Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : नेकपा एमाले डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशन फागुन ३० गते हुने भएको छ। फागुन अन्तिम साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ। अधिवेशन यहीँ फागुन ३० गते परशुराम नगरपालिका-१२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ। उक्त अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही र विशेश्वरप्रसाद ओझा (विपिन)ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ। शाही एमालेका जिल्ला संयोजक हुन्। स्नेही पूर्व राष्ट्रिय सभा सदस्य र अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्‍याएका ओझा अमरगढी नगरपालिकाका पूर्व मेयर समेत…

Read More

काठमाडौं : गत १ फागुनमा प्रहरी प्रधान कार्यालयले ६८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्‍यो । सरुवामा २५ जिल्लाका प्रहरी प्रमुख फेरिए । पूर्वी पहाडको जिल्ला धनकुटामा एसपी विमल बस्नेतलाई पठाइयो । तर, एसपी बस्नेत धनकुटा गएनन् । उनी नगएपछि अर्का एसपी श्यामसिंह चौधरीलाई धनकुटा पठाइएको छ । प्रहरी महानिरीक्षकको निर्णयलाई नमान्ने एसपी बस्नेतलाई संसद्को जिम्मेवारी दिइएको छ । बस्नेतले घरायसी समस्याका कारण काठमाडौंमै बस्ने भनेपछि उनी संसदको मर्यादापालक बनेका हुन्। बस्नेतको ठाउँमा कैलाली घर भएका एसपी श्याम चौधरी धनकुटा पठाइएको छ । एसपी बस्नेत अहिलेका एसपीमध्ये सबैभन्दा सिनियर हुन् । तर, घुस काण्डमा बल्लतल्ल जागिर जोगाएका थिए । कमजोर…

Read More

धनगढी : नेकपा एमाले निकट अनेरास्ववियु अछामको १९ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले प्रेम देवकोटाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा भिम बडाहित र राज कुमार सुनार, सचिवमा जगत भण्डारी, सह सचिवमा खेम राज बुढा, श्यामसुन्दर रावल, मनोज रावल र भुमिका साउद र कोषाध्यक्षमा मिलन साउद सर्वसम्मत चयन भएका हुन ।

Read More

काठमाडौं : नेपाल प्रहरीका दुई कर्मचारी घुस लिएको मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दाको बिशेष अदालतले शुक्रबार फैसला सुनाउदै दोषी ठहर गरेको हो । बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए । मुद्दा दायर भएको दुई महिनामै बिशेषले फैसला सुनाएको हो । त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानिलकण्ठका बरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन्…

Read More

धनगढी : नेकपा एमालेका कैलालीको सातौँ जिल्ला अधिवेशनमा रणबहादुर चन्दसँग पराजीत भएपछि पनि यज्ञराज ढुंगाना पार्टीमा सक्रिय भइरहे । कार्यकारी भूमिकामा नभएका कारण ढुंगाना पार्टीका काममा फ्रन्ट लाइनमा नदेखिएपनि उनी विभिन्न ढंगले नेता, कार्यकर्तासँग जोडिरहेका थिए । व्यवसायिक क्षेत्रमा आवद्ध भएका कारण पनि उनीसँग कुनै न कुनै रुपले पार्टीका नेता तथा कार्यकर्ता ठोक्किने कुरा स्वभाविकै थियो । उनी सामाजिक कार्यका माध्यमबाट पनि आम कार्यकर्तासँग जोडिएरै बसे । ढुंगाना कैलालीको बौनियामा रहेको रघुनाथ माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दै गर्दा २०५२ सालमा अनेरास्ववियुमा संगठित भएर एमालेको राजनीतिमा आएका थिए । २०५८ सालमा अनेरास्ववियुको कैलाली क्षेत्र नम्बर २ को क्षेत्रिय कमिटि अध्यक्ष भएर…

Read More

धनगढी : ऐश्वर्य बहुमुखी क्याम्पसमा भोलि शोक विदा दिइएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसका जननी संस्था ऐश्वर्य विद्या निकेतन कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत छात्र रमेश रानाको १७ वर्षको अल्पायुमै असामयिक निधन भएको दुःखद घडीमा क्याम्पसले एक दिने शोक विदा दिइएको क्याम्पस प्रमुख धर्मदेव भट्टले जानकारी दिए । साथै, उक्त दिन सम्पूर्ण पठनपाठन बन्द रहने तथा स्वतन्त्र विद्यार्थी युनियनद्वारा राखिएको स्नातकोत्तर तह प्रथम सेमेस्टर तथा स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम समेत दोस्रो दिन सारिएको छ । सोमबार पूर्वनिर्धारित समयमै आयोजना हुने क्याम्पस प्रमुख भट्टले बताए ।

Read More

काठमाडौं : नेकपा एमालेका युवा नेता ऐन महरलाई गरिएको कारबाही फुकूवाको तयारी भैरहेको छ। यौन विचलनको आरोप लागेपछि एमालेले महरलाई सचिवालय बैठकबाट कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट हटाएको थियो। महरले राजीनामा नदिएरै सचिवालय बैठकले उनको राजीनामा स्वीकृत भएको विज्ञप्ति जारी गरेको थियो। एमालेभित्र युवा जमादको कमान्डर र लोकप्रिय मानिने महरलाई कारबाही गरिएपछि आलोचना पनि भएको थियो। स्रोतका अनुसार उनलाई कारबाही भएको एक महिना नपुग्दै उनको कारबाही फिर्ताको तयारी भईरहेको बुझिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महरलाई पार्टीको नियमित काममा फर्किन निर्देशन दिईसकेको बताइएको छ। अध्यक्षले महरलाई चैतभित्रै कारबाही फुकुवा गर्ने समेत बाचाँ गरेको स्रोतको दाबी छ। बझाङबाट एमालेको राष्ट्रिय…

Read More

काठमाडौं : गठबन्धन निकट विद्यार्थी संगठनहरुले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेको छ । सत्ताको आडमा निरन्तर रुपमा आफ्ना नेताहरुमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले शनिबार लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् । शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ । मसाल जुलुसमा सहभागीहरुले अस्कल क्याम्पसमा छात्रबृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप समेत लगाएका छन् ।

Read More

अछामः अछाममा एक घरमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो। आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन्। आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज (शनिवार) बिहान १० बजेतिर आगलागी भएको हो।

Read More

काठमाडौं : अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल काठमाडौं आउन लागेका छन्। जर्नेल जोन सि अक्विलिनो र श्रीमतीसहित सवार वायुसेनाको विमान साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। अक्विलिनो पाँचखालमा मंगलबारदेखि आयोजित ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयास अवलोकनका लागि आउन लागेका हुन्। आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल,अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ। नेपाल बसाईको क्रममा उनी उच्चस्तरीय भेटघाटमा पनि व्यस्त हुने सैन्य स्रोतले जनाएको छ।

Read More