Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन्। चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन्। बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ । तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ । “विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको रु…

Read More

डोटी : डोटीको शिखर नगरपालिका(३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउँछन् । यो वर्षका लागि उहाँनले चैते धानको बेर्ना छरिसकेका छन् । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भने, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउँदा दोब्बर फाइदा हुन्छ ।” उनले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताए । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि…

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ। नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो। परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयसंग नगरपालिकाले सहकार्य गरेको छ। `परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका विभिन्न प्रयासहरुले सार्थकता लिँदै गएका छन्,´ मेयर जोशीले भने, `यसै क्रममा परशुराम नगरपालिका र सुदुरपश्चिम विश्वविद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधासम्पन्न पुस्तकालय बनाउनका लागि डीपीआर तयार भएको थियो।´ मेयर जोशीका अनुसार डीपीआर तयार भएर पुस्तकालय स्थापनाका लागि टेन्डरसमेत आह्वान गरिएको छ। विश्वविद्यालयले टेण्डर आह्वान गरेको हो। पुस्तकालय स्थापनाका लागि एक करोड ६० लाख बढीमा…

Read More

बझाङ : बझाङमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन्। जिल्लाको तल्कोट गाउँपालिका-४ स्याडाकी १८ वर्षीया रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन्। हिजो(सोमबार) साँझ घरनजिकै बाजको रुखबाट स्याउला काट्ने क्रममा उनी लडेकी थिइन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। यस्तै बझाङमै एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन‍्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका ७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की रहेकी छन्। उनलाई हिजै साँझ ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको हो।  उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी…

Read More

कैलाली : कैलालीको विभिन्न स्थानबाट एकै दिन दुई महिलासहित ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी ईकाइबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताएका छन्। यी हुन् पक्राउ पर्नेहरु १. बहु बिहाह मुद्धामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१२ का २९ वर्षीय दिलबहादुर थापा २. लागुऔषध मुद्धामा १६ दिन कैद सजाए तोकेका धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय शम्भु सेवा ३. लागुऔषध मुद्धामा ११ दिन कैद सजाए तोकेका…

Read More

बझाङ : बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। हिजो बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका -५ मिनिबगडस्थित बागथला -बिजगडा कच्ची सडक खण्डमा पछाडिको टायर निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो। साँझ ६:३० बजे भएको दुर्घटनामा परी बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन्। उनीहरु दुवै जनाको  बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ। सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारी मुक्त गर्न निर्देशन दिदै सामाजिक विकास समितिले मन्त्रालयलाई पत्र पठाएको छ । प्रदेशका चार अस्पतालमा एकीकृत फोहर व्यवस्थापन प्रणाली जडान गर्न उपकरण खरिदका लागि आपुर्ति केन्द्रले अघि बढाएको प्रक्रिया नमिलेको भन्दै छानबिन गरिरहेको समितिले सामाजिक विकास मन्त्रालयलाई सोमबार उनलाई हटाउन पत्राचार गरेको हो । मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले पत्र प्राप्त भएको बताउँदै मन्त्री बाहिर भएकाले त्यसबारे अध्ययन र छलफल हुन बाँकी रहेको बताए । मन्त्री फर्किएपछि मात्र पत्रबारे छलफल अघि बढाइने उनी बताउँछन् । सामाजिक विकास समितिले आइतबार आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्यालमाथि एकीकृत फोहर व्यवस्थापन…

Read More

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । उनीहरुको ठाउँमा नयाँ टोली समेत पठाइसकिएको छ । सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् । निषेधित क्षेत्र…

Read More

महेन्द्रनगर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा अख्तियार पसेको छ। माफियाको कब्जामा परेको महाकालीको ठेक्काबारे महेन्द्रनगरपोष्टले निरन्तर समाचार प्रकाशन गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरले छानबिन गर्ने भएको हो। अख्तियार स्रोतले छानबिन थालिएको र रोयल्टीको ठेक्का प्रक्रिया, मापदण्ड र राजस्व छली सबै कोणलाई अनुसन्धान गरिरहेको जनाएको छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्का हत्याउने र ठेक्कामा भ्रष्टाचारी ठहरिएकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको थियो। झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको थियो। निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७…

Read More