Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अघिल्लो साता बिहीबार लुम्बिनी प्रदेशको दाङमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । सुरूमा उनलाई गोली हान्ने को हो भन्ने कोलाहल मच्चियो तर उनलाई गोली हान्ने व्यक्तिको पहिचान हुन धेरैबेर लागेन । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान थापा ड्युटीमै रहेका बेला उनका श्रीमानले नै गोली हानेको पुष्टि भएको हो । गोली हानेर भाग्दै गर्दा उनका श्रीमान् पक्राउ परेका थिए । थापाका श्रीमान् यमबहादुर झाँक्रीले धनमायालाई गोली हानेको पुष्टि तत्कालै भएको थियो । झाँक्री बाँकेको नेपालगञ्जस्थित तालिम केन्द्रमा कार्यरत थिए । उनी बाँकेबाट दाङ पुगेर ड्युटीमा रहेकी श्रीमतीलाई गोली प्रहार गरेको पाइएको छ ।…

Read More

धनगढी : एमाले नेता महेश बस्नेतकी प्रेमिकाको रुपमा स्वयंघोषित महिला शोभा पाठकमाथि आक्रमण भएको छ । धादिङ चैनपुरकी पाठकमाथि उनकै कोठामा अज्ञात व्यक्तिहरुले एक छिनअगाडि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट आफू घाइते भएको उनले प्रहरीलाई जानकारी गराएकी छन् । आक्रमणकारीहरुले मोबाइल खोसेर लगेकाले त्यसमा भएका फोटोलगायत सारा विवरण र प्रमाण नष्ट गर्ने उद्देश्य राखिएको उनले बताएकी छन् । खोसिएको मोबाइल अफ छ । आफूमाथि नकाव लगाएर मोटरसाइकलमा आएको युवकले मुखमा कोतरी आक्रमण गरेको जनाउँदै घाइते पाठकले बानेश्वर प्रहरीमा हुलियासहितको लिखित उजुरी हालेको र प्रहरीले सोही आधारमा उनी बस्ने बानेश्वर क्षेत्रको सिसिटिभी फुटेज हेर्दै गरेको बुझिएको छ । लिखितमा किटानी…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका विषयमा कार्ययोजना प्रस्तुत गरेका छन् । त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माण र यसका समस्याका विषयमा, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबका कार्यक्रमको खाकाका विषयमा कार्ययोजना पेश गरेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ती कार्ययोजनामाथि छलफल गर्न केन्द्रीय कमिटी सदस्यलाई ९ समूहमा विभाजन गरिएको छ । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका…

Read More

धनगढी : पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् । पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए । मंगलबार आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । झुक्याएर एक महिलाको २ करोड…

Read More

धनगढी : अत्तरिया महोत्सव नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतभित्र रहेका ४ जना आज छुटेका छन् । उनिहरु जिम्मा जवानीमा छुटेका हुन । नक्कली टिकटको ठेली भने प्रहरीले प्रयोगशालामा पठाएको छ । सरकारी वकिल कार्यालयले आबश्यक परेको जुन सुकै बेला झिकाउने गरि फाईल फिर्ता गरेको जनाएको छ । प्रहरीले यसलाई अनुसन्धान जारी राख्ने नै भएको छ । महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिव शंकर खड्का , सचीव दिलिप कुमार साउँद दिपिन, कार्यसमिति सदस्य बम बहादुर बोगटी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा २० दिन पछि छुटेका हुन । उनिहरु विरुद्ध संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएका थिए…

Read More

काठमाडौं : धम्क्याउँदै ५० लाख रुपैयाँ मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विप्लव नेकपाका २ कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा कैलालीको टीकापुर नगरपालिका–१ का ३६ वर्षीय विश्वजित बटाला भनिने ह्दयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका–३ का ३६ वर्षीय रमेश भनिने नरहरि ढुंगाना छन्। उनीहरुले फोन सम्पर्कमार्फत् तथा पटक पटक भेटघाट गरी धम्की दिँदै ५० लाख मागेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए। उनीहरुलाई फागुन ६ गते चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट पक्राउ गरिएको रेग्मीले बताए। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला…

Read More

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) सोमबारदेखि ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनमा देशभित्र र बाहिरबाट हजारौं महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुवेच्छुकहरूको सहभागिता रहेको छ। महासमितिमा विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि सहभागिता जनाइरहेका छन्। उनीहरूले आफूहरू नेपाल र नेपालको राजनीतिप्रति गम्भीर रहेकाले कांग्रेस पनि आफूहरूका भावनाको सम्मान गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीको एक अंगको रूपमा ४१ देशमा जनसम्पर्क समितिहरूले काम गरिरहेको बताए। ‘हामी ४१ देशमा क्रियाशील छौं। पार्टीका प्रत्येक विधि र निर्देशन अनुसार जनसम्पर्क समिति काम गरिरहेका छौं। देश दुखेको बेला हामी पनि दुख्छौं।…

Read More

धनगढी : राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ पदाधिकारी (भीभीआईपी) को सवारीका कारण विशेषगरी राजधानी काठमाडौंमा बेलाबेला सडकमा व्यवधान आउने गरेको छ । आफ्नो महत्वपूर्ण कामका लागि हिँडेका सर्वसाधारण लामो समय जाममा अड्किन्छन् । सरकारले यसरी जनतालाई दुःख दिएको भन्दै बेलाबेलामा आलोचना पनि हुने गरेको छ । देशमा गणतन्त्र आइसक्दा पनि राजाको पालामा जस्तै सवारीको नाममा जनतालाई अनावश्यक दुःख दिएको टिप्पणी हुने गरेको छ । तर, सरकारले भने सुनेको नसुनेझैं गर्छ । अब भने सर्वोच्च अदालतले भीभीआईपीको सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले विपक्षी नेपाल सरकार, गृह…

Read More

धनगढी : देश बाहिर मिशन फोर्स कमाण्डर रहेका उपरथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रथीमा पदोन्नती भएका थापा बालाध्यक्षमा नियुक्त भएका छन् । रथी थापा संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (अनडोफ) मिशनमा हेड अफ मिशन तथा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । नेपाल सरकार, मन्त्रीपरिषद्को २५ माघको निर्णयले उनी रथीमा बढुवा भएका हुन् ।

Read More

धनगढी : कञ्चनपुरबाट लागुऔषध खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । १० ग्राम लागुऔषध खैरो हिरोईन सहित भारत बरेली बस्ने ३५ बर्षीय रहिम अहमद पक्राउ परेका हुन । नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागुऔषध व्युरोको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ ।

Read More