Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा लागुऔषध खैराे हेराेईनसहित एक युवकलाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका-८ काे धनगढी गाउँबाट शुक्रबार दिउँसो २८ वर्षीय प्यारेलाल रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार रानाकाे साथबाट ६० मिलिग्राम खैराे हेराेईन बरामद गरिएकाे छ । उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा टिप्परले माेटरसाइकलाई ठक्कर दिएकाे छ। शुक्रबार राति धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी चाेकमा बा २ झ३८९९ नम्बरको  जिपलाई से १ प ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएकाे थियो। टिप्परकाे ठक्करबाट जिप चालक धनगढी-४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले जानकारी दिए। बायाँ खुट्टा भाँचिएका बस्नेतकाे निसर्ग अस्पतालमा उपचार भइरहेको छ। टिप्पर र चालक ३५ वर्षीय यमराज चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नाे खेलेर मनाइँदैछ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन्। बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ। बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेकाे छ। आजकाे दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ। बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद बताउँछन्। १ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने…

Read More

-आभुषण तिम्सिना आज २०८० सालको अन्तिम दिन। २०८० साललाई म साधुवाद दिन चाहन्छु। २०८० साल मेरो लागि अविस्मरणीय, ऐतिहासिक, महत्वपूर्ण अनि नयाँ अवसर र मौका लिएर आयो। जवानीका दिनहरुमा जब एक युवा जसलाई आफ्नो योग्यता, क्षमता, प्रतिस्पर्धात्मक सज्जनतामाथि अतुलनीय विश्वास, आत्मविश्वास अनि सुन्दर भविष्य निर्माण गर्ने आत्मविश्वास प्रगाढ हुन्छ त्यो समयमा उसले कुनै निर्णय लिनै पर्ने हुन्छ र लिन्छ एक सुन्दर भविष्य निर्माणको लागि। उसलाई जीवनका यथार्थ र तिता सत्यहरुको बारेमा कसैले सिकाएको हुदैन। उ केवल आफ्नो क्षमता र योग्यतामाथि विश्वास गरेर अगाडि बढ्छ। मैले मेरो जवानीको दिनमा मेरो योग्यता र क्षमतामाथि विश्वास गरेर गरेको एक गलत निर्णयको बन्धनबाट मलाई…

Read More

बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल प्रतियोगिताको उपाधी ज्वलन्त युवा क्लबले जितेको छ। नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा बुधबारदेखि देउलेखमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा चिरासैनी युवा क्लबलाई ३-० सेटले हराउँदै ज्वलन्तले उपाधी जितेको हो। प्रतियोगिताको विजेता ज्वलन्त युवा क्लबले ४१ हजार १११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता हुने चिरासैनी युवा क्लबले २२ हजार ६११ रुपैयाँ र तृतीय हुने बौनाली टाइगरले १२ हजार ४११ रुपैयाँ प्राप्त गरेका छन्। देवेश्वरी मावि देउलेखको खेलमैदानमा भएको प्रतियोगितामा गाउँपालिकाभरका १९ ओटा टिम सहभागी थिए। प्रतियोगिताको समापन समारोहमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बित्थडचिर खेलकुदका…

Read More

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नयाँ नेपाली वर्षको शुभकामना व्यक्त गरेका छन्। एक सन्देश जारी गर्दै उनले २०८१ सालको शुभकामना व्यक्त गरे। शुभकामनासँगै उनले नेपाल र नेपालीको वर्तमान व्यवस्था र अवस्थाबारे पनि चिन्ता जनाएका छन्। नेपाली जनता युवाहरुको अवस्था बिग्रेदै गएकोमा उनको चिन्ता छ। त्यस्तै उनले कसैलाई निषेध नगरी राष्ट्रिय चिन्ता र चासोबारे पुनर्विचार गर्नसमेत सुझाएका छन्।

Read More

कैलाली : बिषु पर्व अर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन्। सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्ली लगायतका विभिन्न सहरबाट सुदूरपश्चिममा बसोबास गर्ने मानिसहरु फर्केका हुन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ ।भारतको सुरतमा रोजगार गर्दै आएका कैलालीको ओलानीका राम टमटाले बिषु पर्व अर्थात् नयाँ साल मनाउन घर फर्केको बताए…

Read More

धनगढी: डडेल्धुराका एक युवकको काठमाडौंमा मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ मालमका २६ वर्षीय विनोद दियालको हिजो राति मृत्यु भएको हो।  हाल कैलालीको अत्तरियामा बस्दै आएका उनी केही दिनअघि मात्रै काठमाडौं गएका थिए। राति एक्कासी पेट दुखेको भन्दै अस्पताल पुगाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले शवको पोष्टमार्टम भइसकेकाले परिवारका सदस्य आएपछि कैलालीको गोदावरीमा उनको अन्तिमसंस्कार गरिने बताइएको छ। मृतक विनोदको परिवारले अत्तरियामा महेश्वरी होटल सञ्चालन गरिरहेको छ। 

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरिएको छ। आज (शुक्रवार) पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले घनश्यामलाई कारबाहीस्वरुप ३ महिनाका लागि निलम्बित गरिएको जानकारी दिइन्। उनका अनुसार पार्टी बैठकमा उपस्थित नभएको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएकाले चौधरीलाई कारबाही गरिएको हो। श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र सभामुख भीम भण्डारीलाई पनि पठाएकी छन्। यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन्। तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन्। घनश्याम रेशम चौधरी…

Read More

धनगढी: प्रधानन्यायाधीश विश्वम्वर श्रेष्ठ सुदूरपश्चिम आइपुगेका छन्। उनी हिजो कैलालीबाट गृहजिल्ला डोटी गएको बताइएको छ। उनी बिहीबार राति डोटी पुगेका थिए। सुरक्षा स्रोतका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ दिपायल राजपुरस्थित मुख्यमन्त्रीको अस्थायी निवासमा बसेका थिए। त्यसपछि आज (शुक्रबार) बिहानबाट श्रेष्ठले उच्च अदालत दिपायलको निरीक्षण थालेका छन्। यस्तै, उनले जिल्ला अदालत डोटीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। प्रधानन्ययाधीश श्रेष्ठ वैशाख १ र २ गते नीजि कामको सिलसिलामा डोटीमै रहने कार्यतालिका छ। बैशाख २ गते नागरिकस्तरबाट प्रधानन्यायाधीशको अभिनन्दन कार्यक्रम पनि रहेको बुझिएको छ। बिहीबार श्रेष्ठले डडेल्धुरा अदालतको निरीक्षण गरेका थिए।

Read More