Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ । नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई पठाउने भएको हो । जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो । उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।

Read More

धनगढी : केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका नेकपा माओवादीका मन्त्रीले क्वार्टर नछोडेको पाइएको छ। हिजो (मंगलबार) मुख्यमन्त्री शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका थिए। उनीहरुलाई बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ। तर, हिजै बर्खास्तीमा परेका वनमन्त्री धामीले अहिलेसम्म पनि सरकारी क्वार्टर नछोडेको पाइएको छ। मन्त्री धामीले भोलिमात्रै मन्त्री निवास छोड्ने बताएका छन्। उनले आफ्नो घरमा निर्माण कार्य चलिरहेको भन्दै निवास नछोडेका हुन्। धामीले आज बिहान पनि निवासको छतमै पत्रकार सम्मेलन पनि गरेका थिए। उता…

Read More

 धनगढी : राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ । “विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो”, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, “हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।” साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए । “पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल…

Read More

काठमाडौं : आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए। ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट…

Read More

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने संकेत गरेको छ । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीका माग राख्न पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्। बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन्। नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले बताए। ‘अबको सत्ता गठबन्धन सरकारमा हामीले धेरै विचार विमर्श गरी विवेक पुर्‍याएर मात्रै सहभागी हुनुपर्छ। हामीभन्दा ठूला दलहरूलाई नियाल्यौं। एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नेपाली कांग्रेस सबै पार्टीको अवस्था हेर्‍यौं,’ उनले भने, ‘यसो हेर्दा हामीलाई लाग्यो, हामी त सानो पार्टी जम्मा संघमा चार जना, प्रदेशमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरेर जम्मा १२ जना सांसद छन्।…

Read More

डडेल्धुरा : डडेल्धुराबाट कैलालीको अत्तरियातर्फ गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना भएको छ । बुधबार दिउँसो गोदावरीको भ्यागुत्ते पानीमा सुपप्र ०२००१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना यात्रु घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ । ब्रेक लगाउँदा भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् । प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् ।

Read More

काठमाडौं : नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

Read More

काठमाडौं : नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

Read More