Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो ।नेदरल्यान्ड्सका…

Read More

धनगढी : अछामको वैद्यनाथ धाममा आगलागी भएको विषयमा आयोजक समितिले मुख खोलेको छ। हिजो (शनिबार) वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञको हवनकुण्डमा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर कुण्डमा आगलागी भई जलेर खरानी भएको महेन्द्रनगरपोष्टलाई बताएका थिए। उनका अनुसार व्यवस्थापनमा कमजोरी भएका कारण आगलागी भएको थियो। तर आयोजक समितिले भने कमजोरी स्वीकार्ने भन्दा स्वयं वैद्यनाथ बाबाले नै आगो लगाएकोजस्तो अभिव्यक्ति दिएका छन्। वैद्यनाथ कोटिहोम महायज्ञ, मुल आयोजक समितिका उपाध्यक्ष कुलबहादुर कुँवरले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले धाम र कोटिहोमको प्रचार नभएको अवस्थामा बाबा वैद्यनाथले नै आगोको झिल्को सल्काएर भाइरल बनाइदिने काम गरेको बताए।…

Read More

धनगढी : शनिबार राति ९ बजेतिर सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना मन्त्री नियुक्त भएको भन्दै बधाईको हल्ला फैलियो। रातभर बेलबहादुर मन्त्री भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा बधाई दिनेहरूको ओइरो नै लाग्यो। उनका आफन्त र कार्यकर्ताहरुबीच बधाई दिन प्रतिस्पर्धा चल्यो।बर्खाको भेलजस्तै बेलबहादुरलाई बधाईको खहरे खोला नै उर्लियो। भन्नेहरुले त उनको गाउँमा खसी नै ढालिएको पनि भनेका छन्। तर, उनलाई बधाई दिने पहिलो व्यक्ति थिए, गगनसिंह ठकुरी। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेलबहादुर यतिबेलासम्म…

Read More

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। यसैबीच, प्रहरीले किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ नै गरेको जानकारी दिएको छ। आफन्तले केही व्यक्तिको नामसहित जाहेरी दिएकोमा अहिलेसम्म २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार पक्राउ पर्नेमा स्थानीय भरत चन्द र दिपकराज जोशी रहेका छन्। यस्तै प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट कुरिरहेको र थप अनुसन्धान भैरहेको जनाएको छ। पीडितका आफन्तले बिष्टको शव फेला परेपछि हत्याको आशंका गर्दै अनुसन्धानको माग गरेका थिए। एक…

Read More

धनगढी : कैलालीको टिकापुरबाट तीन युवक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दिया राजापुर-१० बस्ने सुवास गौतम परेका छन । गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी टीकापुरको टोलीले उनलाई कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट पक्राउ गरेको हो । यस्तै कैलालीको जानकी गाउँपालिका–७ का २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ३०० मिलिग्राम लागुऔषध फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई शनिवार साँझ पक्राउ गरेको हो ।

Read More

काठमाडौं : चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ । निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आइतबारसम्ममा आफ्नो भूमिकावारे सोच्न अख्तियारले मुख्यसचिव अर्याललाई सुझाव दिएको उच्च स्रोतले बतायो । ‘बहालवाला मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश प्रवाह हुने भयो, समग्र निजामती सेवाप्रति नै नकारात्मक धारणा बन्ने भएकाले हामीले सकेसम्म आफ्नो भूमिकाबारे विचार गर्नुहोस् भनेको हो,’ अख्तियार स्रोतले भन्यो, ‘आइतबारसम्म पर्खन्छौं । नभए कुनै निर्णय गरेर अघि बढ्नुपर्ला ।’ मुख्यसचिव अर्यालमाथि नियमित निगरानी गरिरहेको अख्तियारले उनी माथिको अरु उजुरीमा पक्राउ गर्नुपर्ने अवस्था आउनसक्नेसम्मको…

Read More

धनगढी : मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो । भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार/चार, साङ्ग्ली र दिल्लीबाट तीन/तीन, पञ्जाव र पिथौरागढबाट दुई/दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन्। उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ । “खुला सीमा प्रमुख…

Read More

धनगढी : आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुने दाबी गरिएको छ। भोलि अर्थात पर्सीभित्र मन्त्रीमण्डल विस्तार हुने भनिएको हो। जसअनुसार प्रदेश सभा सदस्य बेलबहादुर रानामगरले आफू मन्त्री बन्ने छन्। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य रानामगरलाई प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति भएसँगै मन्त्रीमण्डल विस्तार हुने भएको बताइएको छ। रानामगरले आफू अहिले काठमाडौंमा रहेको र पर्सीसम्ममा सपथ हुने महेन्द्रनगरपोष्टलाई जानकारी दिए। सत्तारुढ गठबन्धनको साझा सरकार रहेको सुदूरपश्चिममा नेपाली काँग्रेसका मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री र आन्तरिक मामिमा तथा कानुनमन्त्री छन्। यस्तै सामाजिक विकास र वनमन्त्री एवं राज्यमन्त्री माओवादीका रहेकोमा कृषिमन्त्री एवं राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका र अर्थमन्त्री नेकपा एकीकृत समाजवादीका छन्।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरेका छन् । नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरेका हुन् । उनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी गरे । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् । उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाएका छन् । फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको…

Read More