काठमाडौं : आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सोमबार अष्ट्रेलिया र श्रीलंका भिड्दैछन्। भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। दुवै टोलीले शुरुवाती दुई खेलमा हार व्यहोरेकाले आजको खेल महत्त्वपूर्ण छ। भारत र दक्षिण अफ्रिकासँगको खेल हारेको अष्ट्रेलिया अंक तालिकाको अन्तिम स्थानमा छ। यस्तै दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको श्रीलंका आठौँ स्थानमा छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँचवटा एक दिवसीय खेलमा तीन खेल श्रीलंकाले जित्दाअष्ट्रेलिया दुई खेलमा विजयी भएको छ । यसअघि गएरातिको खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले हराएको थियो ।
Author: महेन्द्रनगर पोष्ट
पोखरा: बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका थिए। उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गरेका थिए। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए। यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे। गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे। जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिने गरेका थिए। गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो। जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो। विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो। उनलाई फेरी जनप्रतिनिधि भएर काम…
काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रूपैयाँले घटेको हो। सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार आइतबार प्रतितोला १३ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
बैतडी: बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ। सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो। दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ । डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका…
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन गएका छन्। चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव शंकर खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा=डा= युवराज सङ्ग्रौला पनि चीन गएका…
बेदकोट: ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् । घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता चलिरहेको छ । ‘प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ’, आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भने, ‘चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ।’ उनका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक…
काठमाडौं: सरकारले चिकित्सा शिक्षा सम्बन्धित विधेयक अगाडि बढाएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चिकित्सा शिक्षासँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० दर्ता गरेको हो। गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ। दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ। राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ। सरकारले हाल सुदूरपश्चिमको कैलालीस्थित गेटामा निर्माणाधिन गेटा अस्पताललाई नै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाएको हो। sahid-dasarath-chandDownload
धनगढीः कैलालीमा खैरो हेरोइनसहित कञ्चनपुरका जोगराज राना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट ५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय राना आइतवार दिउँसो पक्राउ परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं : दसैं, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ। काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।