Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको सरुवा भएको छ । जोशीको जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको हो । दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी जाने भएका छन् । सरकारले ११ जिल्लाका सीडियो हेरफेर गरेको छ ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा एक युवकले विषादी सेवन गरेका छन् । मंगलबार बिहान करीब साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् । नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए । उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विषादी सेवन गरिरहेको अवस्थामा भेटिएका रानालाई नगर प्रहरीले तत्काल उद्दार गरेको जानकारी दिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेका बताए । ‘विषादी…

Read More

धनगढीः धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ। हिजो (सोमबार) काठमाण्डौँबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो। जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। जहाज अवतर हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको हो। जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ। जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए। उनका अनुसार हिजो यस्तो समस्या देखा परेपछि अहिले जहाज ग्राउन्डेड छ, प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ। ‘यो धेरै ठूलो…

Read More

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी पूर्वकप्तान नेरी थापामगरले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेकी हुन् । “आज म राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु । यो १७ वर्ष लामो उत्कृष्ट क्रिकेट यात्रा थियो । जहाँ उतारचढाव दुवै भए,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “खेलबाट सन्न्यास लिएको हुँ, तर यसले दिएको यादहरूबाट हैन । मेरो यात्राका दौरान मलाई सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णमा धन्यवाद । मेरो यात्रामा सधैँ साथ दिने मेरो परिवारलाई विशेष धन्यवाद । सम्पूर्णमा धन्यवाद ।” नेरी नेपाली राष्ट्रिय महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी सम्हाल्ने…

Read More

सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । फागुन २४ गते राती दार्चुलाको मार्मा गाउँपालिका परिसरमा प्रमुख प्रशासकीय अधिकृतको निवासमा आगजनी र ढुंगामुढा प्रहारको घटना भएको थियो । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको छ ।  चैत्र ४ गते प्रहरीले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चैत्र ४ गते पक्राउपूर्जी थमाएर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भोलिपल्ट ५ गते जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको अनुसन्धान म्याद लिइएको प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले…

Read More

धनगढीः कैलालीकी एक किशोरी लागूऔषधसहित कञ्चनपुरमा पक्राउ परेकी छिन्। कैलालीको कैलारी गाउँपालिका-१ बस्ने १८ वर्षीया किशोरीलाई सोमवार साँझ प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट पक्राउ गरेको हो। उनलाई १ ग्राम २४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढीः कैलालीबाट वन मुद्दा र बैकिंङ कसुर मुद्दामा एक महिलासहित तीन फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका वन मुद्दामा ६ महिना कैद सजाय र ३ हजार ६७५ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१० बस्ने कल्लु राना र सोही मुद्दामा ४६ हजार ९१६ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने दिर्घ चौधरी रहेका छन्। यस्तै बैकिंङ कसुर मुद्दामा १९ लाख ८४ हजार १ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने सरस्वती देबी चन्द पक्राउ परेकी छिन्। अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका तीनवटै प्रतिवादीहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली…

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।

Read More

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ। भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलवारदेखि बिहीबारसम्म महोत्सव हुन लागेको हो। भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र््याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको बताए। महोत्सव अवधिमा निकुञ्जभित्रको रानी ताल सफाइदेखि गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिने उपाध्यक्ष केसीले बताए। “गड्डाचौकी नाका, बसपार्क, बजार क्षेत्र र नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको बोर्ड राख्ने तयारी छ”, उपाध्यक्ष केसीले भने, “महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।”

Read More

कैलाली: नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छन् । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा निर्वाचित बुढा कार्यवाहक अध्यक्ष थिइन् । उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् । अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको थियो । राति नै पद तथा गोपनीयताको शपथ पनि गराइएको छ । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गर्दै ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले…

Read More