Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिममा राप्रपाकी सासंद खेमादेवी बिष्टले मन्त्री पद खान अस्विकार गरेकी छन्। अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्न मन्त्री अफर गरेकोमा राप्रपाकी बिष्टले नमानेकी हुन्। शाहले राप्रपाकी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्दै बिहीबार राति नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर, राप्रपाले पार्टी केन्द्रले आन्दोलन घोषणा गरेका कारण तत्काल सरकारमा नजाने बताएपछि मुख्यमन्त्री शाहको सरकार विस्तार गर्ने योजना तुहिएको हो। यता प्रदेशसभा सदस्य विष्टले भने पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय नगरेका कारण अहिले हतार नगर्ने बताएकी छन्।

Read More

काठमाडौं :  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवकाे अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने…

Read More

काठमाडौं : आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत जुटाउने लागि परेका छन् । उनले आफूपछि उन्मुक्तीलाई मुख्यमन्त्री बनाउन खोजेका छन् । शाहले बहुमत पुगाउन राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै मुख्यमन्त्री शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् । उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम जान लागेका प्रदेश प्रमुख देवराज जोशी डडेल्धुराबाट फर्किरहेका छन् । प्रदेश प्रमुखको कार्यालय…

Read More

धनगढी : कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ । शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ । यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ । हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी…

Read More

धनगढी : डडेल्धुरामा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ । डडेल्धुरामा सुन चोरी गरी फरार रहेका दुवै जनालाई रौतहटको चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका ४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिइन् । पक्राउ परेका दुवै जना आरोपीलाई डडेल्धुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा…

Read More

धनगढी : अहिले प्रहरीका हाकिमदेखी पूर्वआइजीसम्मको नाममा ठग्नेहरू सल्बलाएका छन् । देश–दुनियाँका ठगलाई ठीक पार्ने प्रहरीका हाकिमकै नाममा ठगी हुन्छ भन्दा पत्याउन मुश्किल हुन्छ । तर, महानिरीक्षक बसन्त कुँवरको सचिवालयमा दर्ज भएको एउटा उजुरीमा लेखिएअनुसार ‘नम्बर पाकिस्तानको छ, म फलानो हुँ भनी नेपाली प्रहरी अधिकृतको नाम र फोटो देखाइएको छ ।’ नेपालको तराई क्षेत्रमा त्यस्ता ठगहरू केन्द्रित हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसरी ठग्नका लागि फोन गर्नेहरू कसैले पाकिस्तान त कसैले लण्डनतिरको नम्बर प्रयोग गरेका छन् । उनीहरूले पूर्वआइजिपी शैलेश थापादेखि अहिलेका बसन्त कुँवरसम्मको फोटो ह्वाट्सएप नम्बरमा प्रयोग गरेको पाइएको छ । ‘पीडितलाई दिनुपर्ने पैसा देऊ, नत्र म…

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । प्रदेश सभा भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका हुन् । एमाले दलका नेता रावलले भने ‘मुख्यमन्त्री शाह अल्पमतमा परिसकेकाले उहाँले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनु पर्छ ।’ उनले आफू अल्पमतमा पर्दा राजीनामा दिएको स्मरण गराउँदै उनले वर्तमान मुख्यमन्त्री शाहलाई पनि त्यस्तै गर्न सुझाव दिएका हुन् । दुई दिन पहिले मुख्यमन्त्री शाहले माओवादीका तीन मन्त्रीलाई र आज नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यस लगत्तै दुबै दलले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री अल्पमतमा…

Read More

बाँके : जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ किलोमिटर भित्र खेतमा एक्लो घर छ। यही घरमा बर्दियाको गेरुवा–५ का ४० वर्षीय सन्तोष कठरियासँगै उनकी श्रीमती, छोरा, सासुआमा र सालीसहित पाँचजनाको परिवार आश्रित छ। सामान्य परिवारको यही घरमा बुधबार बेलुकी करिब ११ बजेतिर एक्कासी केही व्यक्तिहरु आएर ढोका ढकढक्याउन थाले। ढोका नखोलेपछि ती व्यक्तिहरुले ढोकामा लात्तीले हानेर चुकुल तोडे र घरभित्र पसे। सन्तोषले प्रतिकार गर्न खोजेपछि उनको टाउकोमा घातक वस्तुले हानेर बेहोस बनाए। हात र खुट्टामा पनि हाने। सन्तोषकी सासु चुलियाका अनुसार करिब ६ जनाको समूहमा आएका ती व्यक्तिहरुसँग बन्दुकसमेत थियो। सन्तोषपछि ती डाँकाहरुले छोरामाथि हमला गर्न खोजे। छोरालाई बचाउने क्रममा सन्तोषकी…

Read More

धनगढी : बैतडीमा एमाले अधिवेशनको सरगर्मी बढेको छ । आगामी फागुन २८ र २९ गते आयोजना हुने नेकपा एमाले बैतडीको नवौँ अधिवेशनका लागी तयारी तिब्र पारिएको हो । अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधी छनौट गरेको छ । शनिबार अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ । अधिवेशनका लागि सबै वडाबाट ६ सय बढी प्रतिनिधि छनोट भएका उनले बताए । ७५ संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका र दलित संगठित सदस्यबाट ४० जना बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका बताइएको छ। आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र…

Read More