Author: महेन्द्रनगर पोष्ट

काठ्माडौ : भारतमा आगामी लोकसभा निर्वाचनको मिति घोषणा भएको छ। शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८ औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको हो। आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्नेगरी मिति घोषणा गरेको छ। पहिलो चरणमा २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ। बिबिसीका अनुसार अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा अप्रिल १९ तारिखका दिन मतदान हुनेछ। दोस्रो चरणमा १३ राज्यका ८९ सिटमा निर्वाचन हुनेछ। असम, बिहार, छत्तिसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम…

Read More

धनगढी : टीकापुर नगरपालिकाको १४औँ नगर सभामा एउटा वडालाई चार भागमा विभाजन गर्ने प्रस्ताव पारित भएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं। १ का वडाध्यक्ष मोहन लुहार बिकले पेस गरेका थिए । सभाबाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गरिएको उनले जानकारी दिए । ४६ हजार ६९८ जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको बिकले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नं। वडामा मात्रै…

Read More

धनगढी : इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (आईसीसीसी)ले धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको आईसीसीसीले ११औं शाखाको रुपमा धनगढीमा नयाँ शाखा खुलेको हो । क्यानडा अध्ययनको सबैभन्दा भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा स्थापित आईसीसीसीले दुरदराजका विद्यार्थीलाई मध्यनजर गरेर शाखा विस्तार गरिएको जनाएको छ । एसपीए रोड धनगढीमा चैत्र ३ गते नयाँ शाखा कार्यालयको उद्घाटन आईसीसीसीका प्रबन्धनिर्देशक तथा सिनियर काउन्सलर राम खड्काले गरेका हुन । विशेषगरी अध्ययनका लागि क्यानडा जान चाहने धनगढीका विद्यार्थीलाई सजिलो बनाउन शाखा विस्तार गरिएको खड्काको भनाई छ । आईसीसीसीले पुतलीसडकसहित काठमाडौंको कमलादी, काठमाडौंको चावहिल, पोखरा, बुटवल, चितवन, इटहरी, झापाबाट र क्यानडाबाट विद्यार्थीलाई…

Read More

धनगढी : बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ मा नयाँ गठबन्धनबाट एमालेलाई भागबन्डा दिलाउन सुदूरपश्चिम प्रदेश कमिटीले माथिल्लो कमिटीलाई आग्रह गर्ने भएको छ । आज प्रदेश पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गते तोकिएको उपनिर्वाचनका विषयमा छलफल गरेको हो । जिल्लाले उक्त क्षेत्रको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस थियो । उक्त नाम केन्द्रमा पठाउँदै उक्त क्षेत्रमा एमाले निर्वाचन लड्नेगरि केन्द्रमा सहमति गर्न आग्रह गर्ने निर्णय भएको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएको र अर्को क्षेत्रबाट प्रदेशमा माओवादी केन्द्रमा भीम भण्डारी निर्वाचित रहेको हुँदा रिक्त…

Read More

रौतहट : मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए। शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी…

Read More

धनगढी : केही दिन अगाडी कर्णाली पुलमा लाइटर बोकेको ट्रक आगलागीको घटना नसेलाउदै अर्को ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा विरगन्जबाट आइरहेको ट्रकमा आगलागी भएको हो । प्र ३-०३-००१ ख ००१२ नम्बरको ट्रकमा मुडा र बौनियाको बिचमा आगलागी भएको बुझीएको छ । उक्त ट्रकले लाईटर र खुर्सानी बोकेको थियो। ट्रकमा लागेको स्थानीय प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार आगो लागेकोबारे थप विस्तृत विवरण आउन बाकी छ। यस अगाडि कर्णाली पुलमा पनि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो। उक्त चाइनिज लाइटर नेपालबाट तस्करी भएर महेन्द्रनगर हुँदै भारत जाने गरेको बताइन्छ।…

Read More

धनगढी : बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको तलकोट गाउँपालिका – १ अन्तर्गतको सुनिगाड पुल नजिकै ट्याक्टर दुर्घटना भएको हो । शनिबार दिउँसो १ बजेको समयमा तलकोटबाट सदरमुकाम चैनपुर आउनेक्रममा सुनिगाड पुल नजिकै से २ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ । ट्याक्टर चालक बैतडी पुर्चौंडी नगरपालिका ४ का ३५ वर्षीय सागर बोहरा घाइते भएका छन् । चालक बोहराको टाउको, बायाँ आँखा र ढाडमा चोट लागेको बताइएको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी…

Read More

मोरङ : त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश नेशनल टी–२० च्याम्पियनसिपको उपाधि हात पार्न सफल भएको छ। उपाधिसँगै आर्मीले नगद पाँच लाखसहित ट्रफी हात पारेको छ। उपविजेता कर्णाली प्रदेशले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। शनिबार भएको उपाधि भिडन्तमा आर्मी क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै ११० रन बनाएको थियो। आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाए। पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो। त्यसैगरि, दिनेश अधिकारीले १२ रन बनाए। कर्णालीलाई धराशायी बनाउने क्रममा आर्मीका त्रितराज दास,…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको बताएका छन्। शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। साथै, उनले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए। ‘फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका छौँ,’…

Read More

धनगढी : बैतडीको पुर्चौडी नगरपालिका ६ भूमिराजका एक युवकको भारतमा मृत्यु भएको छ। भारतको बेंगलोरममा ग्यास लिक भएर आगलगाीहुँदा २० वर्षीय मदन अवस्थीको मृत्यु भएको हो । केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए। आगलागीबाट जलेर घाइते भएका अवस्थीको शुक्रवार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए। अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका थिए।

Read More