Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मारेको छ। आज (आइतबार) जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो। स्रोतका अनुसार स्पाहरुमा अनैतिक गतिविधि बढेको भन्दै प्रहरीले छापा मारेको हो। महेन्द्रनगरका डायमण्ड, ग्ल्यामरका २ शाखा र कोहीनुर स्पामा प्रहरीले छापा मारेको कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए। यस्तै कैलालीको धनगढीमा पनि स्पाहरु बढ्दै गएको र अनैतिक गतिविधि बढिरहेको बताइएको छ। कैलाली प्रहरीका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले स्पाहरुमा निगरानी बढाएको बताए। सूचनाका आधारमा प्रहरीले छापासमेत हान्नसक्ने उनको भनाई छ।

Read More

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको छ । जारी आईपीएलमा राजस्थानले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउ सुपर जाइन्ट्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सका लागि कप्तान सञ्जु सामसनले अविजित ८२ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान सञ्जुले आक्रामक ब्याटिङ गर्दै केवल ५२ बलमा ६ छक्का र तीन चौका…

Read More

धनगढीः कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका भजनी नगरपालिका–१ का २५ वर्षीय धिरज चौधरीको शनिवार राति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो। ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।

Read More

काठमाडौँ : होली मनाएर सुनकोसी नदीमा पौडी खेल्न गएका उदयपुरका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्। होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए। उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोसीबाट उद्धार गरेको प्रहरीले जनाएको छ। बेपत्ता भएका बालबालिकाहरूको खोजी तीव्र पारिएको एसपी थापाले जानकारी दिएका छन्।

Read More

धनगढी : बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । आज दिउँँसो साढे १ बजे खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा घुम्न गएको टोली चढेको डुङ्गा पल्टिदा एक जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका गणेश रावतका अन्दाजी ३२ वर्षीय छोरा वीरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डुङ्गामा सवार ७ जना मध्ये तालमा डुबी वीरेन्द्र बेपक्ता भएको र अन्य ६ जना पौडी खेलेर सकुशल बाहिरी निस्किएको प्रहरीले जनाएको छ । घटना भएको थाहा पाएलगक्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यस तर्फ गई बेपक्ताको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा आफ्नो पार्टीबाट रन्जिता श्रेष्ठ मन्त्री हुँदा पनि उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । थारु कल्याणकारी सभा जापानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाउपाको मन्त्री हुँदा आफूहरूको नभएर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भएको टिप्पणी गरका हुन् । अहिले पनि संघीय सरकारमा जान उपयुक्त नहुने चौधरीको भनाइ थियो । ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रन्जिताजी मन्त्री बन्नुभयो । कांग्रेस, एमाले र माओवादीको मात्रै काम भयो । जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर, गाडी चढ्नलाई ,सुत्नलाई घर लिनलाई उद्घाटन गर्नलाई हामीलाई मन्त्रालय चाहिएको छैन’,…

Read More

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन् । शनिबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औंवार्षिकोत्सवको अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो । आईजी एपीएफ केमन्डेसन पाउनेहरुमा सशस्त्र प्रहरी उपरीक्षकद्वय ध्रुवबहादुर कार्की, उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापा रहेका छन् । एसपी कार्की कपिलवस्तुमा रहँदा आफ्नो गणलाई देशैभरीबाट उत्कृष्ट बनाउन सफल भएका थिए । एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने डीएसपी थापा हाल नं. २० बाघभैरव गुल्मको गुल्मपतीको रुपमा कार्यरत छन् ।

Read More

धनगढी: नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका दार्चुला अध्यक्षले राजीनामा दिएका छन्। समाजवादी दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुन्नाले आज (आइतबार) राजीनामा दिएका हुन्। उनले आफूले राजीनामा पदबाट दिएको सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनले व्यक्तिगत र समय दिन नसक्ने भएकाले पदबाट राजीनामा दिएको बताएका छन्।

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी निरीक्षकहरु सुरेश खत्री, रञ्जित लामा, वकिल सिंह र कृष्ण श्रेष्ठको सरुवा गरिएको हो । खत्री र लामालाई प्रहरी प्रधान कार्यालय, सिंहलाई सशस्त्र प्रहरी गण नम्बर १ र श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सीआईबीमा भने प्रहरी निरीक्षकहरु राजु अधिकारी र गजेन्द्र रावललाई लगिएको पनि जनाइएको छ ।

Read More

कञ्चनपुर :  विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका-२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए । ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।’ नेपाल पक्षी संरक्षण…

Read More