Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडक छेउमा एक जना मृत अवस्थामा फेला परेका हुन् । कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज (शुक्रबार) मृत…

Read More

काठमाडौँ : भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट शुक्रबार उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्यादसम्बन्धी प्रावधान नराख्न सरकार तयार रहेको जानकारी गराएका थिए। लगत्तै भएको छलफलका क्रममा सांसदहरुले पनि हदम्याद राख्ने विषय उचित नभएको र हटाउनुपर्ने बताए। त्यसपछि समितिका सभापति खतिवडाले उक्त व्यवस्था हटाउने प्रस्ताव प्रस्तुत गरेका थिए। जुन प्रस्ताव समितिबाट पारित भएको छ। भ्रष्टाचारको हदम्यादसम्बन्धी प्रस्ताव राखेकोमा चौतर्फी विरोध भइरहेको थियो। प्रमुख प्रतिपक्षी दलका सांसदहरूले पटकपटक प्रश्न उठाएका थिए।

Read More

धनगढी : धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले शुल्क तिर्न ढिलाई भएपछि विद्यार्थीलाई कक्षाबाटै लखेट्ने गरेको छ । समाजिक सञ्जालमा आचाकाली प्रचार गरेर विद्यार्थी बटुल्ने एसपीएले शुल्क तिर्न ढिलाई गरे कक्षाबाटै लखेट्ने गरेको घटना बाहिरिएको हो । शुक्रबार मात्रै एसपीए कलेजले स्नातक बीएचएम दोस्रो सेमिस्टरमा अध्ययनरत तीन विद्यार्थीलाई कक्षाबाट निकालेको छ । उनीहरुले समयमै शुल्क तिर्न नसकेको कारण एसपीए कक्षाबाट निकालेको हो । ‘दोस्रो सेमिस्टरको प्रयोगात्मक कक्षा भइरहेको थियो। कलेजमा अध्ययनरत एक विद्यार्थीले भनिन् ‘पैसा नतिर्नेहरू बाहिर जानू भन्दै हामीलाई सरले कक्षाबाट निकालिदिनु भयो, पहिलो सेमिस्टरमा दुई लाख बुझाउनुपर्ने थियो, दोस्रो सेमिस्टरको शुल्क एक लाख ३० हजार हो। तर पैसा नबुझाउँदा…

Read More

काठमाडौँ: प्रहरी र सशस्त्रको सरुवा स्वाभाविक भएको बताउँदै गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो ध्यान नभएको दाबी गरेका छन्। शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लेखकले भने, ‘सरुवाको नाममा अवाञ्छित काम गरिने छैन, सरुवा हिजो हुन्थ्यो भोली पनि हुन्छ।’ सुरक्षा निकायलाई सक्षम बनाउने कानुन निर्माणमा आफ्नो ध्यान भएको उल्लेख गर्दै उनले भने, ‘सरुवामा मेरो ध्यान छैन।’ भदौ ६ मा सर्वोच्च अदालतले ‘३० वर्षे सेवा अवधि लागू नगर्न अन्तरिम आदेश’ गरेको विषय सैद्धान्तिक रूपले मेल नखाएको लेखकले बताए। उनले भने, ‘सैद्धान्तिक रूपमा मेल नखाएको लागेर भ्याकेट निवेदन दर्ता गराएका हौँ।’ यस्तै लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका…

Read More

धनगढी: बैतडीमा गौरा पर्वको मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार घर भइ नेपाली सेनाको गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन्। बिहिवार  दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप भएकाे थियाे। झडपमा परेर बिष्टको टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए। यस्तै सुरजको मुखमा चोट लागेको छ। दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी पठाइएकाे वडा अध्यक्ष भट्टले जानकारी दिए। घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सो पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन्। रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी  गराएका हुन्। उनलाई बिहीबार पदमुक्त गरिएको हो।  बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले जानकारी दिए। ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज : असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८…

Read More

काठमाडौं: अस्ति नै हुने भनिएको सिडिओ र नेपाल प्रहरीका इन्सपेक्टरहरुको सरुवा अलपत्र बनेको छ। गृहमन्त्री निकट बिचौलिया हाबी हुँदा सरुवा अलपत्र बनेको बताइएको छ। त्यसमाथि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीका प्रमुख आइजीपीको इन्ट्रेस्ट समेत नमिल्दा सरुवामा ढिलाई भएको हो। यस अगाडि गत शुक्रबार नै गृहले सरुवाको अन्तिम तयारी थालेको थियो। तर, त्यसबेला रोकिएको सरुवा अहिले पनि हुन सकेको छैन। हाल दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा विभिन्न सरुवा बढुवा अल्झिने गरेका छन्। समयमा सरुवा नहुँदा गृह मन्त्रालयमा अहिले सात सहसचिव र २० उपसचिव लामो समयदेखि जिम्मेवारीविहीन छन्। विभिन्न जिल्लामा सिडिओ तथा सहायक सिडिओको पद रिक्त छन्।…

Read More

धनगढी: सुदूरपश्चिमको बाजुरासहित पहाडी जिल्लामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङ केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ। भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन।

Read More

काठमाडौं: सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बसेको क्याबिनेट बैठकले अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिएको छ।  गत साउन १० गते मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौला उमेर हदका कारण पर्सिदेखि अनिवार्य अवकाशमा जाने भएकाले अर्याललाई पर्सिदेखि लागु हुनेगरी जिम्मेवारी दिइएको हो। आजैको बैठकले कलाकार दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।

Read More

धनगढी: कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । बिहीबार अन्दाजी ३ बजे कर्णाली पुलबाट परिचय नखुलेकी महिलाले नदीमा हाम फालेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ। अहिले उनकाे खाेजीका लागि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा ५ जना प्रहरी टोली खटिएको बताइएकाे छ। यस्तै उता बझाङमा बुुधवार राति सेती नदीमा बगेका एक युवकको उद्धार गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गालका ३६ वर्षीय करन गिरी सुख्खा पहिरो आएपछि घरसहित सेती नदीमा बगेका थिए। करनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Read More