Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको खानीडाँडामा अस्ति ट्रक र खलासीलाई कारबाही गर्न खोज्दा झडप भएको छ। प्रहरीले ओभरलोड रहेको ट्रक र सहचालक (खलासी) लाई नियन्त्रणमा लिएर जरिवाना काट्ने क्रममा विवाद भएर आपसमा झडप भएको हो। झडपका क्रममा खलासी रोशन बिष्ट अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतसहितका प्रहरीद्वारा कुटिएका हुन्। रावतले धनगढीबाट बाजुरा जाने क्रममा ओभरलोड रहेको ट्रक इन्ट्री गर्ने क्रममा विवाद भएको थियो। त्यहाँ विवादका क्रममा ट्राफिक प्रहरीसहित सादा पोसाकमा नेपाल प्रहरीको टोली थियो। खलासीले इन्ट्री नगर्न नमानेपछि विवाद भएको प्रहरीको भनाई छ। यता, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रावतले भने सो विवाद सामान्य भएको…

Read More

धनगढी : लघुवित्तका ऋणीहरु संसद भवनभित्र प्रवेश गरेर नाराबाजीमा उत्रिएपछि सिंहदरबार, बालुवाटार र बानेश्वर क्षेत्रमा सुरक्षा निगरानी बढाईएको छ । निषेधित क्षेत्र घोषणा गरिएको सो क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।  बानेश्वर क्षेत्रमा आज ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर त्यहाँ हिंड्न रोक लगाइएको छ भने प्रहरीले चेकजाँच पनि बढाएको छ । हिजो आन्दोलनकारीको एक समूह संसद बैठक चलिरहेका बेला जबर्जस्ती संसद भवनभित्र छिरेको थियो । आज पनि आन्दोलनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्नसक्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको…

Read More

धनगढी: कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। हिजो (सोमबार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्। प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। करणी गर्ने नाबालकलाई हिजै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो। यसैबीच, प्रहरीले सोधपुछका लागि भन्दै थप एकजनालाई नियन्त्रणमा लिएको छ। तर, उनको नाम गोप्य राखिएको छ। घटनास्थलमा रहेको प्रहरीले थप एकजना नियन्त्रणमा लिएर सोधपुछ भैरहेको र जाहेरी दर्ता गर्ने तयारी भैरहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए। एसपी जोशीका अनुसार, यसअघि प्रहरीले भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। पीडितका आफन्तले बिष्टको हत्याको आशंका गरेका छन्। उनको महाकाली अस्पतालमा…

Read More

काठमाडौं : नेपाल नामिबियासँग पराजित भएको छ। त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए। त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए। नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए। उनले ३३ बलमा…

Read More

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ। आज (मंगलबार)को बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो। बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए। तर, प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए। खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए। ‘सुदुरपश्चिममा यसअघि भर्खर नेतृत्व परिवर्तन…

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो। कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ। यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ। विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ। पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई छैठौं झट्का लागेको छ।  नेपालले छैठौं विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको हो। उनी ५ रन बनाएर आउट भए। नेपालले पाँचौ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो। उनी १२ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल ३२, कप्तान रोहित पाैडेल ४२आउट, आशिफ शेख ६ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन्। बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छिन्।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई चाैथो झट्का लागेको छ।  कुशल मल्ल ३२ रन बनाएर आउट भएका छन्। यसअघि नेपालका लागि ४२ रन बनाएर कप्तान रोहित पाैडेल आउट भएका थिए। यसअघि ६ रन बनाएर आशिफ शेख आउट भएका थिए। भने कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More