Author: महेन्द्रनगर पोष्ट

रौतहट : रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटका अनुसार शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी भएको हो।  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको विज्ञप्तिका अनुसार गत फागुन ३ गते सरस्वति मूर्ति विसर्जनको क्रममा भएको विवाद र झडपलाई लिएर आज फेरि झडपको स्थिति भएपछि कर्फ्यु जारी गरिएको हो। सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुनसक्ने स्थिति देखिएपछि कर्फ्यु जारी गरिएको रेग्मीले बताए। ईशनाथको पूर्वमा जोकहा गाउँ, पश्मिमा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु जारी हुने प्रशासनले जानकारी गराएको छ।

Read More

धनगढी : कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले पक्राउ हो। रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका–७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन भोलिदेखि घोडाघोडी नगरपालिकाको सुखडमा हुँदैछ । अधिवेशनको पूर्व प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहकाबीच भोलि उद्घाटन गर्दैछन् । सहमतीमै नेतृत्व टुंग्याउने भन्दै एमाले कैलालीले ३ फागुनमा पदाधिकारीका आकांक्षीहरुबाट इच्छापत्र माग गरेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई गरेर पाँच पदका लागि ५३ जनाले इच्छापत्र दर्ता गरिसकेका छन् । अध्यक्षसहितका पदाधिकारीमा सहमती खोज्न एमालेका नेताहरु छलफलमा रहेको बताइन्छ । जिल्ला अध्यक्षका लागि भने कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले इच्छापत्र दर्ता गराएका छन् । उनीहरुबीचमै सहमती खोज्न प्रयासमा माथिल्लो कमिटिका…

Read More

धनगढी : रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो । सो घटनापछि रामेछाप…

Read More

बैतडी : बैतडीको एक जनप्रतिनिधिको  घरबाट सुन चोरी भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुनको गहना चोरी भएको हो। बिहिबार दिउँसो घरमा कोही नभएको समयमा सुन चोरी भएको वडा सदस्य महराले बताएकी छन्। घरभित्रको सुटकेसलाई फुटाएर आधा तोला बराबरको रानी हार चोरी भएको उनले  बताइन्। सुन चोरी भएपछि प्रहरीलाई जानकारी गराएको  बताइएको छ। रौलेश्वर प्रहरी चौकीले घटनाबारे  अनुसन्धान भइरहेको जनाएको छ।

Read More

कञ्चनपुर : महेन्द्रनगर नगर विकास समितिका तत्कालीन कर्मचारीलाई कालोमसो दलिएको छ। नगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार कालोमसो दलेको हो। महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जग्गा हिनामीना गरेको, पल्टु रानाको कृत्ते हसताक्षर गरि १५ जनालाई जग्गा वितरण गरेको, जमिन उपलब्ध गराउने भन्दै लक्ष्मण चन्दबाट ३० लाख लिएको जस्ता अभियोगमा उनलाई कालोमसो दलिएको युवा संगठनले जनाएको छ।

Read More

धनगढी: नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका युवा नेता ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लागेको बताएका छन्। उनले शनिबार आफू नेकपा (एमाले) पार्टी शुद्धिकरणको लागि लागेको बताएका हुन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अबको अभियान पार्टी शुद्धिकरण, त्यसको लागी संघर्ष र रुपान्तरण, नेकपा एमाले जिन्दावाद ! जनताको बहुदलिय जनवाद जिन्दावाद ! बिर शहिदहरु लालसलाम’ ऐन उनै नेता हुन्, जो एमालेभित्र विवादित र उत्तिकै लोकप्रिय पनि मानिन्छन्। स्रोतका अनुसार युवाहरुको जमादको कमान्डर मानिने ऐन एक वर्षदेखि परस्त्रीसँगको अवैध सम्बन्धलाई लिएर तनावमा थिए। त्यसकै कारण उनले कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट पनि राजीनामा दिएको बताइन्छ। उनको…

Read More

धनगढी : विश्वकप क्रिकेट लीग २ अन्तर्गत काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा शनिवार भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालले नौ विकेटको सहज जित हात पारेको छ। नेपालको जितमा ब्याटिङतर्फ अनिल साह र आशिफ शेखले सबैभन्दा महत्त्वपूर्ण योगदान दिए भने पहिलो इनिङ्समा कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक चार विकेट लिए। नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा साह र शेख दुवैले अर्धशतक बनाए र १५.२ ओभरमै नेपालले आफ्नो लक्ष्य भेट्यो। यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो।

Read More

काठमाडौंः बबरमहलमा प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा काठमाडौं जिल्ला परिसरका डिएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएका छन्। साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको थियो।अहिले दुर्घटनामा घाइते प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। बसका चालक प्रहरी नियन्त्रणमा छन्।

Read More

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुलराम कामीको दुर्घटनामा मृत्यु भएको छ। फागुन ३ गते बस दुर्घटनामा परेर उनको मृत्यु भएको हो। उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। २७ वर्षीय राहुलराम कामीको वैदेशिक रोजगारीमा सपना तुहिएको छ। उनको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएर उनी त्यसकै लागि बुधबार घरबाट हिँडेका थिए। तर, काठमाडौंसम्म पनि पुग्न पाएनन्। बुधबार कपिलवस्तुको सुरही खोलामा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए। वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने उनको सपना थियो। उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा थिए। दुबईमा बसेर आएका उनी डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए। उनको घरमा आमा र श्रीमतीसहित ५…

Read More