Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा सरकारी गाडीले साइकललाई ठक्कर दिएको छ । आइतबार राति साढे ९ बजे सहिद गेटमा सुपप्र ०१ ००१ झ ०३८७ नम्बरको गाडीले साइकललाई ठक्कर दिएको हो । सो गाडी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढीको रहेको बताइएको छ । गाडीको ठक्करबाट साइकलमा सवार दार्चुलाको दुहु गाउँपालिकाका हेमराज जोशी घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको धनगढी स्थित स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ । सो सरकारी गाडीमा उपसचिव पनि सवार रहेको बताइएको छ । चालक धनगढी बस्ने राजेन्द्र बहादुर थापा र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको…

Read More

काठमाढौं : अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले बहिष्कार गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो । तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म होली फेस्टिभल २०८० आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो । जसअनुसार समयमै कार्यक्रमस्थल अरनिको मैदान पुगेकी उनलाई दर्शकको साथ मिलेन । मैदानमा जम्मा दुई दर्जनजति मात्रै दर्शक देखिएपछि समीक्षाले आयोजकसँग माफी माफ्दै गीत नगाउने निर्णय गरेको बताइएको छ । उनको निर्णयमा सहमत भएको आयोजक पक्ष पनि पारिश्रमिक दिएर फर्काउन तयार भयो । तर,…

Read More

धनगढी : बाजुराको खप्तड छेडेदह गाउँपालिकाको छेडेदहतालमा डुङ्गा पल्टिँदा बेपत्ता भएका विरेन्द्र रावत मृत फेला परेका छन्। तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएका थिए। डुङ्गामा सवार अन्य ६ जनाले भने पौडी खेलेर ज्यान जोगाएका थिए। मृत फेला परेका रावतको शव पोष्टमाटमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Read More

धनगढी : कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । जोशीको आज जिल्ला प्रशासन कार्यालय कैलालीले विदाई गरेको छ । कैलालीमा भने सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारी किरण जोशी आउन लागेको सूचना अधिकारी शिवराज जोशीले बताए ।

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मारेको छ। आज (आइतबार) जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो। स्रोतका अनुसार स्पाहरुमा अनैतिक गतिविधि बढेको भन्दै प्रहरीले छापा मारेको हो। महेन्द्रनगरका डायमण्ड, ग्ल्यामरका २ शाखा र कोहीनुर स्पामा प्रहरीले छापा मारेको कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए। यस्तै कैलालीको धनगढीमा पनि स्पाहरु बढ्दै गएको र अनैतिक गतिविधि बढिरहेको बताइएको छ। कैलाली प्रहरीका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले स्पाहरुमा निगरानी बढाएको बताए। सूचनाका आधारमा प्रहरीले छापासमेत हान्नसक्ने उनको भनाई छ।

Read More

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको छ । जारी आईपीएलमा राजस्थानले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउ सुपर जाइन्ट्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सका लागि कप्तान सञ्जु सामसनले अविजित ८२ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान सञ्जुले आक्रामक ब्याटिङ गर्दै केवल ५२ बलमा ६ छक्का र तीन चौका…

Read More

धनगढीः कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका भजनी नगरपालिका–१ का २५ वर्षीय धिरज चौधरीको शनिवार राति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो। ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।

Read More

काठमाडौँ : होली मनाएर सुनकोसी नदीमा पौडी खेल्न गएका उदयपुरका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्। होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए। उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोसीबाट उद्धार गरेको प्रहरीले जनाएको छ। बेपत्ता भएका बालबालिकाहरूको खोजी तीव्र पारिएको एसपी थापाले जानकारी दिएका छन्।

Read More

धनगढी : बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । आज दिउँँसो साढे १ बजे खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा घुम्न गएको टोली चढेको डुङ्गा पल्टिदा एक जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका गणेश रावतका अन्दाजी ३२ वर्षीय छोरा वीरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डुङ्गामा सवार ७ जना मध्ये तालमा डुबी वीरेन्द्र बेपक्ता भएको र अन्य ६ जना पौडी खेलेर सकुशल बाहिरी निस्किएको प्रहरीले जनाएको छ । घटना भएको थाहा पाएलगक्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यस तर्फ गई बेपक्ताको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा आफ्नो पार्टीबाट रन्जिता श्रेष्ठ मन्त्री हुँदा पनि उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । थारु कल्याणकारी सभा जापानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाउपाको मन्त्री हुँदा आफूहरूको नभएर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भएको टिप्पणी गरका हुन् । अहिले पनि संघीय सरकारमा जान उपयुक्त नहुने चौधरीको भनाइ थियो । ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रन्जिताजी मन्त्री बन्नुभयो । कांग्रेस, एमाले र माओवादीको मात्रै काम भयो । जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर, गाडी चढ्नलाई ,सुत्नलाई घर लिनलाई उद्घाटन गर्नलाई हामीलाई मन्त्रालय चाहिएको छैन’,…

Read More