछि भर्ना गरिएको थियो। आज रातिसम्म उनको मुटुको चालको अध्ययन गरेपछि चिकित्सकहरुले थप उपचारको बारेमा बताउनेछन्। नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका रायमाझीलाई प्रहरी सुरक्षामा अस्पताल लगिएको हो। यस्तै उता नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको पनि शल्यक्रिया भएको छ। हिजो बुधबार भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पताल, सकेटमा उनको हाइपरथाइरोडिजम(घाँटीमा रहेकाे थाइरोइड ग्रंथी) को शल्यक्रिया भएको…

Read More

धनगढी: नेपाल प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती उर्फ रक्षा बम निलम्बनमा परेकी छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले धनगढी घर भएकी बम निलम्बनमा परेको जानकारी दिए। ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर क. रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ।’ बमलाई महाराजगञ्ज प्रहरीले बुधबार पक्राउ गरेको थियो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बमविरुद्ध आपराधिक लाभ लिएको र चोरीको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई मुद्दा हाल्ने…

Read More

धनगढी : कैलालीको धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै होल्ड भएर भैरहवामा अवतरण गरिएको छ। आज बिहान ७:१२ बजे उडेको जहाज मौसममा खराबीका कारण काठमाडौंको आकाशमा २ घण्टा २२ मिनेट होल्ड भएको थियो। त्यसपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ। उक्त जहाजमा ८० सिट क्षमता रहेकोमा दुई बच्चासहित ७७ जना यात्रु थिए। श्री एयरका अनुसार काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड भएको थियो। सो क्रममा यात्रु त्रसित बनेका थिए।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको बैठकले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय दुई मन्त्रीको जिम्मेवारी दिने भएको छ । मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका सबै मन्त्रीसँग छलफल गरि बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने भएका हुन् । विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास र खुसीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइनेछ । मुख्यमन्त्री शाहले जिम्मेवारी तोकेपछि बिहीबार नै उनीहरू सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् । यो सँगै नाउपाबाट सरकारमा सहभागी भएका पाँचै जनाले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता…

Read More

गुल्मी, चैत १४ गते । गुल्मीको मालिका गाउँपालिकाले भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को स्वीकृत कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्न लागेको हो । गाउँपालिकाको वडा ८ कार्यालयले एक सूचना जारी गर्दै सुत्केरी भत्ता प्राप्त गर्न चाहने पशुपालक कृषकसँग निवेदन माग गरेको छ । यहाँका वडा अध्यक्ष सूर्यबहादुर घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा चालु आर्थिक वर्षको साउनदेखि ब्याएका भैंसीपालक कृषकलाई सो भत्ता प्रदान गरिने बताएको छ ।सुत्केरी भत्ता लिन चाहने कृषकले निवेदन, वडा कार्यालयको सिफारिस, भैँसीधनीको चेकको फोटोकपी, नागरिकताको प्रतिलिपि, सुत्केरी भैँसीसँगै खिचिएको फोटोलगायतका आवश्यक कागजात पेस गर्नुपर्ने छ ।त्यस्तै, कृषकको घरमा…

Read More