Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: लुटपाटमा संलग्न आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। आरोपितले ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानमा दुईजनाबाट सुनको सिक्रीलगायत सामग्री लुटपाट गरेका थिए। गएको साउन २९ गते उनीहरूले आइफोन दुई, सामसङ मोबाइल दुई, एप्पल कम्पनीको ल्यापटप एकथान र सुनको सिक्री लुटेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ का डम्मलाल पाध्याय छन्। लुटपाटमा संलग्न एकजना अझै फरार छन्। प्रहरीका अनुसार, विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दुई महिलालाई उनीहरू चढेको ट्याक्सी ‘फलो’ गर्दै सातदोबाटो पुगेपछि रोकेर लुटपाट गरिएको थियो। दुबईबाट फर्किएका महिलाले…

Read More

काठमाडौँ: काठमाडौं प्रहरीले हिरासतमा राखेका सहायक हवल्दारको प्रकरण छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन समिति गठन गरेको हो। सोही कार्यालयमा कार्यरत सहायक हवलदार गणेश खड्कामाथि छानबिन थालिएकोमा आज समिति गठन गरिएको जनाइएको छ। मुद्दा शाखामा कार्यरत खड्काले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर ५० लाख असुल गर्न अर्का एकजना व्यक्तिलाई सहयोग गरेको आशंका छ। सोही आधारमा उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको र थप अनुसन्धानका लागि एसपी नवराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा ४ जना सदस्य छन्। क्यानडाबाट काठमाडौँ आएका आशिष आचार्य क्रिप्टो कारोबारमा संलग्न भएको सूचना तेज तामाङले सहायक हवलदार खड्कालाई दिएका थिए। सो…

Read More

धनगढी: धनगढीमा रेशम चौधरीले चलाएको मोटरसाइकल दुर्घटना भएको छ। आज आइतबार धनगढी उप-महानगरपालिका १५ बेली बजारमा चौधरीले चलाएको मोटरसाइकल दुर्घटना भएको हो। प्रहरीका अनुसार कैलारी गाउँपालिका ६ बस्ने वर्ष २३ का चौधरीले चलाएको सुपप्र०१०१० प ५५५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। हसुलियाबाट धनगढीतर्फ आउने क्रममा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको र चौधरी घाइते भएको प्रहरीले जनाएको छ। अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार जारी छ। उनले मोटरसाइकल चलाउने क्रममा मापसे गरेको प्रहरीको भनाई छ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर न्याय परिषद्ले संवैधानिक परिषद्‍मा पठाएको छ। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अनिवार्य अवकाश पाउने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम छलफल र सिफारिसका लागि पठाइएको न्याय परिषद् स्रोतले जानकारी दिएको हो । श्रेष्ठ अहिले सर्वोच्चको इजलासमा बसेका छैनन्। उनी प्रशासनिक काम र फैसला लेखन मात्र गरिरहेका छन्। संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाको उपधारा २ अनुसार प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसका आधारमा संवैधानिक परिषद्को सिफारिस अनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ । …

Read More

धनगढी: कञ्चनपुरमा ट्रक र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका झलारी नजिक ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। दाचुलाको नौगाड गाउँपालिका–२ का सुजन धामीले चलाएको डि एल १ जेड सी ६०३५ नम्बरको भारतीय कार र धादिङका सन्तोष मगरले चलाएको बाग्मती प्रदेश ०१००६ख २२४९ नम्बरको ट्रक एकआपसमा ठोक्किर दुर्घटना भएको हो। आइतवार दिउँसो महेन्द्रनगरबाट पुर्व तर्फ गइरहेको ट्रक र धनगढीबाट महेन्द्रनगर तर्फ आइरहेको भारतीय नम्बरको गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको कारमा पुर्ण रुपमा क्षति भएको छ। कार चालक धामीको दाहिने हातमा सामान्य चोट लागेको छ। ट्रक…

Read More

धनगढीः कैलालीको खुटिया नदीमा डुबेर एक बालिका गम्भीर घाइते भएकी छन्। अर्की बालिका भने बेपत्ता भएको प्रहरीले जनाएको छ। आज (आइतबार) धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर ७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी–१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी नदीमा डुबेर गम्भीर घाइते भएकी छन्। १६ वर्षीया जेनिसा अवस्थी भने बेपत्ता भएको प्रहरीले बताएको छ। दुई बालिका नदीमा डुबेको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जनकराज पन्तको कमाण्डमा ५ जना प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढी ल्याइएको छ भने जेनिशा बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजीकार्य भइरहेको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले इमानदारीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीतिलाई केन्द्रबिन्दुमा राखेर नागरिक सेवा गर्नुपर्ने बताएका छन्। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई निर्देशन दिँदै आईजीपी कुँवरले यस्तो बताएका हुन्। उनले नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताए। आईजीपी कुँवरले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउन निर्देशन दिए। उनले ऊर्जाशील एवं सृजनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए। यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त…

Read More

धनगढी: पूर्वगृहमन्त्री तथा नेकपा एमाले नेता डा. भीमबहादुर रावल सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका छन्। उनी आइतबार बिहान धनगढी विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुबेदी, एमाले अछामका नेता प्रकाश शाह लगायतले गेटा विमानस्थलमा स्वागत गरेका थिए। नेता रावल प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न आएको बुझिएको छ। रावलको यो सुदूरपश्चिम भ्रमणलाई अर्थपुर्ण रूपमा हेरिएको छ। पछिल्लो पटक नेता रावलले एमाले पार्टी छोड्न सक्ने अभिव्यक्ति दिइरहेका छन्। उनी एमालेभित्र जिम्मेवारीविहीन छन्।

Read More

काठमाडौं: सुदूरपश्चिमका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले सुदूरपश्चिमको विकासका लागि एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका भाटले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिमको विकासका लागि दलिय राजनीतिमा बिभाजित भएर नभइ एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका हुन्। सरकारले देशका सातवटा प्रदेशमध्ये सुदूरपश्चिम बाहेक ६ वटामा सरकारी मेडिकल कलेज सञ्चालनमा ल्याएको छ। मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि भव्य संरचना निर्माण गरिएका छन्। तर यहाँ सरकारी बेवास्ताका कारण मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन ।प्रदेशको विकास र स्वास्थ सेवामा सुधारका लागि संघर्षको आवश्यकता आज झन् बढी देखिएको छ।…

Read More

धनगढीः कैलालीको धनगढीमा पछिल्लो समय गैरकानुनी गतिविधि बढ्दै गैरहेको छ। एक महिनाको अवधिमा मात्र संकास्दप वस्तु राख्नेदेखि कुटपिटसम्मका घटना घटेका छन्। केही समय अगाडि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा संकास्पद वस्तु फेला परेकोमा हिजो मध्यराति धनगढीको मिलनचोकमा २ युवक कुटिएका छन्। उनीहरूमाथि एक समूहले आक्रमण गरेको बताइएको छ। कुटाई खाने इन्धन बोक्ने ट्याङ्करका चालक र सह–चालकहरु हुन्। उनीहरूमाथि धारिलो हतियार (खुँडा) प्रहार गरिएको बुझिएको छ। हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवा भएका घाइते छन्। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।…

Read More