Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी बसपार्क नजिक नवजात शिशु मृत फेला परेका छन् । धनगढीमा ४ का बसपार्क नजिक कम्बलमा बेरेर राखेको अवस्थामा शिशु मृत फेला परेका हुन् । शिशुकी आमा भने फरार रहेकी छन् । उनी भाडामा बस्दै आएकी बुझिएको छ । दुई महिलालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा भन्सार छलिको सामान बरामद गरिएको छ । पुर्नवास नगरपालिका ११ डोकेबजारबाट सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट खटीएको आरआईटी र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको सुर्तिजन्य सामान र कपडा बरामद गरेको हो । भन्सार छलि ल्याएको ७४ हजार रुपैयाँ बराबरको सुपर पावर सुर्ति, बिडी, प्लास्टीक र कुर्ति बेवारिसे अवस्थामा बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

कास्की : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न आएको केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी)को टोली पुर्पक्षका लागि कारागारमा रहेकाहरूबाट सूचना संकलन गरेको छ । शुक्रबार प्रहरी निरीक्षकको कमाण्डमा पोखरा आएको सीआईबीको प्राविधिक टोलीले कास्की प्रहरीसँगको समन्वयमा सूचना संकलन गरेको हो । माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मार्दै सीआईबीले चारवटा सर्भर बरामद गरेको थियो । उक्त सर्भरमा भएका सूचनारविवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको बताइएको छ । सर्भरमा भएका महत्वपूर्ण सूचनाहरूमा थप अनुसन्धान आवश्यक देखिएको र मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमै दर्ता भएकाले सीआईबीको टोली पोखरा आएको हो। प्रहरीले नै सीआईबीलाई थप अनुसन्धानको…

Read More

काठमाडौं : प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा छन् । तिरुवाले प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर माघ ७ गते काठमाडौंको सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाबारे अनुसन्धान सकेर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भैसकेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : मकवानपुरकी एक बालिका बलात्कारको अभियोगमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

Read More

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमडौंको प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई दिइएको छ । एसएसपी भूपेन्द्रबहादुर खत्रीले उनलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक कुमोद ढुंगेलको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका थिए । अधिकारी भने यसअघि सीआईबीको प्रवक्तामा थिए । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख भइसकेका अधिकारीले बागमती प्रदेश प्रहरी कार्यालयमा पनि प्रवक्ताकै जिम्मेवारीमा थिए ।

Read More

धनगढी : नेपाल पुलिस स्कुल धनगढी, कैलालीको ३८औँ वार्षिकोत्सव समारोहमा सोमबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवाको पनि सहभागिता रहेको थियो । यस्तै कैलालीस्थित विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सिनियर प्रहरी अधिकृतहरु, सैनिक आवासीय महाविद्यालयका प्रअ तथा प्रतिनिधी, पत्रकारहरु लगायत अभिभावकको उपस्थिति रहेको थियो ।

Read More

धनगढी : सरुवा भएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आएका एसपीले आफ्नो कार्यभार सम्हालेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको फागुन १ गतेको पत्रनुसार सरुवा भएर कञ्चनपुर आएका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले आज फागुन ७ गते कार्यभार सम्हालेका हुन । एसपी जोशी लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारवाही शाखा काठमाण्डौँबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कार्यालय प्रमुख भएर आएका हुन । आज कार्यालयमा हाजिर भएका एसपी जोशीले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

Read More

काठमाडौं : भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार भारतीय टिमसँग नेपालले खेल्ने टी ट्वान्टी सिरिजको मिति सार्वजनीक गरेको हो । नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्नेछ । सिरिजका सबै खेल गुजरातमा हुनेछ । मार्च २१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी ट्वान्टी सिरिजको सुरुवात गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् । नेपालले भारतीय टिमसँग यसअघि मैत्रीपूर्ण सिरिजको प्रयास गर्दै आएको थियो । फ्रेन्ड्ससिप कप नाम दिईएको यो सिरिज क्यानको पहलमा सम्भव भएको हो । भारतीय क्रिकेटसँग जोडिन…

Read More

काठमाडौं : रेशम चौधरी राजनीतिक दलको सदस्य हुन योग्य रहेको वा नरहेको भन्ने विषय निर्वाचन आयोगमा पुगेको छ । अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका बेला रेशम चौधरीले गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएका थिए । हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कानुनी व्यवस्था छ । तर राष्ट्रपतिबाट माफी पाएका व्यक्तिको हकमा कानुनी हैसियत के हुन्छ भन्ने विषयमा सार्वजनिक रुपमा समेत चासो प्रकट भइरहेका बेला आयोग यही विषयमाथिको छलफलमा जुटेको हो । जेलबाट छुटेपछि राजनीतिक सक्रियता बढाएका चौधरीले आफ्नै सक्रियतामा खुलेको नागरिक उन्मक्ति पार्टी (नाउपा) को २७…

Read More