Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको अत्तरियाबाट तीन जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट तीन जना लागुऔषधसहित पक्राउ परेका हुन्। मालाखेती प्रहरीका अनुसार मङ्गलवार धनगढी उपमहानगरपालिका–३ मिलन चोकका रोहन घिमिरे, डोटीको दीपायलमा बस्ने ललित नाथ र डोटीको बान्डुरे सैन बस्ने रोशन खड्का पक्राउ परेका हुन्। उनीहरुको झोलाको खल्तीमा एक दशमलव १०० ग्राम लागुऔषध फेला परेको हो। नाइट्रोभेट सात ट्याब्लेट र २ मोबाइलसमेत प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ। इलाका प्रहरी कार्यालय, मालाखेतीले उनीहरुको विषयमा थप अनुसन्धान गर्दै छ।

Read More

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सिरोहियाले भने सहकारीको…

Read More

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन् । बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन् । सिरोहियाको च्याम्बरमा वरिष्ठ अधिवक्ता शम्भु थापा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितका पदाधिकारी, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर कँडेलसहितको टोली रहेको छ । सिरोहियाले न्युज रुपमा आफ्नो कुरा राखेपछि गिरफ्तारी दिने बताएका छन् । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला…

Read More

धनगढी : बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजु बहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए । “दुवै दाजु बहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीरमा चोटपटक देखिन्छ ।” बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता…

Read More

काठमाडौं: नापी विभागका बदनाम उपसचिव दामोदर ढकालको अर्को दलालीको कनेक्सन भेटिएको छ। झण्डै एक दशक राजनैनिक पावरको भरमा विभागमा अड्डा जमाएका ढकालको सेटिङ र दलालीको सञ्जाल पनि ठूलै छ। स्रोतका अनुसार ढकालले विभिन्न भूमाफिया र नेताहरू एवं मालपोतका कर्मचारीसमेतलाई मिलाएर अनेकौं जग्गा हडप्न सहयोग गर्ने गरेका छन्। उनले विगतदेखि नै काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सरकारी एवं ऐलानी (प्रती) जग्गा कब्जामा लिने सञ्जाल निर्माण गरेका हुन्। सोही सञ्जालका एक सदस्य हुन्, बाराका बलराम उप्रेती। उसो त उप्रेती ढकालका मात्रै होइनन्। उनका अनेकौं सेटिङवाला पार्टनर र विधाहरु छन्। ढकालसँगको सेटिङमा उप्रेतीले जग्गा दलाली थालेको र ठगीसमेत गर्ने गरेको बताइन्छ। यतिसम्म कि…

Read More

काठमाडौँ : प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणाले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले २०५३ सालमा ५० हजारमा किनेको बताएकी हुन् ।  ‘मैले ५० हजारमा २०५३ सालमा जग्गा किनेको हो । घेटाला २०६८ सालमा भएको छ’ राणाले भनिन् ।  उनले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबि गरेकी छिन् ।

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए । उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्‍याइदिने चेतावनी दिए । कांग्रेस सांसद पाण्डेले भने, ‘भर्खर सुनिएको समाचार अनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानुनी दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन त्यो पनि म…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ । संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए । आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् । जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए । आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने…

Read More

धनगढी : कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्थलगत अनुसन्धान अघि बढाएको छ । सरकारी कागजपत्र किर्ते गरी जग्गा हिनामिना गरेको देखिएपछि सिआइबीले यससम्बन्धी विस्तृत अनुसन्धान गर्न डिएसपी नेतृत्वको टोलीलाई सोमबारदेखि फिल्डमै खटाएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए । ‘टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली…

Read More

काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

Read More