Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन्। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Read More

धनगढीः कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ का मोटरसाइकल चालक सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। आज (बुधवार) गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो। डंगौराको उपचारका क्रममा मृत्यु भएको हो। डगौरासँगै मोटरसाइकल पछाडि सवार रहेका महेन्द्र चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोे छ। स्कारपियो चालक गोदावरी–६ का ३४ वर्षीय भोजलाल चौधरीलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडाैं: नेपाल प्रहरीका डिआईजीले उपद्रो मच्चाएको पाइएको छ। कर्णाली प्रदेशका प्रमुखसमेत रहेका डिआईजी अर्जुन चन्द ठकुरीले उपद्रो मच्चाएको पाइएको हो। विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार उनले हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए। त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ। कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए। त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई सुब्बाकुना चोकबाट फर्काएको स्रोतले बताएको छ। मदिराले मात्तिएका उनले कार्यालय फर्केपछि पनि ‘दानवी…

Read More

धनगढी: बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत सेती नदीमा ट्याक्टर खसेको छ। दुर्गाथली गाउँपालिका–२ स्थित मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर आज बिहान नदीमा खसेको हो। ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए। जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताएका थिए। अहिले बुढाको शव फेला परेको छ। त्यस्तै, त्रिवेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विक, २१ वर्षीय तपेन्द्र विक र १३ वर्षीय निरज विक घाइते छन्। उनीहरुको दाँहिने हात, कम्मर र खुट्टामा चोट लागेको जोशीले जानकारी दिए। उनका अनुसार नदीमा खसेको ट्याक्टर भेटिएको छैन्। बेपत्ता यात्रु र…

Read More

काठमाडौं: शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन भएको छ। उनको आज हृदयघातका कारण मृत्यु भएको हो। प्राप्त जानकारीअनुसार ४५ वर्षीया राई आज बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा ढलेका थिए। लगत्तै ग्राण्डि हस्पिटल पुर्याइएको थियो। फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौँको उपाधी जितेका थिए। दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए।

Read More

धनगढी: बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ल। यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी यूनियनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन्। थापा दोस्रो प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। उनले १३१ मत प्राप्त गरेर निर्वाचित भएकोमा उनका प्रतिद्वन्दी बिरेन्द्रराज बिष्ट ११५ मत प्राप्त गरे। अन्य पदमा भने उपाध्यक्षमा कैलाशचन्द्र गिरी १५७ मतसहित निर्वाचित भएका छन् भने तिलक माल १८५ मत, जिवन विसी १३८ मत र राजेन्द्र कोली १०४ मतसहित निर्वाचित भएका छन्। यस्तै लक्ष्मी चौधरी निर्विरोध उपाध्यक्ष चयन भएकोमा खेम साउद र विनोद चौधरी भने पराजित भएका छन्। यस्तै प्रमुख सचिवमा शिवराज सन्ज्याल १०७ मत प्राप्त गरेर पराजित बन्दा देविजंग सिंह १२८ मतसहित निर्वाचित…

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी यूनियनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन्। थापा दोस्रो प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। उनले १३१ मत प्राप्त गरेर निर्वाचित भएकोमा उनका प्रतिद्वन्दी बिरेन्द्रराज बिष्ट ११५ मत प्राप्त गरे। अन्य पदको पनि मतगणना सकिएको छ। पदाधिकारीमा चुनाव भएकोमा नतिजा सार्वजनिक हुने चरणमा छ। क्रान्तिकारीको सम्मेलन कैलालीको अत्तरियामा भएको थियो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए।  यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व…

Read More

काठमाडौं: पत्रकार ऋषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर भएको छ। प्राइम एचडी  टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले पुर्याएको क्षति वापत १० करोडको दाबी गर्दै व्यापारी राधेश्याम खड्काले मुद्दा दर्ता गराएका हुन्।  कात्तिक २१ गतेका लागि पेशी तोकिएको दर्ता नम्बर ०८१ सीचार १०२२ को मुद्दामा धमलाले टेलिभिजन कार्यक्रममा इमान विष्टलाई उपस्थित गराएर आफ्नो सार्वजनिक गाली बेइज्जती गराएको खड्काको दाबी छ। झूठा कार्यक्रमको खण्डनका लागि प्रेस काउन्सिलमा निवेदन दर्ता गरेर पत्रकार आचार संहितामा कारबाहीको माग समेत गरेका खड्काले आफूविरुद्ध भएको गालीबेइज्जती उपरको क्षतिपूर्तिका लागि फिराद पत्र दायर गरेको उनका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज…

Read More