Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका दुई कर्मचारी घुस लिएको मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दाको बिशेष अदालतले शुक्रबार फैसला सुनाउदै दोषी ठहर गरेको हो । बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए । मुद्दा दायर भएको दुई महिनामै बिशेषले फैसला सुनाएको हो । त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानिलकण्ठका बरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन्…

Read More

धनगढी : नेकपा एमालेका कैलालीको सातौँ जिल्ला अधिवेशनमा रणबहादुर चन्दसँग पराजीत भएपछि पनि यज्ञराज ढुंगाना पार्टीमा सक्रिय भइरहे । कार्यकारी भूमिकामा नभएका कारण ढुंगाना पार्टीका काममा फ्रन्ट लाइनमा नदेखिएपनि उनी विभिन्न ढंगले नेता, कार्यकर्तासँग जोडिरहेका थिए । व्यवसायिक क्षेत्रमा आवद्ध भएका कारण पनि उनीसँग कुनै न कुनै रुपले पार्टीका नेता तथा कार्यकर्ता ठोक्किने कुरा स्वभाविकै थियो । उनी सामाजिक कार्यका माध्यमबाट पनि आम कार्यकर्तासँग जोडिएरै बसे । ढुंगाना कैलालीको बौनियामा रहेको रघुनाथ माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दै गर्दा २०५२ सालमा अनेरास्ववियुमा संगठित भएर एमालेको राजनीतिमा आएका थिए । २०५८ सालमा अनेरास्ववियुको कैलाली क्षेत्र नम्बर २ को क्षेत्रिय कमिटि अध्यक्ष भएर…

Read More

धनगढी : ऐश्वर्य बहुमुखी क्याम्पसमा भोलि शोक विदा दिइएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसका जननी संस्था ऐश्वर्य विद्या निकेतन कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत छात्र रमेश रानाको १७ वर्षको अल्पायुमै असामयिक निधन भएको दुःखद घडीमा क्याम्पसले एक दिने शोक विदा दिइएको क्याम्पस प्रमुख धर्मदेव भट्टले जानकारी दिए । साथै, उक्त दिन सम्पूर्ण पठनपाठन बन्द रहने तथा स्वतन्त्र विद्यार्थी युनियनद्वारा राखिएको स्नातकोत्तर तह प्रथम सेमेस्टर तथा स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम समेत दोस्रो दिन सारिएको छ । सोमबार पूर्वनिर्धारित समयमै आयोजना हुने क्याम्पस प्रमुख भट्टले बताए ।

Read More

काठमाडौं : नेकपा एमालेका युवा नेता ऐन महरलाई गरिएको कारबाही फुकूवाको तयारी भैरहेको छ। यौन विचलनको आरोप लागेपछि एमालेले महरलाई सचिवालय बैठकबाट कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट हटाएको थियो। महरले राजीनामा नदिएरै सचिवालय बैठकले उनको राजीनामा स्वीकृत भएको विज्ञप्ति जारी गरेको थियो। एमालेभित्र युवा जमादको कमान्डर र लोकप्रिय मानिने महरलाई कारबाही गरिएपछि आलोचना पनि भएको थियो। स्रोतका अनुसार उनलाई कारबाही भएको एक महिना नपुग्दै उनको कारबाही फिर्ताको तयारी भईरहेको बुझिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महरलाई पार्टीको नियमित काममा फर्किन निर्देशन दिईसकेको बताइएको छ। अध्यक्षले महरलाई चैतभित्रै कारबाही फुकुवा गर्ने समेत बाचाँ गरेको स्रोतको दाबी छ। बझाङबाट एमालेको राष्ट्रिय…

Read More

काठमाडौं : गठबन्धन निकट विद्यार्थी संगठनहरुले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेको छ । सत्ताको आडमा निरन्तर रुपमा आफ्ना नेताहरुमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले शनिबार लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् । शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ । मसाल जुलुसमा सहभागीहरुले अस्कल क्याम्पसमा छात्रबृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप समेत लगाएका छन् ।

Read More

अछामः अछाममा एक घरमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो। आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन्। आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज (शनिवार) बिहान १० बजेतिर आगलागी भएको हो।

Read More

काठमाडौं : अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल काठमाडौं आउन लागेका छन्। जर्नेल जोन सि अक्विलिनो र श्रीमतीसहित सवार वायुसेनाको विमान साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। अक्विलिनो पाँचखालमा मंगलबारदेखि आयोजित ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयास अवलोकनका लागि आउन लागेका हुन्। आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल,अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ। नेपाल बसाईको क्रममा उनी उच्चस्तरीय भेटघाटमा पनि व्यस्त हुने सैन्य स्रोतले जनाएको छ।

Read More

काठमाडौं : भारतको उत्तर प्रदेशमा ट्र्याक्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कासगंज जिल्लामा शनिबार बिहान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ट्रलीसहितको ट्र्याक्टर तलाउमा खसेको हो। दुर्घटनामा सात बालबालिकासहित आठ श्रद्धालु महिलाको ज्यान गएको अमर उजालाले जनाएको छ। दुर्घटनामा केही घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ।

Read More

धनगढीः भारतको दुधुवाबिच जंगलमा दुर्घटना हुँदा दुई नेपाली घाइते भएका छन्। घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका फूलबारीका रामकुमार चौधरी र बमबहादुर डगौरा रहेका छन्। उनीहरूको नेपालबाट पलिया जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयसमेत रहेको पत्रकार विवेक अर्कवंशीले बताएका छन्। उनका अनुसार, शनिवार बिहान साढे ११ बजे दुर्घटना भएको हो। से ३ प २८१९ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। आफन्त सम्पर्कमा आएका छैनन्।

Read More

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका अन्य सदस्यहरुसहित काठमाडौं आएका छन्। सोमबार पूर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सव मनाएर १९ जनाको टोली हिजो काठमाडौं आएको हो। बुद्ध एअरको उडानबाट हिजो दिउँसो साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसहित पूर्व युवराज्ञी तथा बुहारी हिमानी, छोरीहरु प्रेरणा,सिताष्मा, कृतिका, श्रीनिवास राणा, सीता राणा र शीला राणा भरतपुर हुँदै काठमाडौं आएको बताइएको छ। काठमाडौं फर्केको टोलीमा सागरप्रसाद तिमिल्सिना, राजेशबहादुर सिंह, स्मिता सिंह, जगदीश हमाल,हरिशरण थापा, कृष्णबहादुर गुरुङ, मोहनकुमारी गुरुङ,उजेली तामाङ, गीताकृष्ण खड्का र लक्ष्मी गुरुङ पनि छन्।

Read More