Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ । पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो। केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको हो । विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका…

Read More

तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने दुई दर्जन ठेकेदार कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा आईएस कन्स्ट्रक्सन प्रालि, अरभाली इन्फापावर लिमिटेड, गणपति गु्रप अफ कन्स्ट्रक्सन प्रालि, सरस्वती निर्माण सेवा, धिताल बिल्डर्स, एके कन्स्ट्रक्सन, पञ्चपुरी कन्स्ट्रक्सन, देउती बज्यै निर्माण सेवा, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, प्रनिश इन्टरनेशनल प्रालि छन् । त्यस्तै, बलाजी निर्माण सेवा, मालिका कन्स्ट्रक्सन, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि, चम्पावती रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र प्रालि, पशुपति कन्स्ट्रक्सन प्रालि, न्यु प्रिसियल फेसन ओयर, प्रसाद कन्स्ट्रक्सन, क्यापिटल इन्टरप्राइज, क्रियटिभ विजनेश…

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषध (खैरो हेरोईन) सहित २ भारतीय पक्राउ परेका छन्। आज (बुधबार) कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ११ डोकेबजारबाट उनीहरूलाई समातिएको हो। स्थानीय प्रहरी र सुदूरपश्चिम प्रदेश प्रहरीको पिआइटी टोलीले उनीहरूलाई समातेको जनाएको छ। पक्राउ पर्नेमा जिल्ला बहराइज नानपारा उत्तर प्रदेश भारत बस्ने वर्ष १९ को संजय बालमिक र जिल्ला शाहजपुर उत्तर प्रदेश भारत बस्ने वर्ष १९ को अर्जुन बालमिक रहेका छन्। उनीहरू दुबै जनालाई शंका लागी चेकजाँच गर्ने क्रममा अर्जुन बालमिकले दाहिने हातको ज्याकेटको बाउलाभित्र लुकाईछिपाई राखेको अवस्थामा प्लास्टिकसहित तौल गर्दा २ ग्राम २० मिलिग्राम र शुद्ध तौल गर्दा १ ग्राम ७१० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने…

Read More

कैलालीः गेटा अस्पताल कैलालीका लागि २६ जना कर्मचारी माग गरिएको छ। स्टाफ नर्स÷नर्सिङ १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजी ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना र फिजियोथेरापी सहायक १ जना गरी २६ जना कर्मचारी माग गरिएको हो। आज २१ दिने सूचना जारी गरिएको हो। हेर्नुहोस सूचना

Read More

काठमाडौँ, :  भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छ ।  सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सीमा पैदल गस्तीको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सुरु गरेको जानकारी दिनुभयो । यो गस्ती सातै प्रदेश अन्तर्गतका प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा सुरक्षा बल (बिओपी) र बेससमेतको जनशक्ति समावेश गरी सीमाक्षेत्र तथा दसगजा इलाकामा बन्दोबस्तीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा तैनाथ गर्ने जनाइएको छ । छिन्नमस्ता बाहिनी मुख्यालय अन्तर्गतको नम्बर १३ गण पर्साले…

Read More

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् । कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरुलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् । कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताउनुभयो । “स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईंहरु काम गर्नुस् भन्छ”, साउदले भन्नुभयो, “आश गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका छौँ”, पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका…

Read More

बाजुरा : बाजुराको चेतन अयडीको हत्या प्रकरणमा थप १२ जना पक्राउ परेका छन्। बाजुरा प्रहरीका अनुसार २४ जनामा १२ जना फरार रहेकामा उनीहरू सोमवार पक्राउ परेका हुन्। नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालीन अध्यक्ष ३२ वर्षीय अयडीको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका उनीहरू पक्राउ परेका छन। फरारको सूचिमा रहेका ३३ वर्षीय नर अयडी, नरेश अयडी, २५ वर्षीय मंगल अयडी, ३३ वर्षीय मोहनबहादुर अयडी, २७ वर्षीय नविन अयडी, २२ वर्षीय लोकेश अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी, ३८ वर्षीया अनिता रौले अयडी, ३६ वषीया धना देवी अयडी, ४५ वर्षीय पदम बहादुर अयडी…

Read More

धनगढी: भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमबारदेखि सम्पर्क बिहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्। उनी भारतको गोवामै भेटिएको बताइएको छ। एक विदेशी किशोरीसँग उनी भेटिएको बताइएको हो। नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्क विहीन भएकी थिइन्। उनी ओशो साधक हुन्।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

Read More

सरकारमा सहभागिताको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा जारी छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको हो । बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् । यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने अध्यक्ष चौधरीले जानकारी दिइन् । एमाले-माओवादी-रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीबीच विमति छ । रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी…

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ। मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ। यसका लागि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतका कार्यक्रमको प्रभावकारिता नभएको भन्दै मन्त्रालयले यस आर्थिक वर्षको कार्यक्रम स्थगित गरेको हो। ‘स्थानीय तहसँगको छलफलमा समेत उठेका विषयको सम्बोधन आवश्यक छ। चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनोटको कार्यमा ढिलाइ भएको छ। चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय अत्यन्त कम रहेको देखिएको छ। त्यसैले, यस बैठकले यस आर्थिक वर्षको राष्ट्रपति…

Read More