Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबीसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ। अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएको हो। योसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा…

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ। नेपालको सुरुवाती ११कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, अविनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरी

Read More

काठमाडौँ : काभ्रेको बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सोमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो। बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस आफैँ अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बसमा ३० जना सवार थिए। जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन्।

Read More

धनगढी : अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। ज्यान गुमाउने पाँचै जना एकै वडाका रहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए। मेल्लेख गाउँपालिका वडा नम्बर ७ सुयडीमा साँफेबगर जाँदै गरेको सु.प्र.०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो। घटनास्थलमै ज्यान गुमाउने पाँचै जना मजदुर हुन्। मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी छन्। उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए। ट्याक्टरमै सवार…

Read More

धनगढी : बझाङमा प्रहरी सहायक हवल्दारमाथि आक्रमण भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका २ का विनोद रावल र जयपृथ्वी नगरपालिका ७ का दिनेश महराले प्रहरी सहायक हवल्दार योगेन्द्र खड्कालाई आक्रमण गरेका हुन्। उनीहरुले शनिबार मध्यराति केदारस्युँ गाउँपालिका ९ झोताको एक पसलमा मदिरा सेवनगरी होहल्ला र झगडा गरिरहेका थिए । होहल्ला र झगडा गरिरहेको गुसानो आएपछि घटनास्थल पुगेका प्रहरीलाई विनोदले आक्रमण गरेका हुन। उनले सहायक हवल्दार खड्काको टाउकोमा ढुङ्गाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक चौधरीले जानकारी दिए । घाइते प्रहरी हवल्दारको झोतामा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । यस्तै आक्रमण गर्ने दुवै…

Read More

धनगढी : अछाममा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज (सोमबार) भएको ट्याक्टर दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। ट्याक्टर दुर्घटनामा परेर मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले बताए। शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान सुयडी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र…

Read More

काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो ।  झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता…

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिकाका बिरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरिएको छ । १५ शैयाको अस्पताल निर्माणको विषयमा पालिकाका बिरुद्ध मुद्धा दयार गरिएको हो ।वडा नं १ को बिठ्ठेनाका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपूर अस्पतालका बिरुद्ध मुद्धा दायर गरेका हुन् । मेलौली नगरपालिकाले अस्पताल बनाउन नचाहेको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको जस्तो आयस देखिएको उल्लेख गर्दै मुद्धा दयार गरिएको छ । यसअघि पनि बिठ्ठेनामा अस्पताल बनाउन भन्दै मन्त्रालयले पत्र पठाएको भएपनि कुनै सुनुवाई नभएको हुनाले अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ ।अदालतले नगरपालिका र केशरपुर अस्पतालका बिरुद्ध १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ…

Read More

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यो वर्ष एसईईमा सहभागी हुनपाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यतिवेला परीक्षामा सहभागी कुल पाँच लाख १६…

Read More

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा चालू आर्थिक वर्षमा १३ वटा विद्यालय समायोजन भएका छन् । विद्यार्थी संख्या कम रहेका पालिकाभरीका विभिन्न १३ वटा विद्यालयहरुको तह कक्षा घटाइएको छ । भने शिक्षक दरबन्दी मिलान गरिएको छ । गाउँमा विद्यार्थी पाउनै छाड्यो, एकातिर शिक्षक मात्रै हुने तर विद्यार्थी नहुने अवस्था आएपछि विद्यालय समायोजन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशब राज ओझा बताए । पालिकाभरीका अधिकाश शिक्षक शिक्षिकाहरुको समेत अन्तर विद्यालय स्तान्तरण गरिएको लेकम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभरी ४७ विद्यालयमा कुल ३ हजार ७ सय ७ जना विद्यार्थी अध्ययनरत रहेका छन । एकातिर शिक्षाको गुणस्तर खस्किदै जानु र विद्यार्थी पलायन रोक्न…

Read More