Author: महेन्द्रनगर पोष्ट

धनगढी : आइतबार दार्चुलाकी २० वर्षीया प्रमिला धामी  मृत फेला परिन्।  उनी महेन्द्रनगरको कटानस्थित भीमदत्त नगरपालिका–१८ को सभाहलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। आइतबार सभाहलमा बिहानै योग-ध्यान गर्नेहरूले सभाहलको ढोका खोलेर भित्र बस्दा उनीहरूले महिला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महराकी पत्नी हुन्। प्रेम सम्बन्धपछि ५/६ महिनाअघि मात्र उनीहरूले बिहे गरेका थिए। प्रमिला वडा कार्यालयमा ओजीटीमा रहेका बेला नगर प्रहरी महरासँग प्रेममा परेकी थिइन्। यसपछि बिहे गरेको केही महिनामै प्रमिलाले प्राण त्यागेकी हुन्। नगर प्रहरीलाई वडा कार्यालयमा बसोबासका लागि ‘क्वाटर’ दिइएको छ। नगर प्रहरी महरा श्रीमतीसहित वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए। वडा कार्यालयको रेखदेखको…

Read More

धनगढी : नेपाल प्रहरीमा १० प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) र ३ प्रहरी उपरीक्षक (एसपी) अर्लि रिटायरको सूचीमा देखिएका छन्। प्रहरीको किताबखाना स्रोतका अनुसार १० एसएसपी र ३ एसपी अर्लि रिटायरको सूचीमा देखिन्छन्। उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एसएसपी जीवनकुमार श्रेष्ठ (क), दिल्लीराज बिष्ट, रेवती ढकाल, किसनसिंह थापा र बेलबहादुर पाण्डे रहेका छन्। यस्तै एसएसपी दिनेशराज मैनाली, रबिकुमार पाैडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन्। एसपीमा भने हिराबहादुर पाण्डेय, रवीन्द्र रेग्मी र कृष्ण प्रसाईं रहेका छन्। यी सबै २०८१ मा अवकाशमा जाने बताइएको छ। उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको…

Read More

काठमाडौं: परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता एनपी साउदलाई गुट फेरेको आरोप लागेको छ। हालै गोदावरीमा सम्पन्न पार्टीको महासमिति बैठकपछि साउदलाई उक्त आरोप लागेको हो। पत्नी जोत्सना अधिकारीका कारण एनपीले गुट फेर्नेदेखि महासमिति बैठक छल्नेसम्मको क्रियाकलाप गरेको चर्चा छ। एकताका आफूलाई काँग्रेस सभापती शेरबहादुर देउवाको विश्वासपात्र बताउने एनपीले अस्तिको महासमिति बैठकमा पनि देउवालाई साथ नदिएको बताइन्छ। गोदावरीमा महासमिति बैठक बसेर सभापति देउवालाई महामन्त्रीसहितका नेताहरुले घेराबन्दी गरिरहेका बेला एनपी भने श्रीमती, छोराछोरीसहित सासु र सालीसमेतको टोली लिएर भारत लागेका थिए। भारतको दिल्ली हुँदै एनपीको टोली अयोध्यासम्म पुगेको थियो। अयोध्यामा एनपी टोलीले सामूहिक दर्शन तथा आराधना गरेर सडकमार्गमार्फत फिर्ता भएको पाइएको छ। महासमिति…

Read More

कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएका छन्। ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको हो। नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको थियो। बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे तेजबहादुर चन्दले सेटिङमा उक्त ठेक्का हत्याएको कञ्चनपुरमा चर्चा छ। आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का हत्याएको बताइन्छ। भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो। तर, उक्त ठेक्का पाएपछि महाकालीमा जथाभावी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडक खण्डबाट ७७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-६ सुकासालबाट १.७२ ग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागूऔषधसहित भीमदत्त-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त-८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप…

Read More

काठमाडौँ : लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो। लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए। यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ। इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन्।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए। समितिले वडा नम्बर १ का स्थानीयहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट एकै दिन विभिन्न मुद्धामा फरार रहेका तीन जना पक्राउ परेका छन्। आइतबार खेम खुना, पृथ्वी राना र सिद्धराज जोशीलाई पक्राउ गरिएको हो। नदि उकास तथा वन क्षेत्र खनजोत गरेको आरोपमा दोषि भइ फरार रहेका खुना पक्राउ परेका हुन्। उनलाई २०८० जेष्ठ २२ गते एक हजार जरिवान तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। यस्तै लागुऔषध मुद्धामा २०६३ जेष्ठ २ गते रानालाई अदालतले एक महिना कैद र एक हजार रुपैँया जरिवाना तोकेको थियो। यस्तै बैँकिङ मुद्धामा २०८० जेष्ठ १२ गते सिद्धराज जोशीलाई दोषी ठहर गरेको थियो। उनलाई बैँकिङ मुद्धामा एक महिना कैद र एक हजार जरिवाना तोकेको थियो। जोशी…

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट आइतबार एक जना लागुऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

अछाम : अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ। जिल्लाको रामारोसन गाउँपालिका–३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा आइतबार आगलागी भएको हो। पसलमा बालेको धूपबाट एक्कासी आगो  सल्केर आगलागी भएको बताइएको छ। आगलागीबाट पसलभित्र रहेका लुगाकपडा, कस्मेटिक सामान गरि अन्दाजी ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो। 

Read More