धनगढीः कैलालीमा खैरो हेरोइनसहित कञ्चनपुरका जोगराज राना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट ५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय राना आइतवार दिउँसो पक्राउ परेका हुन्।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box