Author: महेन्द्रनगर पोष्ट

धनगढी: डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलैसिंह खड्काको छोरा वर्ष १८ को महेश खड्का बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० मिनेटको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: नेपाल प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती (रक्षा) बमलाई हिरासतमुक्त गरेको छ। आज उनलाई हिरासतमुक्त गरिएको हो। सरकारी वकीलको कार्यालयले बमलाई बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर साँझ स्वास्थ्यको कारण देखाउँदै उनलाई अस्पताल भर्ना गरिएको थियो। प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको छ। बमले रश्मिला कुमारी धामीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ। उनी प्रहरी नियन्त्रणबाट छुटे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको…

Read More

भारतीय विमान कम्पनी एअर इण्डियाले रक्सी पिएर विमान उडाएको आरोपमा एक जना पाइलटलाई बर्खास्त गरेको छ । गतसाता थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीको उडानमा रहेका ती पाइलटले रक्सी सेवन गरेको पाइएको थियो । नयाँ दिल्लीमा विमान अवतरणपछि गरिएको मादक पदार्थ सेवन परीक्षणमा उनले रक्सी पिएको देखिएको हो । भारतीय नागरिक उड्डयन कार्यालयका अनुसार ती पाइलटले उक्त उडानमा क्याप्टेनको तालिम गरिरहेका थिए । भारतमा पछिल्लो छ महिनामा ३३ जना पाइलट र ९७ जना चालक दलका सदस्यले उडानमा मापसे सेवन गरेको पाइएको छ । भारतको आन्तरिक उडानमा यात्रुलाई रक्सी दिईंदैन भने अन्तर्राष्ट्रिय उडानमा दिइन्छ । त्यसैले अन्तर्राष्ट्रिय उडान पूरा भएपछि विमान अवतरण लगत्तै…

Read More

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । सशस्त्र प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त थियो । बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचना मार्फत जानकारी गराएको छ ।

Read More

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।

Read More

बैतडी,बैतडीको सिगास गाउँपालिका–४का दुई जना बालक बेपत्ता भएका छन् । यही चैत्र १२ गतेदेखि नै घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र अन्ताजी ९ वर्षीय गणेश धामी बेपत्ता भएका हुन् ।गत सोमबार बिहानै विद्यालयमा प्रयोगात्मक परीक्षा दिनभनी हिडेका र अहिलेसम्म सम्पर्कमा नआएको आफन्त योगेन्द्र सिंह धामीले जानकारी दिए ।सोमबार घरबाट हिडेका उनिहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए । पसलमा बसेको विषयमा गाँजरी प्रहरी चौकीलाई जानकारी गराइएको थियो । त्यसपछि गाँजरी प्रहरी चौकीले आफन्तलाई जानकारी गराएर बालकहरुलाई लिएर आउन भनेको भएपनि भोलीपल्ट बुधबार बिहानै उक्त पसलबाटपनि भागेपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्…

Read More

काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ।

Read More

डोटी, डोटीमा आगोले जलेर घाइते एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिवार शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी जंगलमा लागेको आगोले जलेर गम्भिर घाइते भएकी थिइन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार दिउँसो करिब ४ बजेतिर पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्ने क्रममा उनी जलेर घाइते भएकी थिइन ।गम्भिर घाइते भण्डारीको राजपुर स्थित सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा लगिएको र राति १ बजेतिर अस्पतालले भण्डारीको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Read More

डोटी । बिहीबार सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सुदूरपश्चिममा एक हजार २१ विद्यार्थी अनुपस्थित भएका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार नियमिततर्फ ८४३ र ग्रेड वृद्धितर्फ १७८ विद्यार्थी अनुपस्थित भएका हुन् । नियमितमा साधारणतर्फ ८३७ र प्राविधिकतर्फका ६ जना विद्यार्थी पहिलो दिनको परीक्षामा सहभागी भनन् । परीक्षामा अनुपस्थित हुनेमा छात्रा ५१० र छात्र ५११ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० विद्यार्थीले परीक्षा फाराम भरेका थिए । जसमा २७ हजार २४४ छात्र र २७ हजार ७६६ जना छात्रा थिए । अपाङ्गता भएका ११ परीक्षार्थीएसईईमा सहभागी विद्यार्थीमध्ये ११ जना अपाङ्गता भएका रहेको निर्देशनालयले…

Read More

कञ्चनपुरः कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज (बिहीवार) दिउँसो पक्राउ परेका परेका हुन्। बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

Read More