Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गरिएको छ । बिहिबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य महरले दिएको राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ । तर महरले राजीना नदिएको र उनलाई कारबाही भएको बुझिएको छ । पार्टीका एक नेताका अनुसार महर विभिन्न विवादहरुमा मुछिएकाले केन्द्रीय सचिवालय बैठकले उनलाई कारबाही गरेको बताए । महर विरुद्ध सचिवालयमा उजुरी समेत परेको बुझिएको छ । गत मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।

Read More

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।

Read More

काठमाडौं : विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको हो । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त…

Read More

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् । विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको आरोप थियो ।

Read More

काठमाडौं : प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अपराध अनुसन्धान पुरस्कार पाएका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनलाई भारतस्थित ‘कीन इन्डिया’ पुरस्कार प्रदान गरिएको हो । कीन इन्डिया मानव तस्करी नियन्त्रणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । डीएसपी पन्थी हाल उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । यसअघि मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत रहेका बेला उत्कृष्ट अनुसन्धान गरेको भन्दै संस्थाले उनलाई पुरस्कृत गरेको हो । हाल समेत कार्यालयको वैदेशिक ठगी मुद्दा हेर्ने जिम्मा पाएका पन्थीकै अनुसन्धानले भिजिट भिसामा जान अध्यागमनकै कर्मचारीको सेटिङ हुने गरेको तथ्य फेला पारेको थियो । भिजिट भिसा…

Read More

धनगढी : धनगढीमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ । धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरेको हो । उनलाई बिहान पार्क मोड देखि ट्राफिक चोक हुँदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगर परिक्रमा पनि गराइएको थियो । सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघ संस्थाहरूले अभिनन्दन पत्र र दोसल्लाले पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरिएको हो । सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो । चन्द बैतडीको सुर्नया…

Read More

धनगढी : सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ। कोहलपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित गर्‍यो। कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो। अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जिताइन्। सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन बनाइन्। प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन्। कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन…

Read More

धनगढी : नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भात्काँडा डडेल्धुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । मृतकको घर कैलालीको लम्कीचुहा नगरपालिका–६ हो ।

Read More

धनगढी : आगामी ६ र ७ गते हुने कैलाली जिल्ला अधिवेशनका लागि उम्मेदवारहरूको लर्को लेखिएको छ । पहिलो पटक जिल्ला अधिवेशनको लागि पार्टी नेतृत्वले अधिवेशन सुरु हुनुभन्दा पहिल्यै आकाङ्क्षीहरूको चाहना बुझेको हो । एक पदको अध्यक्षमा तीन जना, उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् ।  अध्यक्षमा यज्ञ ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी गरेका छ । त्यस्तै उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा छन् । सचिवमा हितेस ओझा, ममता प्रसाद चौधरी, विष्णु चन्द, कमल बहादुर राना,चूडामणि भट्ट, आनन्द…

Read More